७ आश्विन २०८१ सोमबार
image/svg+xml

कर्मचारीको विदेश भ्रमणमा थप कडाइ

सरकारले कर्मचारीको विदेश भ्रमणमा थप कडाइ गरेको छ। अनावश्यक तालिम, अध्ययन र अवलोकनका नाममा विदेश भ्रमणमा नजान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको निर्देशन अवज्ञा गर्दै कर्मचारीहरु विदेश जाने क्रम नरोकिएपछि सरकारले त्यसमा थप कडाइ गरेको हो।

कर्णाली प्रिमियर लिग : सेमीफाइनल समीकरण पूरा

रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत लिग चरणका सबै खेलहरु सम्पन्न भएका छन्। समूह ‘ए’ को बिजेताको रुपमा रुपन्देही–११ र उपविजेताको रुपमा त्रिभुवन आर्मी क्लव तथा समूह ‘बि’ बिजेताको रुपमा धनगढी क्रिकेट एकेडेमी र उपविजेताको रुपमा मध्यपश्चिम क्रिकेट क्लव सेमीफाइनल प्रवेश गरेका छन्।

स्कुटरलार्इ ठक्कर दिएर फरार टिपर चालक पक्राउ

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको पलासेमा बुधबार ठक्कर दिई भागेका टिपर चालक पक्राउ परेका छन्।

आँधीखोला सुली प्रकरण : १ करोड १७ लाख रुपैयाँ क्षति

आँधीखोला नदीमा एमोनियायुक्त बिषाक्त कुखुराको सुली मिसाउँदा करिब एक करोड रुपैया बराबरको क्षति भएको छानबिन समितिले प्रारम्भिक ठहर गरेको छ।

सुन्दा राम्रो, कार्यान्वयन कठिन: शंकर शर्मा

अर्थविद् डा. शंकर शर्माले सरकारको नीति तथा कार्यक्रम सुन्दा राम्रो भए पनि कार्यान्वयन गर्न कठिन रहेको बताएका छन् । नीति तथा कार्यक्रममार्फत् समृद्धिको लक्ष्य पेश गरे पनि कार्यान्वयनका आधारहरु नदेखाइएकाले कार्यान्वयन जटिल हुने बताएका हुन्।

कर्मचारीको क्षमतामाथि अध्ययन

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले संघीयतापछि मुलुकलाई कस्ता किसिमका कर्मचारी आवश्यक पर्छ भनेर अध्ययन थालेको छ।

दश महिनामा एकानब्बे करोड आम्दानी

भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०७४- ७५ को १० महिनाको अवधिमा रु ९१ करोड १५ लाख १९ हजार आम्दानी गरेको छ ।यस अवधिमा नगरपालिकाले रु ७८ करोड १२ लाख दुई हजार खर्च गरेको नगर प्रमुख सुनिल प्रजापतिले जानकारी दिए।

हावाहुरीले साढे ४ करोडको केरा खेती नोक्सान

कञ्चनपुरमा ३५ हेक्टर क्षेत्रफलमा लगाइएको ८९ हजार दुई सय ५० वटा बयस्क केराका बोट ढलेका छन् ।

कर्णाली प्रदेशकाे संसद् बैठक शुक्रबारदेखि

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन शुक्रबारबाट सुरु हुँदैछ । दोस्रो अधिवेशन अगावै संसद्मा सात वटा विधेयक दर्ता भएका छन् । संसद् सचिवालयले तीमध्ये दुईवटा विधेयक शुक्रबार बस्ने बैठकमा पेस गर्ने तयारी गरिरहेको छ । ‘कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफलपछि प्राथमिकतामा आधारमा विधेयक निर्धारण गछौं’ सभामुख राजबहादुर शाहीले भने, ‘त्यहाँबाट पारित भएकामध्ये दुई विधेयक छलफलका लागि संसद्मा टेबुल गर्ने तयारी गरेका छौं ।’ पहिलो अधिवेशनकै क्रममा संसद्मा यी विधेयक दर्ता भएका थिए । सातमध्ये कर्णाली प्रदेश आकस्मिक कोष विधेयक–२०७५ संसद्मा टेबुल भइसकेको छ।

कर्णाली प्रिमियर लिग : धनगढी, रुपन्देही र मध्यपश्चिम सेमीफाइनलमा

सुर्खेतमा जारी रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत धनगढी क्रिकेट एकेडेमी, मध्यपश्चिम क्रिकेट क्लव र रुपन्देही–११ ले सेमिफाइनलमा स्थान पक्का गरेका छन्। समूह ‘बि’ बाट चार वटै खेलमा विजयी धनगढी क्रिकेट एकेडेमी तथा चार खेलमा तीन खेल जीतेको मध्यपश्चिम क्रिकेट क्लबले सेमिफाइनलमा स्थान पक्का गरेका हुन्। यस्तै समूह ‘ए’ बाट शक्ति गौचनको रुपन्देही–११ सेमिफाइनलमा पुगेको छ।

मन्त्रीका स्वकीय सचिवद्वारा कर्मचारीमाथि हातपात प्रयास

कार्णाली प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री नन्दसिंह बुढाका स्वकीय सचिव डम्वर बुढासहितका व्यक्तिहरुले मन्त्रालयका सचिव विद्यानाथ झामाथि हातपात प्रयास गरेका छन्। बुधबार कार्यकक्षमै स्वकीय सचिव बुढा, जगत सिंह, हरिप्रसाद तिवारीलगायतले सचिवमाथि हातपात प्रयास गरेका हुन्। प्रहरीले तीनै जनालाई पक्राउ गरेर केही समयपछि छोडेको थियो।

सुरक्षाकर्मीको गोली लागि नौ जनाको मृत्यु, बीस घाइते

भारतको दक्षिणी राज्य तामिल नाडुमा तामा खानी बन्द गर्न भन्दै विगत तीन महिनादेखि जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि कम्तीमा नौ जनाको मृत्यु भएका र अन्य २० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

चाइनिज स्याउ भारत तस्करी

सिरहाबाट चाइनिज स्याउको तस्करी बढेको छ । सीमामा तायनाथ सशस्त्र प्रहरीसँग सेटिङमा स्याउ तस्करी हुने गरेको पाइएको छ ।

टेलिकमका ग्राहक करोडभन्दा बढी

नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता संख्या एक करोड नाघेको छ । कम्पनीले हालै सार्वजनिक गरेको २०७४ चैतको एमआइएस रिपोर्ट अनुसार डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन्।

ढाँट्ने र छल्ने कर्मचारीलाई दण्डित गरिने : मन्त्री पण्डित

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले इमान्दार, मिहेनती कर्मचारीलाई प्रोत्साहन गरि ढाँट्ने र छल्ने कर्मचारीलाई दण्डित गरिने बताएका छन्। उनले ढाँट्ने र सरकारले खटाएको क्षेत्रमा नजाने कर्मचारीलाई कुनैपनि हालतमा प्रोत्साहन र सुविधा नदिने दाबी गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्