११ मंसिर २०८१ मंगलबार
image/svg+xml

पूरै तलब कहिल्यै पाएनौं : पूर्व लडाकु

तुलसीपुरका शिवलाल केसी २०६० मा तत्कालीन माओवादी सेनामा प्रवेश गरे। माओवादी शान्ति प्रक्रियामा आएपछि पाँचौं डिभिजनअन्तर्गत रोल्पाको दहवनस्थित मुख्यालयमा रहेका उनका लागि राज्यले मासिक भत्ता तोकेको थियो पाँच हजार रुपैयाँ। तर, उक्त रकम पूरै केसीका हातमा कहिल्यै परेन।

इराकमा ७४ आइएस लडाकुको मृत्यु

उत्तरी इराकको किरकुक प्रान्तमा इराकी फौजले शुक्रबार गरेको कारबाहीमा ७४ आइएस लडाकु मारिएको दाबी गरेको छ । इराकी सुरक्षाकर्मीले सोमबार एक विज्ञप्ति जारी गरी यस्तो दाबी गरेको हो ।

फेरि सुस्तायो लडाकु शिविर भ्रष्टाचार प्रकरणको छानबिन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 'लडाकु शिविर भ्रष्टाचार प्रकरणमा' नेकपा माओवादी केन्द्रको नेतृत्वलाई अनुसन्धान दायरमा ल्याउन तोकेको ३० दिनको अवधि कुनै काम नगरी गुजारेको छ। सर्वोच्च अदालतले आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति विवाद सम्बन्धी मुद्दा पुनरवलोकन गर्ने आदेश गरेकै दिन भदौ ३१ गते साँझ  आयोगले पत्रकार सम्मेलन गरी यस्तो समयसीमा तोकेको थियो।

तालिवानी लडाकुकाे आक्रमणमा पाँच अफगानी सैनिकको मृत्यु

पछिल्लो २४ घण्टामा अफ्गानिस्तानमा पाँच सैनिक मारिएको रक्षा मन्त्रालयले जनाएको छ। तालिवानी लडाकु समूह र सरकार विरोधी लडाकुहरुले उनीहरुको हत्या गरेको सुरक्षा अधिकारीले बताएका छन्।

लडाकु भ्रष्टाचारमा ठूला नेता तानिँदै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘लडाकु भ्रष्टाचार’ प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित माओवादीका अन्य शीर्ष नेता तथा कार्यकतालाई बयानमा डाक्न पत्राचार तयारी गरेको छ । २०७० पुसमै लडाकु भ्रष्टाचार सम्बन्धी सक्कली फाइल मगाएर तामेलीमा राखेको अख्तियारले एक्कासि २०७३ भदौ ३१ गते पत्रकार सम्मेलन गर्दै यस प्रकरणको अनुसन्धान अघि बढाइएको जानकारी दिएको थियो ।

लडाकु शिविर घोटाला फाइल : थन्क्याउने र जगाउने कार्य पटक पटक

संविधानसभाको निर्वाचनपछि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको निर्वाचनमा नेपाली कांग्रेसलाई माओवादी केन्द्रले असहयोग गरेपछि पनि लडाकू भ्रष्टाचार मुद्दाको अनुसन्धान अघि बढेको चर्चा चलेको थियो। अख्तियारका जिम्मेवारी कर्मचारीले लडाकु मुद्दामा छिट्टै प्रमुख दलहरुमा जिम्मेवार नेताहरुलाई बयानमा बोलाइने बताएका थिए।

अख्तियार अचानक ‘लडाकु शिविर’ मा

शिविरमा रहेका लडाकुको भरणपोषण र सरकारले उपलब्ध गराएको रकममा अनियमितता भएको उजुरीका आधारमा अख्तियारले छानबिन अगाडि बढाइएको जनाएको छ । लडाकुको संख्या र निकासा रकमबीच तालमेल नमिलेको भन्दै अनुसन्धान अगाडि बढाइएको आयोगले जानकारी दियो ।

अख्तियारले लडाकु शिविरको घोटाला छानवीन थाल्यो, प्रधानमन्त्री दाहाल र उपराष्ट्रपति पुन समेत अनुसन्धान दायरामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकू शिविरमा भएको घोटालाको छानवीन अघि बढाएको छ। राति ७:१५ बजे पत्रकार सम्मेलन गरी अख्तियारले यस्तो निर्णय सार्वजनिक गरेको हो।

तरुण दल गोरखाको अध्यक्षमा पूर्व माओवादी लडाकु

गोरखा- नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दल गोरखाको अध्यक्षमा यमबहादुर थापा (अरुण) अत्याधिक मतले बिजयी भएका छन्।

‘इस्लामिक लडाकुविरुद्ध गोर्खा सैनिक'

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डोर्थीले इस्लामिक लडाकु समूह अब्बु सैयफविरुद्ध कारबाहीका लागि गोर्खा सैनिक ल्याउन प्रस्ताव गरेका छन्। मन्त्रिपरिषद्को सुरक्षा समूहको शनिबार राति भएको बैठकमा राष्ट्रपति डोर्थीले देशका 'किटाणु' समाप्त गर्न सरकारी सेनालाई सहयोग गर्ने गरी गोर्खा सैनिक ल्याउन प्रस्ताव गरेका हुन्।

कारागारमा पूर्वलडाकुको मृत्यु

माओवादी पूर्वलडाकु सञ्जय जर्घामगरको डिल्लीबजार कारागारमा मृत्यु भएको छ। ठगी आरोपमा पक्राउ परेका २५ वर्षीय मगरको आइतबार बिहान २ बजेतिर मृत्यु भएको हो। मकवानपुर, भैंसेका मगरलाई प्रहरीले गत साउन ९ गते गट्ठाघरस्थित प्रवीण आयल स्टोरमा मिटर बिगारेर ठगी गरेको आरोपमा पक्राउ गरेको थियो। मगरले उक्त आयल स्टोर ठेक्कामा लिई सञ्चालन गरेका थिए।

अयाेग्य लडाकुलार्इ दुर्इ लाख दिने व्यवस्था कार्यान्वयन नगर्न सर्वाेच्चकाे अादेश

सर्वोच्च अदालतले अघिल्लो सरकारले ल्याएको बजेट १९ नम्बर बुँदा तत्काल कार्यान्वयन नगर्न अादेश दिएकाे छ। न्यायाधीश गोपालप्रसाद पराजुलीको एकल इजलासले अयोग्य लडाकुलाई जनही दुई/दुई लाख दिने भनी बजेटको बुदाँ नम्वर १९ मा भएको बुदाँ अर्को सुनुवाई नभएसम्मका लागि कार्यान्वयन नर्गन भनेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्