२३ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रधानमन्त्रीले संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ: नेता नेपाल

नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने बताएका छन्।

चुनाबमा मिडियाको भूमिका जनआन्दोलनकै जस्तो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले चुनाब सफल गराउन मिडियाको भूमिका महत्वपूर्ण हुने बताएका छन्। प्रेस काउन्सिल प्रङ्गणमा मंगलबार बिहान पत्रकार स्तम्भको अनावरण गर्दै उनले मिलेर चुनाबको महोल बनाउन सबैसँग आग्रह गरे।

निर्वाचन घोषणा ऐतिहासिक निर्णय : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनको मिति घोषणालाई सरकारकोे ऐतिहासिक निर्णय भएको बताएका छन्। उनले भने, 'सरकारले ऐतिहासिक निर्णय गरेको छ। स्थानीय तहको निर्वाचन मिति घोषणा गरिएको छ। एकै चरणमा मुलुकभर स्थानीय तहको निर्वाचन हुन्छ।'

बैशाख मसान्तभित्रै निर्वाचन गर्ने गरी तयारी गर्न आयोगलाई प्रधानमन्त्रीको आग्रह

निर्वाचनको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गरेका छन्। सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणाको तयारी गरिरहेको बेला प्रधानमन्त्रीले आइतबार आयोगसँग परामर्श गरेका हुन्।

महायज्ञ उद्‍घाटन गर्न प्रधानमन्त्री पुगे सिरहा

प्रधानमन्त्री पुष्पकमल दहालले श्रीमदभागवत महायज्ञ उद्‍घाटन गरेका छन्। प्रधानमन्त्री दाहाल बालुवाटारमा नेपाली कांग्रेससँगको बैठक सकेर हेलिकप्टर मार्फत सिराहा आइपुगेका थिए। दाहालसँगै कांग्रेस नेता प्रदिप गिरी र कानुनमन्त्री अजय शंकर नायक पनि महायज्ञमा आएका थिए।

छलफल गर्न प्रधानमन्त्रीले फेरी मोर्चाका नेतालाई बोलाए

निर्वाचनको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चाका चार शीर्ष नेतालाई छलफलको लागि प्रधानमन्त्री निवास बोलाएका छन्। प्रधानमन्त्री दाहालले उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र यादवलाई साँझ ७ बजे बालुवाटार बोलाएका हुन्।

'प्रधानमन्त्री शक्तिकेन्द्रको बन्दी बन्नुभएको छ'

आफ्ना कुरा स्पष्टसँग राख्न सक्ने नेताको छवि बनाएका छन् एमाले उपाध्यक्ष भीम रावलले। यतिखेर मुलुकको संविधानअनुरूप आगामी माघ ७ गतेसम्म स्थानीय, प्रान्तीय तथा संघीय संसद्को निर्वाचन गरिसक्नुपर्छ। तर, सरकार तथा वर्तमान समग्र राजनीतिक असहमितका कारण घोषित मितिमा निर्वाचन हुन कठिन छ।

चुनाव गराएरै छाड्छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयनका लागि निर्वाचन अनिर्वाय भएकाले गराएरै छाड्ने बताएका छन्। ६७औं प्रजातन्त्र दिवसका अवसरमा शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री दाहालले निर्वाचन हुनेमा आशंका नगर्न सबैलाई आह्वान गरे।

प्रधानमन्त्रीले मोर्चाका नेतालाई भने: हामी निर्वाचनको तयारीमा छौं

स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग परामर्श गरेका छन्।

प्रधानमन्त्री र मधेसी मोर्चाबीच छलफल हुँदै

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनको मिति घोषणा, संविधान कार्यान्वयन र संविधान संशोधनलगायतका विषयमा मधेस केन्द्रीत दलका नेतासँग शनिबार छलफल गर्ने भएका छन्।

भिट्टामोड–जनकपुर सडक बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

एक दशकदेखि बेवास्ताको शिकार भई जीर्ण अवस्थामा रहेको भिट्टामोड–जलेश्वर–जनकपुर सडक तिव्रगतिमा निर्माण कार्य सम्पन्न गर्नु पर्ने माग गर्दै महोत्तरीवासीले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई ध्यानाकर्षण गराएका छन्।

अप्ठेरो परेर रोल्पा आएँः प्रधानमन्त्री दाहाल

रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक समृद्धि र विकासबाट मात्रै संविधानले परिकल्पना गरेको समाजवादसम्म पुग्न सकिने बताएका छन्। प्रधानमन्त्री दाहालले रोल्पाको सदरमुकाम लिबाङमा शुक्रबार आयोजित प्रथम रोल्पा महोत्सव उद्घाटनको क्रममा सो कुरा बताएका हुन्। राजनीतिक परिवर्तनमा उल्लेखनीय भूमिका खेलेको रोल्पा युद्ध पर्यटनको उच्च सम्भावना भएको जिल्ला भएको बताए।

सिमराकाे 'सेज'मा रोजगारी माग्दै प्रधानमन्त्रीलाई ज्ञापन

गढीमाई नगरपालिकाभित्र निर्माणको क्रममा रहेको विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा आएपछि त्यसमा रोजगारी पाउनु पर्ने माग गर्दै बाराका स्थानीयले बिहीबार बाराका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र बुझाएका छन्।

मधेसी मोर्चाका नेता एक्लाएक्लै भेट्दै प्रधानमन्त्री, चुनाब मिति घोषणा गर्ने सन्देश

फागुन १० अघि चुनाब मिति घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चाका नेता फकाउन थालका छन्। उनले बिहीबार सद्‌भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग भेट गरेर चुनाबी मिति घोषणा गर्नु सरकारको बाध्यता भएको बताए।

प्रधानमन्त्रीलाई कारण देखाउ आदेश

वैदेशिक रोजगारीमा जाने कामदारले तिर्दै आएको म्यादी जीवन बिमाको प्रिमियम बढाइएको बारे पाटन उच्च अदालतले प्रधानमन्त्री कार्यालय, श्रम तथा रोजगार मन्त्रालय, बिमा समिति र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डलाई कारण देखाउ आदेश दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्