४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

साफ महिला च्याम्पियनसिप आजबाट, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

पाँचौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिप मंगलबार (आज) बाट मोरङको विराटनगरमा सुरु हुँदैछ। सहिद रंगशालामा दिउँसो २ बजे सुरु हुने उद्घाटन खेलमा नेपाल र भुटान भिड्नेछन्। नेपालले पहिलो पटक महिला अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको हो।

सहारालाई हराउँदै झापा–११ को विजयी सुरुवात

मगमग झापा गोल्डकपको चौथो संस्करणको उद्घाटन खेलमा सहारा क्लब पोखरालाई २–० ले हराउँदै आयोजक झापा–११ क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

झापा गोल्डकप आजदेखि, उद्घाटन खेलमा आयोजक र सहारा क्लब भिड्दै

चौंथो झापा गोल्डकप फुटबल प्रतियोगिता शनिबार (आज) देखि झापामा सुरु हुँदै छ।  बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने खेल दिउँसो २ बजेपछि सुरु हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक झापा ११ र सहारा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ।

अग्रगतिमा हिँड्न एकता जरुरी : पूर्वराष्ट्रपति

पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। सदरमुकाम धादिङबेंसीमा शुक्रबार धादिङ पर्यटन तथा औद्योगिक मेला उद्घाटन कार्यक्रममा यादवले हिमाल, पहाड र तराईबीच बलियो एकता कायम गरेर मात्रै मुलुकलाई अग्रगतिको बाटोमा अघि बढाउन सकिने बताए। लोकतान्त्रिक प्रणालीमार्फत् मुलुकलाई समृद्ध बनाउन सबै पक्ष अग्रसर हुनुपर्नेमा उनको जोड थियो।

आहा रारा गोल्डकपको उद्घाटन खेलमा सहारा र एपिएफ भिड्दै

१७ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिता बिहीबार (आज) बाट पोखरामा सुरु हुँदैछ। पोखरा रंगशालामा दिउँसो २ बजे पछि सुरु हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र सशस्त्र प्रहरी बलको (एपिएफ) बीच प्रतिस्पर्धा हुँदैछ।

तिलोत्तमा गोल्डकपको उद्घाटन खेलमा एपिएफ र झापा –११ भिड्दै

२१ औं संस्करणको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिबार (आज) बाट बुटवलमा सुरु हुँदैछ। बुटवल– ११ देवीनगरस्थित एन्फा एकेडेमीको मैदानमा हुने खेल दिउँसो २ बजेपछि सुरु हुनेछ।

धनगढी प्रिमियर लिगको उद्घाटन

रुस्लान धनगढी प्रिमियर लिग प्रतियोगिताको तेस्रो संस्करणको औपाचिरक रूपमा शनिबार उद्घाटन गरिएको छ । वर्षाका कारण दुई दिनपछि खेल सारिए पनि पूर्वनिर्धारित मितिमा नै शनिबार एक समारोहबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले म्याच रेफ्री मोहम्मद सफिकलाई बल र ब्याट हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका छन् ।

डीपीएलकाे उद्घाटन, क्रिकेट मैदान निर्माणमा सरकारले सहयोग गर्ने

परिपर्तित खेल तालिका अनुसार साेमबारदेखि सुरु हुने धनगढी प्रिमियर लिग (डीपीएल) काे शनिबार उद्घाटन गरिएकाे छ। उद्घाटन निर्धारित समयमै गरिएपनि वर्षाका कारण खेल तालिका भने पछि सारिएकाे छ।

वर्षाले बुढासुब्बा गोल्डकप प्रभावित, उद्घाटन खेल आइतबार हुने

वर्षाका कारण शनिबार बुढासुब्बा रेडबुल गोल्डकपको २१ औं संस्करण सुरु हुन सकेन। धरान १६ स्थित रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेल अब आइतबार मात्रै हुने भएको छ।

वडामै स्वास्थ्य प्रयोगशाला

तारकेश्वर नगरपालिका वडा ९ को पहल र नगर सहरी स्वास्थ्य केन्द्रको आयोजनामा स्वास्थ्य प्रयोगशाला कक्ष उद्घाटन तथा दुई दिने निः शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। ज्येष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण गर्न सजिलो होस् भन्ने लक्ष्यले स्वास्थ्य प्रयोगशालाको व्यवस्था गरिएको बताइएको छ ।

सात किलोमिटर सडकको ट्रयाक ४१ वर्षमा

सुन्दै अचम्म लाग्ने गरी पश्चिमी मकवानपुरको चेपाङ बाहुल्य क्षेत्रको सात किलोमिटर सडकको ट्रयाक खन्नै ४१ वर्ष लागेको छ। २०३४ सालमा सुरु भएको राक्सिराङ गाउँपालिकाको सदरमुकाम चैनपुरदेखि पूर्व–पश्चिम राजमार्ग मनहरी जोड्ने सडक ट्र्याकको बिहीबार प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे ।

डिपिएल क्रिकेटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा विराटनगर र धनगढी भिड्ने

यसै महिनाको अन्तिम साताबाट आयोजना हुने तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ। शनिबार जारी गरिएको तालिकाको पहिलो खेलमा विराटनगर किङ्स र धनगढी स्टार्सले प्रतिस्पर्धा गर्ने भएका छन्।

तीनपटक शिलान्यास भएको मेची पुलको बल्ल उद्घाटन

हरेक पटक राजनीति गर्ने अस्त्र मानिएको मेची पुलको कथा अब सकिएको छ। तीन पटक सम्म शिलान्यस भएको यो पुल प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो। पूर्वी नेपाललाई भारतसँग जोड्नका लागि राजमार्गबाहेक अर्को पुल निर्माण भएको हो। यो पुल २०२२, २०४१ र २०६६ सालमा शिलान्यस भएको थियो। तर निर्माणले गति लिन सकेको थिएन।

पुल निर्माण नहुँदै उद्घाटन

कोशी राजमार्गअन्तर्गत इटहरी–धरान सडक खण्डमा पर्ने सेउती पुल दुई वर्षअघि नै उद्घाटन गरिए पनि अझैसम्म काम पूरा भएको छैन। ठेकेदारलाई पुलमाथि पट्टी परेका खाल्डाखुल्डी मर्मत गर्न सडक डिभिजन कार्यालय विराटनगरले ताकेता गरेको छ।

बन्यो गाउँपालिकाको आफ्नै भवन

सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ। एक करोड ८० लाख रुपैयाँ लागतमा निर्मित प्रिफाइभ प्रविधिको २३ कोठे भवन सोमबार संघीय सांसद हेमकुमार राई ‘सुरवीर’ र पण्डित दीनबन्धु पोखरेलले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्