९ आश्विन २०८१ बुधबार
image/svg+xml

केन्द्रीय तथ्यांक विभागले आन्तरिक पर्यटक उपभोग सर्वेक्षण गर्ने

केन्द्रीय तथ्यांक विभागले आन्तरिक पर्यटक उपभोग सर्वेक्षण गर्ने भएको छ। विभागले चार करोड रुपैयाँ खर्चेर नयाँ सर्वेक्षण गर्न लागेको विभागका निर्देशक डा. जिष्णुमोहन भट्टराईले बताए।

पाइलट भएर पनि ‘वाई१२–ई’ उडाइएन

दुर्गम क्षेत्रमा उडान गर्ने नेपाल वायुसेवा निगमका चार थान ‘वाई१२–ई’ जहाज तीन महिनादेखि ग्राउन्डेड छन्। यसअघि पाइलट नभएकाले जहाज उडाउन नसकिएको बताउने निगमले अहिले पाइलट भएर पनि जहाज उडाएको छैन्।

तीन दिनमा ४ दुर्घटना

प्याराग्लाइडिङ उडानमा दिनहुँजसो दुर्घटना हुन थालेका छन्। रसियन पाइलट डिमित्री स्टेपान्सिनको मंगलबार सराङकोटबाट ‘टेकअफ’ को क्रममा ज्यान गएको छ। बैदाम चौकीका डिएसपी कोमल शाहका अनुसार टेकअफ गर्ने क्रममा मंगलबार बिहान ११ बजेतिर डिमित्री भुइँमा बजारिएका थिए।

प्याराग्लाइडिङ दुर्घटनामा रसियन पाइलटको मृत्यु

प्याराग्लाइडिङ दुर्घटनामा एक पाइलटको मृत्यु भएको छ। सराङकोटबाट उडान लिने क्रममा बजारिएर रसियस सोलो पाइलट डिएमआई डिभिएलको उपचारको क्रममा मृत्यु भएको प्रहरी इनिस्पेक्टर गणेश सुवेदीले बताए।

पाकिस्तानले छाड्यो भारतीय पाइलट

पाकिस्तानले नियन्त्रणमा लिएका भारतीय पाइलट अभिनन्दन वर्दमानलाई रिहा गरेको छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बिहीबार गरेको प्रतिबद्धताअनुसार वर्दमानलाई शुक्रबार राति साढे नौ बजे रिहा गरिएको हो।पाइलट वर्दमानलाई भारत–पाक सीमाक्षेत्र बाघा बोर्डरबाट भारतको जिम्मा लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अभिनन्दनलाई स्वागत गर्न हजारौं भारतीय सीमामा

पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका एक पाइलटको स्वागतका लागि भारत–पाकिस्तान वागा सीमानाकामा हजारौं भारतीय जम्मा भएका छन्। इस्लामावादले “शान्तिको सन्देश” स्वरुप फिर्ता गर्न लागेका भारतीय कमान्डर पाइलट अभिनन्दन वर्दमान वागा सीमानाका हुँदै शुक्रबार अपराह्न भारत फिर्ता हुँदैछन्। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय पाइलटलाई भारत फिर्ता गर्ने संसदमा घोषणा गरेका थिए।

पाकिस्तानकाे नियन्त्रणमा रहेका भारतीय पाइलट शुक्रबार रिहा हुने

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय वायुसेनाका पाइलटलाई रिहा गर्ने बताएका छन्। संसदको संयुक्त सत्रलाई बिहीबार संबोधन गर्दै खानले शुक्रबार पाइलटलाई रिहा गरिने बताए।

निगमले माग्यो ५० पाइलट, अन्य कर्मचारी १२४ माग

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले रिक्त रहेका पदपूर्ती गर्न ५० पाइलट माग गरेको छ। १३ जना सिनियर क्याप्टेन, १५ जना जुनियर क्याप्टेन, ९ जना सिनियर को–पाइलट र १३ जना जुनियर को–पाइलट गरेर ५० पाइलट माग गरेको हो।

वायुसेवा निगमले पचास नयाँ पाइलट लिने

नेपाल वायुसेवा निगमले ५० जना नयाँ पाइलट भर्ना गर्ने भएको छ। क्याप्टेन र को–पाइलट गरेर निगमलाई ५० जना आवश्यक परेको हो।

पाइलटले धोका दिँदा थन्किए ‘वाई१२–ई’ जहाज

दुर्गम क्षेत्रमा उडान गर्ने नेपाल वायुसेवा निगमका चार थान ‘वाई१२–ई’ जहाज थन्किएका छन्। पाइलटले नियमित तालिका अनुसार जहाज उडाउन आनकानी गरेपछि अहिले निगमका चारै थान ‘वाई१२–ई’ जहाज थन्किने अवस्थामा पुगेका हुन्। ती जहाजले दैनिक तीनदेखि चार उडान गर्दै आएका थिए।

निगमलाई ५४ पाइलट अपुग

ष्ट्रिय ध्वजबाहक नेपाल वायुसेवा निगमसँग आन्तरिक र अन्र्तराष्ट्रिय उडान गर्ने १४ थान जहाज छन्। १४ मध्ये पाँच जहाजले अन्र्तराष्ट्रिय उडान गर्छन् भने नौ जहाजले आन्तरिक उडान गर्छन्। तर, यी जहाज उडानको लागि आवश्यक पाइलट भने निगमसँग प्राप्त छैनन्।

प्याराग्लाइडिङ एक्युरेसी वल्डकप आजदेखि,२१ मुलुकका साहसिक पाइलट स्वरेकमा

दुई दशकपछि राष्ट्रले चिनेको खेल प्याराग्लाइडिङको नेपालका लागि अहिलेसम्मकै ठूलो प्रतिस्पर्धा प्याराग्लाइडिङ एक्युरेसी वल्र्डकप (पिजिएडब्लुसी) बिहीबारदेखि स्याङ्जामा सुरु हुँदै छ । त्यसका लागि विभिन्न २१ मुलुकका साहसिक प्यारालाइडिङ पाइलट (खेलाडी) स्याङ्जा आइपुगेका छन् भने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ।

पाँच वर्षभित्र आफ्नै पाइलट

सरकारले नेपाली वायुसेवा कम्पनीले आगामी पाँच वर्षभित्र आफ्ना विमान चलाउन नेपाली पाइलट राख्नुपर्ने नियम लागू गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत भदौबाट कार्यान्वयनमा ल्याएको वायुसेवा सञ्चालनसम्बन्धी नीतिगत व्यवस्था २०७५ ले आगामी पाँच वर्षभित्रमा नेपाली पाइलट राख्नुपर्ने व्यवस्था गरेको हो।

पाइलट प्रधानमन्त्री प्रधानमन्त्री पाइलट

अठार वर्ष लामो व्यावसायिक पाइलटको सफल जीवन बिताएका राजीव गान्धीलाई विशेष घटनाक्रमले चालीस वर्षकै उमेरमा भारतको छैटौँ प्रधानमन्त्री हुने मौका मिलेको थियो। यता नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई जेट विमानको पाइलट भएको घोषणा गरे ।

एक्युरेसीमा पदकको आशा कमजोर

इन्डोनेसियामा जारी १८औं एसियन गेम्सअन्तर्गत प्याराग्लाइडिङतर्फ एक्युरेसी विधाको प्रतिस्पर्धामा चौथो राउन्ड सकिँदा नेपाली पाइलटले पदक जित्ने सम्भावना भने केही कमजोर बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्