४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सर्वसाधारणले माघदेखि मात्र धरहरा प्रवेश गर्न पाउने

बाहिरी सजावटको कार्य सकिन अझै एक वर्ष समय लाग्ने अनुमान गरिएको छ। त्यसपछि मात्रै सर्वसाधारणका लागि धरहरा खुला गरिनेछ। भूकम्प गएको ६ वर्ष पुगे पनि पुनर्निर्माणमा विवाद भएपछि २०७५ मा मात्रै धरहराको पुनर्निर्माण कार्य सुरु भएको थियो। प्राधिकरणका अनुसार बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्रबाट भने २२ तलाको छ। नयाँ धरहरा उपत्यकामा आउने पर्यटकका लागि यो नयाँ गन्तव्य हुनेछ।

प्रधानमन्त्रीले आज धरहराको उद्घाटन गर्दै

बाहिरी सजावटको कार्य सकिन अझै एक वर्ष समय लाग्ने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा मात्रै तयार गरेर उद्घाटन गर्न लागेका हुन्। भूकम्प गएको ६ वर्ष पुगे पनि पुनर्निर्माणमा विवाद भएपछि २०७५ मा मात्रै धरहराको पुनर्निर्माण सुरु भएको थियो। स्तम्भ तयार गर्न र सुनको गजुर राखेको गरी हालसम्म ३ अर्ब ४८ करोड बजेट खर्च भइसकेको छ।

धरहरा उद्घाटनमा हतारो

स्रोतका अनुसार आफू नेतृत्वको सरकार ढल्न सक्ने सम्भावना देखेर प्रधानमन्त्री ओली धरहरा उद्घाटन गर्न हतारिएका हुन्। यसअघि पुनर्निर्मित रानीपोखरी र दरबार स्कुल भवन उद्घाटन गरिसकेका ओलीले उपत्यकाको अर्को धरोहर धरहरा निर्माण कार्य पनि औपचारिक रुपमा सकिएको घोषणा गर्दैछन्। ‘यति धेरै हतार गर्नुपर्ने अवस्था त थिएन तर माथिल्लो तहबाट निर्देशन आएकाले काम तीव्र गतिमा भइरहेको हो,’ स्रोतले भन्यो।

२२ तले धरहरा ११ गते उद्घाटन हुने

प्रधानमन्त्री केपी शर्मा ओलील छिट्टै उद्घाटन गर्ने लक्ष्यसहित ठेकेदार कम्पनीलाई ११ गतेभित्र धरहराको काम सक्न निर्देशन दिएसँगै हाल धरहरा निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ। तर धरहराको बाहिरी सौन्दर्यतासहित हालसम्म जम्मा ६१ प्रतिशत मात्रै काम भएको छ। धरहरास्तम्भको भने ९७ प्रतिशत काम सकिएको छ । अन्य काम नसकिने भएकोले धरहरा मात्रै तयार गरेर प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने बताइएको छ।

राष्ट्रपतिद्वारा मेलम्ची खानेपानी वितरणको औपचारिक शुभारम्भ

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट औपचारिक रुपमा उद्घाटन गरि काठमाडौंमा वितरण गरिएको छ।

मेयर कप महिला क्रिकेट: प्रदेश–१ र एपिएफबीच उद्घाटन खेल

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार जारी गरेको खेलतालिकाअनुसार प्रधानमन्त्री कपको विजेता प्रदेश–१ ले एपिएफविरुद्ध चुनौती प्रस्तुत गर्दै चैत २१ देखि हुने मेयर कप महिला क्रिकेटको यात्रा सुरु गर्ने भएको हो। पहिलो दिन दुई खेल हुँदा दोस्रो खेलमा मेयर–११ र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।

हतारमा उद्घाटन र शिलान्यासः ठेक्का सम्झौता हुनै बाँकी छ, शिलान्यास भइसक्यो

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२ गते शनिबार सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्रको स्विच थिचेर उद्घाटन गरे। वर्षाैंदेखि सबैभन्दा धेरै चासोको विषय बनेको मेलम्चीको पानी उपत्यकाबासीको घर–घरमा कहिलेदेखि वितरण गर्ने अहिलेसम्म टुंगो लागेको छैन।

कर्णाली उत्सव आजदेखि

ऋति फाउण्डेशनको संयोजनमा कर्णालीका सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यटकीयजस्ता बहुआयामिक विषयमा वृहत् बहस गर्ने उद्देश्यले उत्सवको दोस्रो संस्करण सञ्चालन हुने भएको हो। गत वर्ष यही समयमा कर्णाली उत्सवको पहिलो संस्करण सम्पन्न भएको थियो।

एकदिवसीय पुरुष क्रिकेट: आर्मी र एपिएफबीच उद्घाटन खेल

क्यानले प्रेस–विज्ञप्ति जारी गरेर प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो। पहिलो पटक हुन लागेको प्रतियोगिताका लागि जारी तालिकाअनुसार विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबबीच उद्घाटन खेल हुनेछ।

प्रधानमन्त्री ओलीद्वारा झापाकाे कमल खोलाको पुल उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कमल गाउँपालिका वडा नं २ स्थित कमल खोलाको पक्की पुलको उद्घाटन गर्नुभएको छ। गाउँपालिकाको क्याम्पा बजारबाट शिवसताक्षीको धरमपुर जोड्ने सो पुलको लम्बाइ १७० मिटर र चौडाइ ११ मिटर छ।

प्रधानमन्त्रीद्वारा महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन आज उद्घाटन गरेका छन्।

राजनीतिक बलमिच्याईंका आधारमा पुलको उद्घाटन गर्नु खेदजनक: मन्त्री गुरुङ

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले तनहुँमा राजनीतिक बलमिच्याईंका आधारमा पुल उद्घाटन गरिएको भन्दै खेद व्यक्त गरेका छन्।

पौडेल तीन घण्टा प्रहरीको नियन्त्रणमा

विवादको चुरो हो–बनिसकेका दुईवटा मोटरेबल पुल उद्घाटन गरेर आफ्नो पहलमा काम भएको देखाउन कांग्रेस र नेकपाबीच हानथाप चल्नु । त्यही हानथापले गर्दा बुधबार दिनभर तनहुँको मुकाम दमौली तनावग्रस्त बन्यो ।

गोरखामा तीन विद्यालय उद्घाटन

भारतीय विदेश सचिव हर्षवद्र्धन श्रींगलाले शुक्रबार गोरखामा भारत सरकारको सहयोगमा निर्मित तीनओटा विद्यालय उद्घाटन गरे।

काष्ठमण्डप पुनर्निर्माण ७५ प्रतिशतः वैशाख १२ मा उद्घाटन

परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनर्निर्माणको काम उत्साहजनक रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्