२३ आश्विन २०८१ बुधबार
image/svg+xml

जलविद्युतकाे उद्घाटन गर्दै प्रधानमन्त्रीले भने– 'वैशाखभित्रै चुनाव हुन्छ'

प्रधानमन्त्री पुष्पकमल दाहालले तीन प्रमुख राजनीतिक दलबीच अनौपचारिक रुपमा सहमति बनिसकेकाले अब जसरी पनि वैशाखभित्रमा स्थानीय तहको निर्वाचन हुने बताएका छन्।

परराष्ट्रमन्त्री डा.महत वेल्जियमका उपप्रधानमन्त्रीबीच भेटवार्ता

बेल्जियमका भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत र बेल्जियमका उपप्रधान एवं विदेशमन्त्री दिदर रेन्डर्स्बीच ब्रसेल्समा द्विपक्षीय भेटवार्ता भएको छ।

'प्रधानमन्त्री स्ववियु चुनाव चाहँदैनन्'

गत पुस २० गते त्रिभुवन विश्वविद्यालयको साधारणसभा अध्यक्षता ग्रहण गर्दै कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो मन्तव्यमा स्ववियु चुनाव नहुने संकेत गरेका थिए। 'संस्थाको जीवन्तताका लागि स्ववियु निर्वाचन अपरिहार्य छ,' प्रधानमन्त्री दाहालले भनेका थिए, 'तर स्ववियु निर्वाचनले स्थानीय चुनावमा प्रभाव नपारोस्।'

प्रधानमन्त्रीले भने- 'समयमै निर्वाचन हुन्छ'

प्रधानमन्त्री पुष्पकमल दाहालले सामुदायिक रेडियोहरुको विकासको लागि आफूले तत्काल मन्त्रिपरिषदबाट पहल गर्ने प्रतिबद्धता जनाएका छन्। तत्कालै सामुदायिक रेडियो सम्बद्ध सरोकारवालाहरुसँग छलफल गरी आफूले गर्न सक्नेजति पहल मन्त्रिपरिषदबाट तत्कालै गर्ने उनले बताए।

प्रधानमन्त्री दाहालको सन्देश बोकेर श्रेष्ठ दिल्लीमा

प्रधानमन्त्री पुष्पकमल दाहालको सन्देश बोकेर नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ शनिबार भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। पार्टीनिकट अखिल भारत नेपाली एकता समाज दिल्ली शाखाको सम्मेलन उद्घाटनका नाममा दिल्ली गएका श्रेष्ठ त्यहाँ पुगेलगत्तै राजनीतिक भेटघाटमा व्यस्त छन्।

महानिरीक्षक प्रकरणमा प्रधानमन्त्रीलाई सर्वोच्च उपस्थित हुन आदेश

सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा डिआइजी जयबहादुर चन्दलाई नियुक्त गरेको छ। मन्पिरिषद् निर्णय भएको पाँच घन्टा नबित्दै सर्वोच्च अदालतले कार्यान्वयनमा अंकुश लगाइदिएको छ। सर्वोच्चले यस सम्बन्धी रिटमा आइतबारै सुनुवाइ गर्दै महानिरीक्षक बढुवा निर्णय कार्यान्वयन नगर्न/नगराउन सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

राष्ट्रिय गौरवका आयोजना निर्माण गर्न सरकार प्रतिवद्ध छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय गौरवको आयोजना निर्माण गर्न वर्तमान सरकार गम्भीर रहेको बताएका छन्।

प्रधानमन्त्री दाहाल र भट्टराईबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यान्वयन एवम् स्थानीय निर्वाचनका बारेमा छलफल भएको छ।

प्रभावकारी भएन अख्तियार : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रभावकारी काम गर्न नसकेको बताएका छन्। आयोगको २६औं स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आयोग स्थापना भएको २६ वर्षमा पनि भ्रष्टाचार नियन्त्रणमा नआएकोमा आयोगले आत्ममूल्यांकन गर्नुपर्नेमा जोड दिए।

अख्तियारले अनुसन्धान गर्दा व्याक्तिगत मर्यादालाई ख्याल गरोस्: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दूरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा व्याक्तिको प्रतिष्ठालाई ध्यानमा राख्नु पर्ने बताएका छन्। आयोगको २६ औं स्थापना दिवशको अवसरमा बोल्दै उनले आफु भारतको राजकीय भ्रमणमा रहेको बेलामा अख्तियारबाट जुन तितो अनुभव व्यहोर्नु पर्यो अब फेरि त्यस्तो कसैलाई नहोस् भने।

प्रधानमन्त्रीको निर्देशनले कामदारलाई थप आर्थिक भार

प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाउने तथा अंगभंग हुनेका परिवारलाई क्षतिपूर्ति रकम वृद्धि गर्ने घोषणा गरेको केही दिनमै कामदारले थप आर्थिक भार बेहोर्नु परेको छ।

'सुकुम्बासीको नाममा प्रधानमन्त्रीले तीन बिघा बाँडेर नौ बिघाको व्यापार गरे'

सशस्त्र संघर्षका समयमा माओवादीले कब्जा गरेको व्यक्तिको जग्गामा बसेका 'सुकुमवासी' लाई प्रधानमन्त्री पुष्पकमल दाहालले सोही जग्गाको लालपुर्जा बाँडेका छन्। भरतपुर उपमहानगरपालिका वडा नं. १७ मंगलपुरको १२ बिघा जग्गा माओवादीले कब्जा गरेको थियो। त्यसमध्ये तीन बिघा जग्गा त्यहाँ बस्दै आएका 'सुकुमवासी'का नाममा पास गरिएको छ।

संविधान संशोधन विधेयक पारित नभए पनि चुनावको मिति तोकिन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयक पारित हुन अफ्ठ्यारो परेको खण्डमा पनि मधेसी मोर्चासँग सहमति गरेर स्थानीय तहको निर्वाचनको मिति तोक्ने बताएका छन्।

निर्वाचनबारे शंका नगरौं: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनबारे शंका नगर्न आग्रह गरेका छन्। विद्युतिय मतदान प्रणालीबारे निर्वाचन आयोगले आयोजना गरेको छलफलमा बोल्दै प्रधानमन्त्रीले मन्त्रिपरिषदले निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न भनिसकेको अवस्थामा निर्वचन हुँदैनकी भनेर शंका गर्न नहुने बताए।

बुद्धिजमको विकासबारे प्रधानमन्त्रीसँग बिम्स्टेक महासचिवको चासो

प्रधानमन्त्री पुष्पकमल दाहालसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)का महासचिव सुमित नाकान्दाले आज भेटवार्ता गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्