२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

खटाएको ठाउँ नजाने कर्मचारीलाई कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधान बमोजिम आवश्यक पर्ने सम्पूर्ण सङ्घीय कानुन निर्माणको कामलाई तीव्रता दिन निर्देशन दिएका छन्। प्रधानमन्त्री दाहालले स्थानीय तहमा कुनै विभेद विना मापदण्ड बनाएर कर्मचारी खटाउन निर्देशन दिँदै कार्यक्षेत्रमा जान नमान्ने कर्मचारीलाई कानुनबमोजिम कारबाही गरिनुपर्ने बताए।

जापानी प्रधानमन्त्री युरोपतर्फ

जापानी प्रधानमन्त्री सिन्जो आबे चार दिने युरोप भ्रमणको लागि आइतबार त्यसतर्फ लागेका छन् । सो भ्रंमणको क्रममा सुरक्षाको मुद्दा सम्बन्धि छलफल हुने अनुमान गरिएको छ ।

मोर्चालाई निर्वाचनमा सहभागी हुन उपप्रधानमन्त्री थापाकोआग्रह

उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सहभागी हुन आह्वान गरेका छन् ।

कार्यकर्ता रिझाउन बजेट बाँड्दै प्रधानमन्त्री

आगामी संसदीय निर्वाचनमा चितवनबाट चुनाव लड्ने तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय जनता र कार्यकर्ता रिझाउन ७३ करोड रुपैयाँ थप बजेट पठाएका छन्। प्रधानमन्त्री दाहालको ठाडो निर्देशनमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत दर्जनौं खुद्रे  तथा टुक्रे कार्यक्रम बनाएर चितवनमा ७२ करोड ७१ लाख रुपैयाँ थप बजेट पठाइएको हो।

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति भेट्ने

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण राजधानी बेइजिङबाट सुरु हुने भएको छ। चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेटवार्ताका लागि समय मिलेपछि उनको भ्रमण बेइजिङबाट सुरु हुने भएको हो। भ्रमणका बेला चिनियाँ प्रधानमन्त्री ली खस्याङसँग उनले वार्ता गर्नेछन्। उनको चीन भ्रमण एक साताको हुने 'लगभग तय भएको' परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

मेरो इटालियन राइफल डेढ लाख रुपैयाँको मात्रै होः प्रधानमन्त्री पुत्र

प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकिय सचिव समेत रहेका छोरा प्रकाश दाहालले आफूले कानुनी प्रक्रिया पूरा गरेरै २२ बोरको राइफल राखेको बताएका छन्। प्रधानमन्त्री पुत्रले व्यक्तिगत सुरक्षामा चुनौती र जोखिम रहेको भन्दै काठमाडौं जिल्ला प्रशासनबाट अनुमति लिएर हतियार राखेको स्वीकारेका छन्।

प्रधानमन्त्री दाहाल र युएन स्क्याप सचिव अख्तरबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (युएन स्क्याप) का कार्यकारी सचिव समस्हद अख्तरले शुक्रबार शिष्टाचार भेट गरेका छन् ।

निर्वाचन तयारीबारे प्रधानमन्त्रीलाई जानकारी

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका तयारीका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जानकारी गराएको छ ।

एनसेल प्रकरणमा लेखा समितिले प्रधानमन्त्रीलाई बोलाउने

व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले एनसेल बिक्री प्रकरणमा मन्त्रिपरिषद् 'निर्णय' का विषयमा बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाउने भएको छ। समितिको बिहीबार बसेको बैठकमा उपस्थित उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको जबाफमा चित्त नबुझेको भन्दै समितिले प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको हो।

उपप्रधानमन्त्री निधि र भारतीय गृहमन्त्री सिंहबीच भेटवार्ता

भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय समकक्षी राजनाथ सिंहबीच विहीबार बिहान भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहालद्वारा व्यापार मेलाको उद्घाटन

प्रधानमन्त्री दाहालले भृकुटीमण्डपमा आयोजित छैटौँ अन्तर्राष्ट्रिय व्यापार मेलाको विहीबार उद्घाटन गर्दै मुलुकमा राजनीतिक अस्थिरता समाप्त भएकाले लगानीको वातावरण सुनिश्चित भएको बताए ।

मोर्चाले टेरेन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालको पटकपटकको आग्रहलाई बेवास्ता गर्दै मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। मोर्चाको बुधबारको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो। बैठकपछि जारी  विज्ञप्तिमा 'वर्तमान सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने प्रक्रिया पूरा गर्दै बिहीबारदेखि असहयोग र अवज्ञा आन्दोलन सुरु गर्ने' उल्लेख छ।

प्रधानमन्त्री ‘प्रचण्ड’सँग स्विस राजदूतको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्तिप्रक्रियामा सहयोग गरेकोमा स्विट्जरल्यान्ड सरकारलाई धन्यवाद दिएका छन् ।

लोडसेडिङको अन्त्यबाट देश अँध्यारो युगबाट उज्यालोतर्फ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत्भार कटौती अन्त्य हुनु भनेको देशलाई अँध्यारो युगबाट उज्यालो युगमा लिएर गएको बताएका छन्।

प्रदेश र केन्द्रको चुनाब अघि सीमांकन संशोधन गर्ने प्रधानमन्त्रीको प्रस्ताव

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र केन्द्रको निर्वाचन अघि सीमाङ्क हेरफेर गर्ने गरी संविधान संशोधन गर्ने वचन मधेसी मोर्चाका नेताहरुलाई दिएका छन्। सो वचन दिँदै उनले मोर्चालाई घोषित स्थानीय निर्वाचनमा सहभागी हुन प्रस्ताव गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्