९ कार्तिक २०८३ सोमबार
image/svg+xml
खेल

सुदूरपश्चिमलाई सुरुवाती झट्का, शेर मल्लले लिए विनोद भण्डारीको विकेट

नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ।

टस हारेर पहिले ब्याटिङ गरिरहेको सुदूरपश्चिमका ओपनर विनोद भण्डारी २४ रनको कुल स्कोरमा आउट भएका हुन्।

चौथो ओभरको पहिलो बलमा लुम्बिनी लायन्सका बलर शेर मल्लले विनोदलाई एलबीडब्लूको धरापमा पारेका हुन्। क्रिजमा जम्न संघर्ष गरिरहेका विनोद ८ बलमा २ चौका प्रहार गर्दै व्यक्तिगत ९ रनमा पेभेलियन फर्किए।

पहिलो विकेट गुमाउँदा सुदूरपश्चिमले ३.१ ओभरमा २४ रन बनाएको छ। हाल क्रिजमा अर्का ओपनर सैफ जैब ११ बलमा २ चौकासहित १२ रन बनाएर खेलिरहेका छन्।

लुम्बिनीका लागि कसिलो बलिङ गरेका शेर मल्लले १.१ ओभरमा ६ रन खर्चेर १ विकेट लिएका छन्।

प्रकाशित: ९ कार्तिक २०८३ १७:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App