२३ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रधानमन्त्रीसँग कांग्रेस सशंकित

स्थानीय चुनाव आगामी जेठमा गर्ने प्रतिबद्धताविपरीत प्रधानमन्त्री पुष्पकमल दाहाल मंसिरमा सार्ने पक्षमा लागेपछि सत्तासाझेदार नेपाली कांग्रेस सशंकित भएको छ। प्रधानमन्त्रीले शुक्रबार मधेसी मोर्चाका नेतासँगको बैठकमा  संविधान संशोधन प्रस्ताव टुंगो लागेपछि मात्र चुनाव मिति घोषणा गर्ने आश्वासन दिएका थिए।

प्रधानमन्त्रीले भने- 'संशोधन नटुंगिएसम्म मिति घोषणा हुँदैन'

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयक टुंगो नलागेसम्म सरकारले स्थानीय निर्वाचन मिति घोषणा नगर्ने आश्वासन मधेसी मोर्चालाई दिएका छन्। सरकार र मधेसी मोर्चाबीच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालले संविधान संशोधन विधेयकलाई टुंगोमा पुर्‍याउन परिमार्जनसहित अघि बढाउने तयारी सुरु भएको जानकारी पनि गराए।

सहमति गर्न भन्दै प्रधानमन्त्रीले मोर्चाका नेतालाई बालुवाटार डाके

प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चाका नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन्। यसअघि सहमति हुन नसकेको निर्वाचन मिति घोषणा, संविधान संशोधनलगायतका विषयमा छलफल गर्न मोर्चाका नेताहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

प्रधानमन्त्री सम्हालिएर बोल : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्हालिएर बोल्न सुझाव दिएका छन्। पार्टी प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले माओवादीलाई भिडन्तका लागि आऊ भन्न नमिल्ने बताए।

प्रधानमन्त्रीले प्रतिकार गर्नुस् भन्न मिल्दैन: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्हालिएर बोल्न सुझाव दिएका छन्। एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष ओलीले प्रधानमन्त्रीले उग्र कुरा गर्न नसुहाउने बताए।

प्रतिकारका लागि वाईसिएललाई कलेजमा परिचालन हुन प्रधानमन्त्रीको निर्देशन (भिडियो)

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्ववियु निर्वाचनका लागि योङ कम्युनिष्ट लिग (वाईसिएल) का कार्यकर्तालाई विश्वविद्यालय र कलेजमा परिचालन हुन निर्देशन दिएका छन्। उनले आफ्नो तयारी राम्रोसँग गरेर प्रतिकारका लागि कलेजमा परिचालन हुन मंगलबार वाईसिएल कार्यकर्तालाई निर्देशन दिएका हुन्।

साउदी जेलबाट छुटेका ११ नेपालीले प्रधानमन्त्रीलाई भने: जीवनयापन गर्ने वातावरण बनाइदिनुस्

विगत सात वर्षदेखि साउदीको जेलमा परेर डेढ महिनाअघि नेपाल फर्किएका एघार नेपालीहरुलाई मंगलबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालले भेटेका छन्।

उपप्रधानमन्त्री निधि र वेलायती राजदूतबीच भेट

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग नेपालका लागि वेलायती राजदूत रिचर्ड मरिसले भेटवार्ता गरेका छन्। उपप्रधानमन्त्री निधि भेट्न उनी मंगलबार सिंहदरबारस्थित गृहमन्त्रालय पुगेका थिए।

निर्वाचनको मिति घोषणा गर्न नसके प्रधानमन्त्रीले राजीनामा दिनु पर्छ: नेता खड्का

सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. नारायण खड्काले माघभित्रै निर्वाचनको मिति घोषणा गर्न नसके प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा गरेर बाटो खुल्ला गर्नुपर्ने बताएका छन्।

मोर्चालाई प्रधानमन्त्रीका चार प्रश्न

प्रधानमन्त्री दाहालले बैठकमा मोर्चाका नेतालाई विभिन्न चार प्रश्न सोधेका थिए। उनले आगामी बैठकमा आउँदा ती प्रश्नको उत्तर दिन मोर्चालाई आग्रह गरेका छन्।

मोर्चालाई फकाउँदै प्रधानमन्त्री, बालुवाटारमा बैठक

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पास नभएसम्म चुनावमा नजाने अडान राख्दै आएको मधेसी मोर्चालाई फकाउन थालेका छन्। मोर्चा सहमत नहुँदा प्रधानमन्त्रीले चुनाव मिति घोषणा गर्न सकिरहेका छैनन्। मोर्चाले चुनावमा जान एकपछि अर्को सर्त राख्दै आएको छ।

फेरि भाका सारे प्रधानमन्त्रीले

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारीमा रहेको बताएका छन्। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग आइतबार भएको भेटमा प्रधानमन्त्री दाहालले सरकार छिट्टै निर्वाचन घोषणा तयारीमा रहेको जानकारी गराउँदै आयोगलाई पनि आफ्नो काम थाल्न आग्रह गरेका हुन्।

प्रधानमन्त्रीले निर्वाचनबारे दलीय परामर्श गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन, स्थानीय निकायको निर्वाचनलगायत विषयमा दलीय परामर्श गर्ने भएका छन्।

प्रमुख निर्वाचन आयुक्तलाई प्रधानमन्त्रीले भने: जेठ पहिलो साता भित्रै निर्वाचन हुन्छ

प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवलाई स्थानीय तहको निर्वाचनको तयारीमा रहन भनेका छन्।

उपप्रधानमन्त्री निधिको प्रश्न: यस्तो घिनलाग्दो राजनीति कहिलेसम्म ?

उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले बिपक्षी नेकपा एमालेले खतरनाक र घिनलाग्दो राजनीति गरेको आरोप लगाएका छन्। आइतबार पर्वतको एक कार्यक्रममा बोल्दै निधिले ‘एमालेले हिमाल, पहाड, तराई मधेसको दुरी बढाउन लाग्दैछ, यस्तो खतरनाक र घिनलाग्दो राजनीति कहिलेसम्म गर्नुहुन्छ?’ भन्दै प्रश्न गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्