१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोरोना परीक्षणका लागि शिक्षण अस्पतालमा पीपीई बुथ

काठमाडौं – शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा सोमबारदेखि नेपालमै पहिलो पटक पीपीई बुथ राखिएको छ। अस्पतालको आइसोलेशन वार्डको बाहिर कोरानो भाइरस (कोभिड १९) का सम्भावित संक्रमितको परीक्षणमा सहजताका लागि यो बुथ राखिएको हो। सम्भावित संक्रमितको घाँंटीबाट  र्‍याल  निकाल्ने क्रममा चिकित्सकलाई पनि कोडिभ–१९ संक्रमणबाट जोगाउन बुथको प्रयोग गरिएको जनाइएको छ। 

चिकितसक बुथभित्र बसेर सम्भावित संक्रमितको घाँंटीबाट र्‍याल निकाल्दा चिकित्कसलाई रोग सर्ने सम्भाबना शून्य हुने जनाइएको छ। संभावित संक्रमितको घाँंटीबाट  र्‍याल  निकाल्ने क्रममा चिकित्सक बुथभित्र र सम्भावित संक्रमित बुथको बाहिर बस्ने हुन्छ। 

डा महावीर पुनः अध्यक्ष रहेको राष्ट्रिय अनुसन्धान केन्द्रको सहयोगमा यो बुथ काठमाडौं बिल्डर्स प्रालि भक्तपुरले वनाएको हो। साथै यसमा अमेरिका नेपाल मेडिकल फाउण्डेशनको सहयोग पनि रहेको जनाइएको छ। अमेरिका नेपाल मेडिकल फाउण्डेशनका डा अरुण कँुंवरले नेपालमै पहिलो पटक शिक्षण अस्पतालमा यो बुथ राखिएको जानकारी गराए। अबका दिनमा यो बुथ काठमाडौंको बीर अस्पताललगायत कोरोनाको परीक्षण हुने मुख्यमुख्य अस्पतालहरूमा राखिने डा कुँंवरले जनाए। 

बुथ निर्माण समूहमा संलग्न ईन्जिनियर कृष्णभक्त दुवालले सोमबार एक कार्यक्रमबीच अस्पताललाई यो बुथ हस्तान्तरण गरेका छन्। यस क्रममा उनले बुथ निर्माणमा सहयोग गर्ने राष्ट्रिय अनुसन्धान केन्द्रका अध्यक्ष डा महाबीर पुनः डा अरुण कँुंवर, अमेरिका नेपाल मेडिकल फाउण्डेशनका डा शंकर ढकाल, ईन्जिनियर हरेराम हुमागाई, ईन्जिनियर विमलराज गोसाई र सिदार्थविक्रम पाण्डेलगायतलाई विशेष धन्यावद व्यक्त गरे। उनले बुथको प्रयोगले कोरोना भाइरस (कोभिड १९)को उपचारमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

 

प्रकाशित: २४ चैत्र २०७६ ०८:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App