साम्राज्य र उपनिवेश बिस्तारको क्रम दोस्रो विश्वयुद्धपछि रोकियो तर बलिया देशमा शक्तिको उन्माद नियन्त्रित भएन। अनि नवसाम्राज्यवाद र नवउपनिवेशवादको महामारी सुरु भयो। शक्तिशाली देशले सामरिक महŒव राख्ने साना देशलाई आफ्नो सुरक्षा छाताको बन्धनमा बाँधेर नवउपनिवेशवाद फैलाउन थाले। बिस्तारै शीतयुध्दसँगै दुई ध्रुवीय विश्व व्यवस्था अन्त भयो। बहुध्रुवीय विश्व व्यवस्था निर्माणको क्रम सुरु भयो। अहिले एक्काइसौँ शताब्दीको दोस्रो दशक अन्त हुन थाल्दा पनि यो क्रमले आकार लिइसकेको छैन। सामान्यतया विश्व समुदायकै लागि विशेष महŒवको यो संक्रमणकाल नेपाल जस्तो विश्वका दुई ठूला बजार र उदाउँदा महाशक्तिहरूको एक्लो छिमेकीका लागि आर्थिक उन्नति र क्षेत्रीय हैसियत हासिल गर्ने अपूर्व अवसर बन्न सक्छ। तर अवसर चिन्ने क्षमता र उपयोग गर्ने सिप भएन र कूटनीति सञ्चालनमा चुक भयो भने इतिहासकै लागि अनिष्टकारी हुने जोखिम पनि छ।