कोरोना परीक्षणका लागि शिक्षण अस्पतालमा पीपीई बुथ
शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा सोमबारदेखि नेपालमै पहिलो पटक पीपीई बुथ राखिएको छ। अस्पतालको आइसोलेशन वार्डको बाहिर कोरानो भाइरस (कोभिड १९) का सम्भावित संक्रमितको परीक्षणमा सहजताका लागि यो बुथ राखिएको हो। सम्भावित संक्रमितको घाँंटीबाट र्याल निकाल्ने क्रममा चिकित्सकलाई पनि कोडिभ–१९ संक्रमणबाट जोगाउन बुथको प्रयोग गरिएको जनाइएको छ।