९ मंसिर २०८१ आइतबार
image/svg+xml

खुट्टी खोला अवैध दोहनमा संलग्न रहेका चिनियाँ नागरिक पक्राउ

डिभिजन वन कार्यालय लहानले चाइना रेल्वे कम्पनी ग्रुप २ का साइट इन्चार्ज चिनियाँ नागरिक हु स्या छ्याङलाई पक्राउ गरेको छ।

खुट्टी खोला सेटिङः आइईई बिना नगरपालिकाले कसरी गर्‍यो नदी उत्खननकाे सम्झौता

लहान नगरपालिकाले प्रारम्भिक वातावरण परीक्षण (आइईई) बिना चाईना रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपसँग खुट्टी खोला उत्खननको सम्झौता गरेको खुलेको छ ।

पत्रकारलाई आचारसंहिता लाग्दैन !

‘पत्रकार चौथौ अंग हो हामी मान्छौं, तर सूचना लिने पनि तरिका हुन्छ,’ टेलिभिजन पत्रकारले ‘प्यासेज’मै माइक तेर्साएपछि ति कर्मचारी भन्छन्, ‘पत्रकारको पनि त ‘नैतिकता’ हुन्छ होला नि !’

कुर्था बथना-बिजलपुरा रेल्वे लाइन उद्घाटन

कुर्था बथना-बिजलपुरा रेल्वे लाइन उद्घाटन भएकाे छ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

जयनगर–कुर्था रेल मार्गमा चार दिन सेवा बन्द हुने

मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई दृष्टिगत गरी मङ्सिर १ गते बिहीबारदेखि मङ्सिर ४ गते आइतबारसम्म रेल सेवा बन्द रहने नेपाल रेल्वे कम्पनि लिमिटेडले जनाएको छ।

चार महिनाभित्रै रेलमार्गको सर्भे रिपोर्ट आउने

भारतीय कम्पनी कोंकण रेल्वे कर्पाेरेसनले रक्सौल–काठमाडौं रेलमार्गको ‘फाइनल लोकेसन सर्भे ’को काम आगामी चार महिनाभित्रै तयार पार्ने भएको छ।

सरकारले रेल्वे कम्पनीलाई सहयोग नगरेको महाप्रबन्धक झाको गुनासो

उनले मन्त्रिपरिषद्ले भारतीय केआरसिएल कम्पनीसँगको सम्झौतामा लाग्ने रकम अर्थ मन्त्रालयले दिने निर्णय गरेपनि सम्झौता बामोजिमको रकम नदिएको गुनासो गरेका हुन्।

हरेक भ्रमणमा सम्भाव्यता अध्ययन सम्झौता

पूर्वाधारविद् सूर्यराज आचार्य चीनसँग नेपालको सबै स्वार्थ नमिले पनि अन्तरदेशीय रेल्वे परियोजना नेपालका लागि ‘गेम चेन्जर’ परियोजना भएकाले यसलाई यथाशक्य अघि बढाउनुपर्ने बताउँछन्।

रेल्वे विधेयक, २०७९ राष्ट्रियसभामा पेश

राष्ट्रियसभाको आजको बैठकमा ‘रेल्वे विधेयक, २०७९’ पेश भएको छ। भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक, २०७९ पेश गरेकी हुन्।

सरकारले चाहे तत्काल रेल चलाउन सकिन्छ: निरञ्जन झा

जयनगर कुर्था रेल्वे सेवा सरकारले चाहे तत्काल सञ्चालन गर्ने सक्ने नेपाल रेल्वे कम्पनीले बताएको छ।

फागुनदेखि रेलको प्राविधिक परीक्षण

सरकारले १६ महिनाअघि जयनगर–कुर्था ३४.९ किलोमिटर खण्डमा रेल चलाउने भन्दै भारतबाट दुई थान रेल भित्र्याएको थियो। सरकारले आवश्यक तयारीबिनै ८४ करोड रूपैयाँ खर्चेर दुई ती रेल जनकपुर ल्याएको थियो।

चाइना रेल्वे कम्पनीको मनोमानीः चुरे फेदीका खोलामा अनियन्त्रित दोहन

चाइना रेल्वे कम्पनीले खुट्टी खोलामा मात्र अनियन्त्रित दोहन मच्चाइरहेको छैन। धनुषा र सिरहाको साझा कमलानदी र सिरहाकै गागन नदीमा पनि खुट्टीखोलामा जस्तै दोहन गरिरहेको पाइएको छ। विकासको नाममा भइरहेको सीमाविहीन दोहनले विनाश निम्तिने लहान नगरपालिका–१५ ढोडना गाउँका स्थानीय टीकाबहादुर राउत बताउँछन्।

रेल विस्तारले गति लिने विश्वास बढ्दै

लामो समयदेखि अन्योलमै रहेको जयनगर–जनकपुर–बर्दिवास रेल्वे विस्तारको तेस्रो खण्डको काम अघि बढ्ने विश्वास बढ्दै गएको छ। पछिल्लोपटक सरकारले निर्धारण गरेको जग्गा मुआब्जा बुझ्ने मनस्थितिमा जग्गाधनी पुग्दै गएपछि अब रेल लिक निर्माणको काम अघि बढ्ने विश्वास बढेको हो।

अध्यादेशमार्फत रेल्वे कानून ल्याएर रेल चलाउँछौंं: मन्त्री यादव

०७७ असोजमा धुमधामले स्वागत गरेर भित्र्याइएको रेल सेटमाथीको घुम्टो छिट्टै उर्घिने भौतिक पूर्वाधार तथा यतायातमन्त्री रेणु यादवले बताएकी छिन्।

अझै किन खोलिएन रेलको घुम्टो

१४ महिनाअघि ८४ करोड रुपैयाँ खर्च गरेर नेपाल भित्र्याइएका दुईवटा रेल चलाउन न अझसम्म कर्मचारीको व्यवस्था भएको छ न कानुन बनेको छ, न आवश्यक बजेट नै निकासा भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्