४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

११ लाख क्षतिपूर्ति तिरेर छुटे गिरी

प्रतिलिपी अधिकार हनन गरेको आरोपमा मंगलबार प्रहरी नियन्त्रणमा रहेका निर्माता सुवास गिरी ११ लाख क्षतिपूर्ति तिरेर प्रहरी हिरासतबाट छुटेका छन्।

‘सडक विस्तारमा स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्छ’

रत्नपार्क, कारखाना चोक आदेश्वर हुँदै इचंगुनारायणसम्म माइक्रोबस सेवा पहिलोपटक सञ्चालन गरेका छौँ । चिसापानी, इचंगुनारायण, सत्तल चौर, धोलुंगे, चौतारा पुल, हल्चोक, रातोमाटे, वडा कार्यालयवरिपरि र पाँचधारालगायत टोलमा स्थानीयवासी, संघसंस्था र विद्यालयको सहयोगमा सरसफाइ एवंजनचेतनामूलक कार्यक्रम सम्पन्न गर्‍यौँ । स्वयम्भू वनस्थलीसम्मको चक्रपथ सरसफाइ कार्यक्रममा हामीले वडाको तर्फबाट प्रतिनिधित्व गरेका थियौँ ।

आयल निगमले सरकारसँग एक अर्ब क्षतिपूर्ति माग्यो

सरकारले स्वचालित मूल्य प्रणालीमा हस्तक्षेप गरेर मूल्य समायोजन गर्न रोकेको भन्दै नेपाल आयल निगमले एक अर्ब रुपैयाँ क्षतिपूर्ति मागेको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य अनुसार भाउ बढाए पनि सरकारको निर्देशनपछि घटाउनुपर्दा निगमले घाटा बेहोर्नु परेको भन्दै सोको सोधभर्ना मागेको हो ।

निजीमा पढाए सरकारलाई क्षतिपूर्ति

अभिभावकले आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाएमा सरकारालाई क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था गर्न विज्ञहरूले सरकारलाई सुझाव दिएका छन् ।

अन्तरिम क्षतिपूर्ति : अकल्पनीय बेथिति !

पीडितकेन्द्रित अनुसन्धान गरिएमा धेरैजसो अपराधका पीडितहरू निरक्षर, विपन्न र प्रायः ग्रामीणमुखी भेटिनेछन् । पीडितको अभिलेखीकरण गर्ने कानुनी व्यवस्था नभएसम्म यसरी पीडितलाई पुनःपीडित बनाइने ‘पुनःर्मुसिकोभवः’को अवस्था रहिरहनेछ ।

अस्पताल र चिकित्सकविरुद्ध ११ करोड क्षतिपूर्तिको माग

चिकित्सकको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै पीडित परिवारले नर्भिक अस्पताल तथा चार चिकित्सकविरुद्ध क्षतिपूर्ति मुद्दा दायर गरेको छ । गत भदौ १३ मा काठमाडौं मैतीदेवीकी १६ महिने बालिका भिक्टोरिया आचार्यको उपचारका क्रममा मृत्यु भएको थियो ।

हाडनाताकरणीमा १० वर्ष कैद, राज्यद्वारा क्षतिपूर्ति

भक्तपुर जिल्ला अदालतले हाडनाताकरणीको एक मुद्दामा १० वर्ष कैद सजायसहित राज्यबाट क्षतिपूर्ति दिलाउने फैसला गरेको छ । जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले गत जेठ २८ मा सो फैसला गरेको हो । फैसला भएको दुईमहिनापछि आएको पूर्णपाठमा हाडनाताकरणी मुद्दामा पीडित बालिकालाई तत्काल पुनःस्थापनाका लागि राज्यबाट रकम दिलाउने आदेश भएको हो ।

पीडित परिवारद्वारा क्षतिपूर्ति नपाएको गुनासो

गत साउन २१ गते एउटै खाल्टोमा चार बालिका डुबेर मृत्यु भएको घरपरिवारका आश्रितले अहिलेसम्म राहत पाउन नसकेको गुनासो गरेका छन्। एक महिना बित्दा पनि सरकारले कुनै राहत उपलब्ध नगराउँदा पीडितहरु सरकारसित रुष्ट बनेका छन्।

'कानुनभन्दा बढी क्षतिपूर्ति माग'

यस विषयमा जिल्ला अदालतमा मुद्दा परेको छ । न्यायिक निकायबाट समय, क्रम र अदालती प्रक्रियाबाट यसको निरुपण भइहाल्छ । के भयो भने गालीबेइज्जती हुन्छ, के हुँदा हुँदैन भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता छन् ।

विवादबीच थ्री स्टारलाई क्षतिपूर्ति दिने निर्णय

अखिल नेपाल फुटबल संघ (एन्फा)को बुधबार बसेको बैठकले विवादका बीच थ्री स्टार क्लबलाई १ करोड ५० लाख रकम क्षतिपूर्तिस्वरूप दिने लगायतका अन्य महत्वपूर्ण निर्णय गरेको छ। बैठकले मंसिर १४ देखि ए डिभिजन लिग फुटबल प्रतियोगिता गर्ने निर्णयसमेत गरेको छ।

मृतक चार बालिकाका परिवारलाई क्षतिपूर्ति माग

गत शनिबार रौतहटको गरूडा नगरपालिकामा सडक छेउमा खनेर छाडिएको खाल्डोमा डुबेर ४ बालिकाको मृत्य भएको विषयमा मधेसी पत्रकार समाज, समृद्ध मधेस नागरिक अभियान, नेपाल तराई विद्यार्थी संघलगायत संघसंस्थाले बुधबार गृहमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र बुझाएका छन्।

क्षतिपूर्तिको माग गर्दै किसानद्वारा प्रदर्शन

श्री राम सुगर मिल्स, बाबा डिस्टिलरी विर्ता, ज्योति डिस्टिलरी पिपरापोखरिया र एभरेस्ट डिस्टिलरी गंगापिपराले वर्षाको मौका पारी छाडेको विषाक्त पानीले हजारौं बिघा खेती नोक्सान भएपछि रौतहटको विभिन्न गाउँका किसानले क्षतिपूर्तिको माग गर्दै मंगलबार सदरमुकाम गौरमा प्रदर्शन गरेका छन्।

विवाद 'थ्री स्टारलाई क्षतिपूर्ति' मै

थ्री स्टार क्लबको विषयमा सहमति नजुटेपछि अनिश्चित कालका लागि कार्यसमितिको बैठक स्थगित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वले साउन ३२ गतेका लागि नयाँ बैठक बोलाएको छ।

क्षतिपूर्ति विवाद अझै मिलेन

थ्री स्टार क्लबलाई एएफसी एसिया कपको दोस्रो चरण खेल्न नपाएबापत क्षतिपूर्ति दिने विषय मिलाउन नसकेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक अन्तिम सयममा अनिश्चित कालका लागि स्थगित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्