११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

राजनीतिक शरण प्रतिबन्ध गर्ने ट्रम्पको निर्णयमा अदालतको अंकुश

दक्षिणी सीमाबाट अवैधानिक रूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीलाई राजनीतिक शरण नदिने भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको एउटा आदेशलाई देशको एकजना संघीय न्यायाधीशले रोकिदिएका छन्।

कोलम्बो प्रोसेसको सम्मेलन नेपालमा हुँदै

वैदेशिक रोजगारमा कामदार पठाउने एसियाली राष्ट्रहरुको साझा मञ्च कोलम्बो प्रोसेसको उच्चस्तरीय तथा मन्त्रीस्तरीय बैठक यही कार्तिक २९ र ३० गते काठमाडौंमा बस्ने भएको छ। सम्मेलन अन्तराष्ट्रिय आप्रवासन संगठनको समन्यमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गर्न लागेको हो।

प्रवासी नेपालीलाई इमेलमै प्रहरी रिपोर्ट

अस्ट्रेलियामा बस्दै आएकी अञ्जु पोखरेलले प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लिनका लागि प्रहरी प्रधान कार्यालयमा इमेलबाट आवेदन पठाइन्। फोटो र आवश्यक कागजात पनि इमेलमै अट्याच गरिन्।

गैरकानुनी आप्रवासी राेक्न अमेरिकाले ५ हजार बढी सैनिक परिचालन गर्दै

अमेरिकाले गैरकानुनी आप्रवासीहरुको प्रवेश रोक्न मेक्सिकोसँगको सिमामा ५ हजार बढी सेना परिचालन गर्न लागेको छ।

अस्ट्रेलियामा नयाँ आप्रवासीलाई ग्रामीण क्षेत्रमा पठाइने

अस्ट्रेलिया सरकारले प्रमुख शहरहरुमा मानिसको बढ्दो चापलाई ध्यानमा राखी आप्रवासीहरुलाई अस्थायी रुपमा क्षेत्रीय र ग्रामीण क्षेत्रहरुमा मात्र बस्न दिने नयाँ योजना घोषणा गरेको छ।

लिबियामा ६ लाख अवैध आप्रवासी

लिबियामा ६ लाख भन्दा बढी अवैध आप्रवासीहरु रहेको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) ले जनाएको छ।

लगानी र सीप लिएर फर्किन प्रवासी नेपालीलाई आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता एवं प्रदेश सांसद राजिव पहारीले नेपालमा लगानी गर्न प्रवासी नेपालीलाई आग्रह गरेका छन्। लगानी र सीप लिएर फर्किन आग्रह गर्दै उनले क्षमता, दक्षता तथा योग्यताको कदर गरिने प्रतिबद्धता समेत जनाए।

गैरकानुनी आप्रवासीको योजनाबद्ध घुसपैठ

भारतको बाटो हुँदै बर्माका अल्पसंख्यक रोहिन्जा र अन्य देशका गी आप्रवासी घुसपैठ गराउनह योजनाबद्ध रूपमा सक्रिय हुँदै आएको छ।

मालिकको अनुमति बिनै कामदारले कतार छोड्न पाउने (भिडियाे)

कतारमा कार्यरत आप्रवासी कामदारहरुले काम छोडेर आफ्नो देश फर्किन रोजगारदाताको अनुमति लिनु नपर्ने भएको छ। सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारमा मानव अधिकार हननका घटना बढेको तथा श्रमिकका पक्षमा सुनुवाई नभएको व्यापक गुनासो बढिरहँदा कतार सरकारले विद्यमान कानुनमा परिमार्जन गर्दै अब मुलुक छोड्ने अधिकार पूर्णरुपमा कामदारमा निहित गरिदिएको हो।

कम्प्यूटर शिक्षाका लागि कम्प्यूटर

रोजगारीका सिलसिलामा प्रवासमा कार्यरत अभिभावकले खोटाङको दूर्गम ठाउँका विद्यालयलाई कम्प्यूटर प्रदान गरेको छ।

जापानमा दुई नेपालीमाथी छुरा प्रहार

जापानमा दुई नेपाली विद्यार्थीमाथी छुरा प्रहार भएको छ। टोक्यो नजिक रहेको तोचीगि प्रिफेक्चर स्थित उचुनोमिया सहरमा नेपाली विद्यार्थीमाथी अन्धाधुन्ध छुरा प्रहार भएको हो। तीन महिना अघि भाषा विद्यार्थीका रुपमा जापान प्रवेश गरेका नेपाली युवाहरुमाथि भियतनामी युवाले छुरा प्रहार गरेको बताईएको छ।

कांग्रेसको प्रवासी संगठनमा विवाद, विश्व सञ्जाल गठन

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा इतर एक समूहले नेपाली कांग्रेस अन्तर्राष्ट्रिय समन्वयन समिति विश्व सञ्जाल गठन गरेको दावी गरेको छ। नवगठित समितिमा नेपाली कांग्रेसको १२ औं अधिवेशनको विदेशस्थित नेपाली जनसम्पर्क समितिको निर्वाचनमा पराजितहरुको बाहुल्यता छ।

मलेसियासँग श्रम सम्झौता गर्न आप्रवासन सञ्जालको माग

दुई महिनादेखि रोकिएको मलेसिया रोजगारी खोल्नुअघि नेपाल र मलेसियाबीच श्रम सम्झौता गर्नुपर्ने माग गरिएको छ।

प्रवासी नेपालीद्वारा पर्वतका दुई जनालाई आर्थिक सहयोग

प्रवासी नेपालीले पर्वतका दुई जनालाई आर्थिक सहयोग उपलब्ध गराएका छन्। सो रकम मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको पहलमा संकलन गरिएको थियो।

प्रवासीको अधिकार सुनिश्चित गर्ने ऐनको मस्यौदा तयारः लामिछाने

प्रवासमा रहेका नेपालीको अधिकार सुरक्षित गर्ने ऐनको मस्यौदा तयार भएको छ। नयाँ संविधानमा उल्लेखित राजनीतिक अधिकारबाहेक अरु अधिकारसहित दोहोरो नागरिकता दिने विषयलाई कार्यन्वयनका लागि सरकारले ऐन निर्माण सकेर सरोकारवाला गैरआवासिय नेपाली संघलाई थप सुझावका लागि पठाइएको गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक एवं पूर्व अध्यक्ष जीवा लामीछानेले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्