२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ‘प्रचण्ड’सँग स्विस राजदूतको भेट

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्तिप्रक्रियामा सहयोग गरेकोमा स्विट्जरल्यान्ड सरकारलाई धन्यवाद दिएका छन् । 

नेपालका लागि स्विट्जरल्यान्डका राजदूत योर्ग ज्योभानी फ्रिडेनसँग बुधबार सिंहदरबारमा भएको शिष्टाचार भेटमा उनले नेपालको राजनीतिक रुपान्तरणमा स्विट्जरल्यान्ड सरकारले गरेको सहयोगप्रति खुसी व्यक्त गरे । 

प्रधानमन्त्री प्रचण्डले स्थानीय तह कार्यान्वयन सुरु भइसकेकाले अब तोकिएकै समयमा स्थानीय निर्वाचन गर्ने गरी सरकार लागिरहेको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

उनले मधेस केन्द्रित दलसँग निरन्तर छलफल भइरहेकाले राजनीतिक अस्थिरता चाँडै अन्त्य हुने विश्वास व्यक्त गरे । 

सो अवसरमा नेपालका लागि स्विट्जरल्यान्डका राजदूत फ्रिडेनले नेपालमा राजनीतिक स्थिरता तथा स्थानीय र प्रदेश तहको निर्वाचनको विषयमा चासो राखे । उनले नेपाल सरकारले विभिन्न समयमा स्विट्जरल्यान्डसँग गरेको सहयोग र समन्वयका लागि पनि खुसी व्यक्त गरे ।

प्रकाशित: २ चैत्र २०७३ १०:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App