२० वैशाख २०८१ बिहीबार
image/svg+xml

स्वास्थ्यमा १ खर्ब २२ अर्ब ७७ करोड

सरकारले स्वास्थ्य क्षेत्रको लागि १ खर्ब २२ अर्ब ७७ करोड बजेट बिनियोजन गरेको छ। शनिवार अर्थमन्त्री विष्णु पौडेलले वार्षिक बजेट सार्वजनिक कार्यक्रममार्फत स्वास्थ्य क्षेत्रको बजेट सार्वजनिक गरेका हुन्। यो बजेट कुल बजेटको ७.५ प्रतिशत हुन आउँछ। गत वर्षको तुलनामा ३२ अर्व ८ करोड रकम पर्न आउँछ।

स्वास्थ्य क्षेत्रको समस्या उदांगो

विश्वको सामाजिक जीवन र अर्थतन्त्रलाई नराम्ररी प्रभावि गरेको यो महाव्याधिले नेपालको स्वास्थ्य क्षेत्र प्राकृतिक विपद् र महामारी थेग्ने हिसाबमा कति कमजोर र दयनीय रहेछ भन्ने प्रष्ट देखाएको छ। देशभर स्वास्थ्य सेवा प्रणालीको असमान उपस्थिति र कमजोर अवस्थाले कोभिड–१९ को प्रतिकार्यलाई प्रभावित पारेको छ।

‘स्वास्थ्य क्षेत्र नसुधारे विपन्न मारमा परिरहन्छन्’

नेपालको स्वास्थ्य क्षेत्रमा आधाभन्दा बढी भूमिका निजी अस्पतालको छ। अलि राम्रा डाक्टर र विशेषज्ञ निजी अस्पतालमै काम गर्छन्। सरकारले संरचना पनि राम्रा बनाउन सकेन र राम्रा डाक्टरलाई सरकारी अस्पतालमा काम गर्ने वातावरण पनि बनाउन जानेन।

सुदूरपश्चिमको बजेट : स्वास्थ्य क्षेत्रमा सुधार र स्वरोजगार

सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारलाई उच्च प्राथमिकतामा राख्नुका साथै कोरोना भाइरस महामारीबाट बेरोजगार भएकाहरुलाई विभिन्न आयमूलक काममा लगाइ स्वरोजगार बनाउने गरी बजेट ल्याएको छ । देश यतिखेर विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट आर्थिक तथा सामाजिक रुपमा थला परिरहेका बेला नेपालको संघीय तथा अन्य प्रदेश सरकारहरुले जस्तै यस प्रदेश सरकारले पनि स्वास्थ्य र विदेशबाट फर्किएका युवावर्गलाई स्वरोजगारका कार्यक्रममा बजेटलाई केन्द्रित गर्न खोजेको देखिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्