काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्हालिएर बोल्न सुझाव दिएका छन्। पार्टी प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले माओवादीलाई भिडन्तका लागि आऊ भन्न नमिल्ने बताए।
'प्रतिपक्षी दल भएर हामीले चर्को कुरा गरेका छैनौं। मैले प्रधानमन्त्री र सरकारलाई भिड्न आओ भन्न मिल्दैन,' ओलीले भने, 'प्रधानमन्त्रीले सम्हालिएर बोल्दा हुने हो।' प्रधानमन्त्री दाहालले मंगलबार वाइसिएलको कार्यक्रममा राष्ट्रवादको नाममा दक्षिणपन्थी प्रभावशाली हुन खोजेको भन्दै प्रतिकारमा उत्रिन निर्देशन दिएका थिए।
विद्वान्हरूले लेख लेखेर देशलाई नोक्सान पुर्याइरहेको आरोप लगाउँदै ओलीले भने, 'कखग, एबिसिडी पढेर दुआना–चारआनामा लेख लेखेर देशलाई नोक्सान पारिरहेका छन्।'
'राष्ट्रवादको कुरा गर्नेले लुटेर खान पाइँदैन भन्न लागे भन्ने लागेको होला। उग्रवादको कुरा गर्न उक्साउन थालेका छन्,' ओलीले भने, 'देशलाई माया गर्ने कुरा गर्दा प्रतिकार गरौं भन्ने!'
संसद्को सार्वजनिक लेखा समितिमा सभापति सत्तारूढ दलका सांसद चुनिएको प्रसंग निकाल्दै ओलीले भने, 'लेखा समिति पनि यतिको बहादुर भएको देशमा मात्रै सत्तापक्षले राख्छ। यतिको ताकत भएको समयमा प्रतिपक्षी पनि आफंैले लिए हुने हो।' लेखा समिति सभापतिमा केही दिनअघि माओवादी केन्द्रका सांसद चयन भएका थिए।
प्रधानमन्त्री निर्वाचित गर्न मत दिएकाले मधेसी मोर्चा पनि सत्ताधारी दल भएको तर्क गर्दै ओलीले सरकारले निर्वाचनका विषयमा नाटक गरिरहेको बताए। 'म कुटेको जस्तो गर्छु, तँ रोएको जस्तो गर भनेजस्तै भएको छ,' ओलीले भने।
ओलीले विद्वान्हरूले लेख लेखेर देशलाई नोक्सान पुर्याइरहेको आरोप लगाए। उनले भने, 'कखग, एबिसिडी पढेर दुआना–चारआनामा लेख लेखेर देशलाई नोक्सान पारिरहेका छन्', उनले भने, 'मुसाले कपडा खान काट्ने होइन दाँतमा धार लगाउन काट्ने हो। उहाँहरूले देशलाई नोक्सान नपर्ने गरी धार लगाए हुन्थ्यो।'
उनले आफूले उठाउँदै आएको विषयलाई खोक्रो राष्ट्रवाद, महेन्›ीय राष्ट्रवाद भनेर गरिँदै आएको टिप्पणीको प्रतिवाद गरेका थिए।
'खोक्रो राष्ट्रवाद भन्यो, आडम्बरी भन्यो, महेन्›ीय राष्ट्रवाद भन्यो। महेन्›ीय भनेपछि राजा मात्रै पो देशभक्ति हुने रहेछ, जनता त हुने रहेनछ भन्ने भ्रमपूर्ण विषाक्त प्रचार भइरहेको छ', उनले भने।
ओलीका अनुसार एमालेमाथि प्रहार हुनु भनेको देशमाथि नै प्रहार हुनु हो। 'आँखाबाट आँसु झार्न आँखैमा हान्नुपर्छ भन्ने छैन, शरीरको जुन भागमा प्रहार भए पनि आँसु त झर्छ। त्यसैले देशलाई घाटा पार्न चाहनेहरू एमालेमाथि प्रहार गरिरहेछन्', उनले भने।
सोही पत्रकार सम्मेलनमा सत्तारूढ दल अखण्ड पार्टी नेपालकी वरिष्ठ उपाध्यक्ष पुष्पा भण्डारी एमालेमा प्रवेश गरिन्।
प्रकाशित: २० माघ २०७३ ०२:५८ बिहीबार