नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सको ब्याटिङ निकै कमजोर देखिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको सुदूरपश्चिमले ५३ रन जोड्दा आफ्ना आधा ब्याटर गुमाइसकेको छ।
नवौँ ओभरको दोस्रो बलमा तिलक भण्डारीले ईशान पाण्डेलाई लुम्बिनीका कप्तान रोहित पौडेलको हातबाट क्याच आउट गराए। ९ बल सामना गरेका ईशान ७ रन बनाएर पाँचौँ विकेटका रूपमा आउट भएका हुन्।
यसअघि सुदूरपश्चिमका ओपनर विनोद भण्डारी ९, आरिफ शेख शून्य, ब्रेन्डन म्याकमुलन २ र अर्का ओपनर सैफ जैब १३ रनमा आउट भइसकेका छन्।
८.४ ओभरको समाप्तिमा सुदूरपश्चिमले ५ विकेट गुमाएर ५३ रन बनाएको छ। हाल क्रिजमा कप्तान दीपेन्द्रसिंह ऐरी १४ रन र विदेशी खेलाडी शेरफेन रदरफोर्ड खाता नखोली खेलिरहेका छन्।
लुम्बिनी लायन्सका लागि किशोर महतोले २ विकेट लिइसकेका छन् भने तिलक भण्डारी, शेर मल्ल र साड्ली भान साल्कविकले १-१ विकेट हात पारेका छन्।
प्रकाशित: ९ कार्तिक २०८३ १७:५२ सोमबार




-600x400.jpg)
