२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

बैंकमार्फत रेमिटेन्स नपठाए विदेश जान नपाउने

रोजगारीको सिलसिलामा विदेशमा रहेका व्यक्तिहरूले त्यहाँको कमाइ बैंकमार्फत नपठाए पुनः रोजगारीका लागि विदेश जान नपाउने भएका छन्। विदेशमा ठूलो संख्याका कामदारले हुन्डीमार्फत रकम घरमा पठाउने गरेको पाइएपछि अर्थ मन्त्रालयले सम्बन्धित निकायलाई नयाँ प्रावधानबारे जानकारी गराएको हो।

पुँजीसँगै बढ्यो बैंकको नाफा

चुक्ता पुँजीसँगै पुरानो ऋण असुली, ब्याज आम्दानी र विदेशी मुद्रा कारोबार लगायत कारणले बैंकहरुको नाफा ह्वात्तै बढेको छ। शनिबारसम्म गत आर्थिक वर्ष ०७३/७४ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका १७ वाणिज्य बैंकमध्ये १६ वटाको नाफा एक अर्ब रुपैयाँभन्दा माथि छ।

सिंहदरबारभित्र सरकारी बैंक खोई?

मुलुककै मुख्य प्रशासनिक क्षेत्र र सबैजसो मन्त्रालय रहेको सिंहदरबार परिसरमा सरकारी बैंकको एउटा पनि शाखा कार्यालय छैन। भारतीय लगानीसमेत रहेको एभरेस्ट बैंकलगायत निजी बैंकमार्फत नै प्रधानमन्त्री, सभामुख, मन्त्री, सांसदसहित संसद्, मन्त्रालय र अन्य सरकारी कार्यालयका कर्मचारीको तलबभत्ता उपलब्ध हुने व्यवस्था गरिएको छ।

पीएलओ लुब्रिकेन्टस्को सम्मेलन बैंककमा, ८० जनाको टोली थाइल्याण्ड प्रस्थान

हरेक वर्ष उत्कृष्ट डिलरलाई विदेश भ्रमण गराउँदै आएको पूर्वाञ्चल ल्यूव आयल पीएलओले यसपटक नेपालभरिका डिलरहरुको सम्मेलन थाइल्याण्डमा गर्ने भएको छ। जसका लागि ६० डिलर र २० जना कर्मचारीसहित ८० जनाको टोली शनिबार बैंकक प्रस्थान गरेको हो।

स्थानीय जनप्रतिनिधिलाई बैंक सञ्चालक हुन रोक

संस्थागत सुशासन सम्बन्धी व्यवस्थामा खलल पुग्ने भन्दै नेपाल राष्ट्र बैंकले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बैंक सञ्चालक समितिमा बस्न नपाउने व्यवस्था गरेको छ ।

उपचारमा सहयोग जुटाउन बैंक खाता

देउमाई नगरपालिका–६, शान्तिडाँडाका बालकको उपचार अभावले बिजोक भइरहेको समाचार सार्वजनिक भएपछि उनलाई उपचारमा आर्थिक सहयोग गर्ने दाता थपिएका छन्। ५ वर्षे बालक मेघराज कोइरालाको उपचारका लागि ‘मेघराज कोइराला उपचार सहयोग समिति’समेत गठन भएपछि आर्थिक सहयोग जुट्न थालेको हो।

एक वर्षमै घरजग्गामा ६० अर्ब बढाए बैंकले

गत सातासम्म २८ वटा वाणिज्य बैंकले१६ खर्ब ६६ ऋण लगानी गरेका छन्। निक्षेप १९ खर्ब ६४ अर्ब रुपैयाँमा पुगेको छ।

बैंकमा अनुदान लिने भूकम्प पीडितको घुइँचो

खोटाङमा आवास अनुदान लिने भूकम्प पीडितको घुइँचो लागेको छ । महाभूकम्प गएको दुई वर्षपछि वितरण सुरु गरिएको आवास अनुदान लिने भूकम्प पीडितको घुइँचो लागेको हो । आवास अनुदान लिनका लागि गाउँ–गाउँका भूकम्प पीडित सदरमुकाम आएका छन् । २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट पीडित परिवारलाई सालपा विकास बैंकबाट जेठ १९ गतेदेखि र सेञ्चुरी कमर्सियल बैंकमार्फत जेठ २२ गतेदेखि निजी आवास अनुदान वापतको पहिलो किस्ताको रकम वितरण सुरु गरिएको छ ।

क्युनेट जालोमा बैंकर्स पनि

एनआइसी एसिया बैंकका लोन अफिसर सुमित मानन्धर अहिले प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन्। उनी हिरासतमा पुग्नुको कारण हो अवैध नेटवर्किङ व्यवसायमार्फत ठगी गरेको अभियोग।

'स्थानीय तहमा दुई महिनाभित्रै बैंक पुर्‍याउनू'

व्यवस्थापिका संसदको विकास समितिले स्थानीय तहमा वाणिज्य बैंकको शाखा खोल्ने व्यवस्था मिलाउन सम्बद्ध निकायलाई निर्देशन दिएको छ। स्थानीय तहमा बैंक नहुँदा खाता खोल्न नसकिएको गुनासो आएपछि समितिको सोमबार बसेको बैठकले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई उक्त स्थानमा शाखा खोल्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

बैंक सञ्चालकको संख्या घटाउन निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालकको संख्या घटाउन निर्देशन दिएको छ। बैंक तथा वित्तीय संस्थाले यथाशीघ्र साधारण सभा बोलाई सञ्चालक घटाउन केन्द्रीय बैंकले सोमबार निर्देशन दिएको हो।

ग्लोबल आइएमई बैंकको छात्रवृत्ति नतिजा

ग्लोबल आइएमई बैंकले शैक्षिक सत्र–२०७३ का लागि ग्लोबल आइएमई आकांक्षा छात्रवृत्ति सार्वजनिक गरेको छ।

वैदेशिक रोजगारीमा जाँदा बैंक खाता अनिवार्य

नेपाल सरकारले अब वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रुपमा बैंक खाता खोल्नु पर्ने नीति ल्याएको छ।

सिद्धार्थ बैंकको ७२ औं शाखा तानसेनमा

सिद्धार्थ बैंकको ७२ औं शाखा जिल्ला सदरमुकाम तानसेनमा खुलेको छ । बैंकका सञ्चालक महेश पोखरेल र भगत विष्टले शाखाको आइतबार उद्घाटन गरेका हुन् ।

बैंकको जागिर छाडेर गाउँपालिका प्रमुख

कृषि बिकास बैंकको जागिर छाडेर चुनाव लडेका होमबहादुर राना गण्डकी गाउँपालिका प्रमुखमा विजयी बनेका छन् ।  चुनाव लड्न जागिर छाडेका उनले ४ हजार १ सय ३८ मत ल्याएर विजयी बने । प्रतिद्वन्द्वी दीपक तिमल्सिनाले ३ हजार ८ सय ६३ मत ल्याएका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्