२१ आश्विन २०८१ सोमबार
image/svg+xml

मुग्लिन सडकमा जनताले पाएको सास्तीप्रति प्रधानमन्त्री चिन्तित

प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण जनताले पाएको सास्तीप्रति चिन्ता व्यक्त गरेका छन्।

नारायणगढ–मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडक निर्माण चाँडो सक्न निर्देशन दिएका छन्।

प्रधानमन्त्रीको निर्देशन अवज्ञा गर्दै सचिव विदेश भ्रमणमा

प्रधानमन्त्रीको निर्देशन लत्याउँदै खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय सपत्नी अस्ट्रेलिया भ्रमणमा निस्केका छन्।

प्रधानमन्त्री कार्यालयमा 'झुटो प्रतिवेदन'

प्रधानमन्त्रीले सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिदा काम पुरा हुन त परै जाओस्, सरोकारवाला निकायहरुले उल्टै झुटो प्रतिवेदन बुझाएका छन्। प्रधानमन्त्री कार्यलयका सचिव चन्द्र घिमिरेले 'खाल्डा पुर्ने जिम्मा पाएका धेरैजसो निकायले झुटो रिपोर्ट पठाएको' बताए।

भूकम्प राहतबारे प्रधानमन्त्रीको जबाफ माग

भूकम्पपीडितले अझै पनि उचित राहत पाउन नसकेकोतर्फ ध्यानाकषर्ण गराउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा जबाफ दिनुपर्ने माग सांसदहरूले गरेका छन्।

प्रधानमन्त्रीको निर्देशन उल्लंघन

मुलुकका प्रमुख कार्यकारीलाई आफ्नै मातहतको सरकारी संयन्त्रले जुन हिसाबले असफल सिद्ध बनाएको छ, त्यसको पीडा र लज्जा पक्कै पनि प्रधानमन्त्री देउवालाई भएको हुनुपर्छ।

प्रधानमन्त्रीको निर्देशन अलपत्र, पुरिएनन् खाल्डा

प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीका सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिए पनि सडकको अवस्थामा खासै सुधार देखिएको छैन। सडकका भ्वाङ झन्झ्न जोखिमपूर्ण बन्दै गएका छन्।

छिट्टो ऐन ल्याएर डा. केसीको अनशन टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

चिकित्सा शिक्षाको सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीले उठाएका माग तत्काल सम्वोधन गरी अनशन टुंग्याउने दिशामा काम गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी बार्ता टोली एवं शिक्षामन्त्रीलाई निर्देशन दिएका छन्।

पनामा लिक्समा प्रधानमन्त्री शरिफ दोषी ठहर, प्रधानमन्त्री पद गयो

पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज शरिफलाई पनामा लिक्समा दोषी भएको ठहर गरेको छ। यो निर्णयसँगै शरिफ प्रधानमन्त्री पदका लागि अयोग्य ठहरिएका छन्।

प्रधानमन्त्रीको ठाडो आदेशमा एलडिओकोे सरुवा

नवलपरासीका खोलामा रहेका नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा) को अवैध उत्खनन् र निकासीलाई रोक्ने प्रयास गरेका स्थानीय विकास अधिकारी युवराज कट्टेललाई प्रधानमन्त्रीको ठाडो आदेशमा सरुवा गरिएको छ।

प्रधानमन्त्री कार्यालय अनभिज्ञ

जिम्मेवारी पाएका निकायले सडकका खाल्डा पुर्ने, खानेपानीका पाइप राख्ने, सडक विस्तार कार्य सक्ने, खतराजन्य ठाउँ हटाउनेलगायत काम गर्नुपर्थ्यो।

प्रधानमन्त्रीको निर्देशन लत्याउँदै सिँचाइका ३७ कर्मचारी इटालीमा

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन लत्याउँदै सिँचाइ मन्त्रालयका सचिवसहितको 'जम्बो टोली' तालिम तथा अवलोकन भ्रमणका लागि इटाली पुगेको छ। इटालीको टुसिया विश्वविद्यालयद्वारा आयोजित 'सस्टेनेवल इरिगेसन विथ इम्फासिस् अन माउन्टेन इरिगेसन सिस्टम' विषयक १४ दिने तालिम तथा अवलोकन कार्यक्रममा सहभागी हुन एकै मन्त्रालयका ३७ कर्मचारी त्यसतर्फ गएका हुन्।

प्रधानमन्त्री देउवाका तीन महिला सारथी

प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रोपटक मन्त्रीमण्डल गरेसँगै तीन महिला मन्त्रीहरुले विभिन्न मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेपाली कांग्रेसकी अम्बिका बस्नेत, माओवादी केन्द्रकी आशा कोइराला र नेकपा संयुक्तकी मिथिला चौधरीले विभिन्न मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री देउवाले गरे मन्त्रीमण्डल विस्तार

प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन् । बुधबार दिउँसो साढे चार बजे राष्ट्रपति कार्यालयमा नेपाली कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, लोकतान्त्रिक फोरमबाट २ जना र नेकपा संयुक्तबाट १ जना मन्त्रीहरूको सपथ ग्रहण गरेका छन् ।

‘महिलालाई उपप्रधानमन्त्री र उपसभापति चाहिन्छ’

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीभित्रको ६० र ४० को भागबण्डा अन्त्य हुनुपर्ने बताएकी छिन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेतृ कोइरालाले पार्टीभित्र गुटबन्दी हुनु दुःखदायी कुरा भएको उल्लेख गर्दै भनिन्,‘पार्टीभित्र देखिएको ६० र ४० को भागबण्डा दुर्भाग्य हो । गुटबन्दीको अन्त्य भएन भने पार्टी समाप्त हुन्छ । त्यसैले पार्टीभित्र अब सक्षम, ईमानदार, त्यागी, संघर्ष गरेका र क्षमतावान नेताहरुलाई स्थान दिनुपर्छ ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्