अलैंची सुकाउँदा घर जल्यो
अलैंची सुकाउन बालेको आगोले खोटाङमा घर जलेको छ । अलैंची सुकाउने क्रममा अलैंची भट्टीबाट सल्किएको आगोले खोटेहाङ गाउँपालिका–६, इन्द्रेणीपोखरी हिलेखर्कका रत्नबहादुर खत्रीको घर जलेको हो।
अलैंची सुकाउन बालेको आगोले खोटाङमा घर जलेको छ । अलैंची सुकाउने क्रममा अलैंची भट्टीबाट सल्किएको आगोले खोटेहाङ गाउँपालिका–६, इन्द्रेणीपोखरी हिलेखर्कका रत्नबहादुर खत्रीको घर जलेको हो।
पहाडको ‘कालो सुन’ भनेर परिचय बनाएको नगदेबाली अलैंचीको नयाँ उत्पादन सुरु भएको छ।
सबै बाली मासेर आँगनको डिलसम्म लगाएको अलैंची सखाप भएपछि निराश बनेका किसानलाई आधा दशकयता त्यही अलैंचीले आस जगाइरहेको छ । नयाँ जातको अलैंची खेती गरेर किसानले बर्सेनि उत्पादन र आम्दानी बढाइरहेका छन्।
मूल्यमा गिरावट आएको भन्दै संखुवासभाका अलैंची कृषकहरुले गुनासो गरिरहेका बेला चैनपुर नगरपालिका २ मैयुमका सन्जय शेर्पा भने अलैंची खेतितर्फ आकर्षित भएका छन्।
विराटनगर नाकाबाट आर्थिक वर्ष ०७४–७५ मा करिब ५ अर्ब मूल्य बराबरको अलैंची निर्यात भएको छ। विराटनगर भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष ०७४–७५ मा विराटनगर नाकाबाट निर्यात भएका बस्तुमध्ये सबैभन्दा धेरै ४ अर्ब ७५ करोड रुपैयाँको अलैंची निर्यात भएको हो।
नेकपाका संसद योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका समयमा नेपालको व्यापार घाटामा सन्तुलन कायम गर्न नेपाली अलैंची महत्वपूर्ण माध्यम हुने भएकाले त्यसको निकासीबारे छलफल गर्न सुझाव दिएका छन्।
पर्यटकीय सिजनमा सोलुखुम्बुको लुक्ला गएर पर्यटकको भारी बोकेर कमाएको पैसाले आफ्नो बालबच्चा पढाउने र नुन तेलको जोहो गर्दै जेनतेन परिवारको गुजारा चलाउने कुमार कुलुङको दिनचर्या नै अचेल फेरिएको छ।
लमजुङका अलैँची कृषकले विद्युतीय अलैँची भट्टी पाएका छन्। अलैँची व्यवसायी महासंघको पहलमा अत्याधुनिक प्रविधिसहितको पाँचवटा विद्युतीय अलैँची भट्टी ल्याइएको हो।
मूल्यमा आएको उतारचढावले ताप्लेजुङका अलैंची किसान तथा व्यवसायीलाई परेको मारको केहिहद सम्मको मलहम पट्टी उत्पादनमा भएको वृद्धिले गरिदिएको छ।
नेपालमा वार्षिक साढे चार अर्ब रुपैयाँ भित्र्याइरहेको नगदेबाली अलैंचीसम्बन्धी बेग्लै नीति बन्न नसक्दा किसान र व्यवसायीले झन्झट बेहोर्नुपरिरहेको छ । अन्तर्राष्ट्रिय ब्रान्ड कार्यान्वयन र तेस्रो मुलुक निर्यातसम्बन्धी सम्झौता अभावले अलैंची उत्पादनदेखि बिक्रीसम्मै समस्या झेल्नुपरिरहेको किसान र व्यवसायी बताउँछन् ।
हिमाली जिल्ला ताप्लेजुङमा अलैंची पछि उच्च आम्दानी दिनेमा अर्को नगदेवाली आलु थपिएको छ। बर्षेनी तीन अर्ब बराबरको आलु उत्पादन भइरहेको पाइएपछि अलैंची पछि आलुले आम्दानीको मोटो हिस्सा ओगटेको देखाएको छ।
लमजुङमा अघिल्लो वर्षको तुलनामा अलैंँची उत्पादन घटेको छ। मूल्य घटेर निराश भएका किसान उत्पादन पनि घटेपछि झनै चिन्तित बनेका छन्। अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशतले अलैँची उत्पादन घटेको अलैँची व्यवसायी महासंघ लमजुङले जनाएको छ। गत वर्ष ८२१ क्विन्टल अलैँची उत्पादन भएकोमा यसवर्ष ६०० क्वीन्टल अलैँची उत्पादन हुने अनुमान गरिएको महासंघका अध्यक्ष अजय तामाङले बताए।
म्याङलुङ्गका अलैँची व्यापारी तुलसी ढकालले पाँच मन अलैँची प्रतिमन (४० किलो) रु २५ हजारको दरले खरिद गरे। अलैँची व्यवसायी सङ्घ तेह्रथुमका महासचिवसमेत रएका ढकालले मूल्यमा भारी गिरावट आएपछि १० वर्षयताकै सस्तो मूल्यमा अलैँची खरिद गरेका हुन्।
अलैंचीको मूल्यमा भारी गिरावट आएपछि किसान र व्यापारी चिन्तित बनेका छन् । प्रतिमन (४० केजी) अलैंचीको मूल्य एक लाख १० हजारबाट घटेर ३० हजार रुपैयाँमा झरेको छ। छथर जोरपाटी–५ परेवादिनका किसान बमबहादुर लिम्बुले अलैंचीको मूल्य कम भएका कारण कामदारको ज्यालासमेत उठाउन मुस्किल परेको बताए । १२ रोपनी क्षेत्रफलमा लगाएको अलैंची खेतीबाट वार्षिक दुई मन (८० केजी) सम्म अलैंची बेचेर दुई लाखसम्म कमाए।
लमजुङका व्यावसायिक अलैँची कृषकले अलैँची सुकाउने आधुनिक भट्टी पाएका छन्। अलैँची व्यवसायी महासङ्घ लमजुङले जिल्लामा रहेका व्यावसायिक अलैँची कृषक समूहलाई २० वटा अलँैची सुकाउने भट्टी उपलब्ध गराएको हो।