९ मंसिर २०८१ आइतबार
image/svg+xml

नेपाली अलैंची उत्कृष्टः विज्ञ

छिमेकी भारतले विभिन्न खोट देखाउँदै आयात नै रोकेको नेपाली अदुवा र अलैंचीलाई विदेशी अनुसन्धाताले भने ‘उत्कृष्ट’ भन्दै प्रशंसा गरेका छन् । नेपालका निर्यातजन्य प्रमुख दुई कृषि उत्पादन अदुवा र अलैंची गुणस्तरीय रहेकै कारण विभिन्न पाँच मुलुकका अनुसन्धाताले लामो समय लगाएर अध्ययन समेत गरेका छन् ।

प्रधानमन्त्री कृषि कार्यक्रममा अलैंची र अदुवा

कृषिलाई आधुनिकरण तथा आत्मानिर्भर बनाउने भन्दै अघि सारिएको ‘प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना’मा जिल्लामा अलैंची र अदुवा खेतीलाई अघि बढाउने भइएको छ।

मूल्य घट्दा भण्डारणमै थन्किए अलैंची

अलैंचीको मूल्यमा आएको गिरावटले खोटाङका किसान चिन्तित बनेका छन्। विगतका वर्षमा अलैंचीबाट राम्रो आम्दानी गर्दै आएका किसान यसपल्ट अलैंचीको भाउ दोब्बर घट्दा चिन्तित बनेका हुन्।

भारू हजार र पाँच सय प्रतिबन्धले अलैंची कारोबार ठप्प

भारतीय एक हजार र पाँच सय रुपैयाँ प्रयोगमा लागेको असर नेपाली अलैंची बजारमा परेको छ। भारुमा रोक लागेसँगै बुधबार नेपाली बजारमा अलैंचीको कारोवार हुन नसकेको व्यवासयिहरुले बताएका छन् ।

रहेनन् 'अलैंचीका पिता'

खोरिया फाँडेर व्यावसायिक रूपमा अलैंची, फलफूल, चिया, तरकारी खेती र माछापालन गरेको निहुँमा राणा शासनकालमा राजकाज मुद्दा खेपेका खोटाङका पर्खनबहादुर राईको शनिबार निधन भएको छ।

जसले अलैंची रोप्दा राजकाज मुद्दा खेप्नुपर्‍यो

खोटाङ – ‘अलैंचीका पिता’कारुपमा सम्मानित खोटाङको बाँझेच्यानडाँडा–९ मबु, डाँडाखर्कका किसान पर्खनबहादुर राईको निधन भएको छ। परम्परागत कृषि प्रणालीलाई परिमार्जन गर्दै जिल्लामा आधुनिक र व्यवसायीक कृषि खेतीको सुरुवातमा योगदान पुर्‍याएका राईको ९१ वर्षको उमेरमा निधन भएको हो।

'आयातित' अलैंचीले बिक्रीमै धक्का

आफ्नै लोगो (ट्रेडमार्क) मा पहिचान भएर विदेश निर्यात हुने बेला गुणस्तरहीन 'आयातित' अलैंची मिसावट देखिएपछि नेपाली अलैंचीको निर्यातमा गम्भीर असर पुग्ने देखिएको छ। बर्सेनि अबर्ौं रुपैयाँ बराबर विदेश निर्यात भइरहेको गुणस्तरीय अलैंचीमा अन्य देशको अलैंची मिसाएपछि व्यवसायी र किसान चिन्तित छन्।

गुणस्तरहीन ‘आयातित’ अलैंचीले बिक्रीमै धक्का

इलाम– आफ्नै लोगो (ट्रेडमार्क) मा पहिचान भएर विदेश निर्यात हुने बेला गुणस्तरहीन ‘आयातित’ अलैंची मिसावट देखिएपछि नेपाली अलैंचीको निर्यातमा गम्भीर असर पुग्ने देखिएको छ । बर्सेनि अर्बौं रुपैयाँ बराबर विदेश निर्यात भइरहेको गुणस्तरीय अलैंचीमा अन्य देशको अलैंची मिसाएपछि व्यवसायी र किसान चिन्तित छन् ।

पहिरोले २ लाख रुपैयाँबराबरको अलैंची पुरियो

भोजपुर– शनिबार रातीको भीषण वर्षले भोजपुरको पश्चिमी तिम्मा पेक्लुमा पहिरो जाँदा अलैंची खेती पुरिएको छ। पहिरोले स्थानीय तिम्मा ५ का सन्जिव राई, प्रमोद राई, रामकुमार राई र शिवध्वज राईको अलैंची खेती पुरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्