coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

विशेष केएफसी रेष्टुरेन्ट सञ्चालन

सेप्टेम्बर २३ मा मनाइने अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको अवसरमा देवयानी इन्टरनेसनल नेपालले श्रवण-शक्ति नभएका महिला कार्यकर्ताद्वारा सञ्चालित नेपालको पहिलो विशेष केएफसी रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ।

निजामती कर्मचारीद्धावारा सिंहदरबारमा सांकेतिक धर्ना

निजामती कर्मचारीहरूले सिंहदरबारमा सांकेतिक धर्ना दिएका छन् ।बिहीबार संघीय निजामती कर्मचारी सेवा ऐनको माग गर्दै निजामती कर्मचारीहरूले सिंहदरबारको दक्षिण गेटमा सांकेतिक धर्ना दिएका हुन् ।

चौरजहारी घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन

जाजरकोटका नवराज बिक सहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै खोटाङमा सांकेतिक हतियार प्रदर्शन गरिएको छ । आफ्नो प्रेमीका लिन पश्चिमरुकुम पुगेका नवराज सहित उनका साथीहरुको हत्यामा संलग्न दोषीमाथि कारबाहीको सुनिश्चितताका लागि दवाव सिर्जना गर्न गठित संघर्ष समितिले शुक्रबार दिक्तेलमा एकोहोरो पञ्चेवाजा बजाउँदै सांकेतिकरुपमा काटुनबाट बनाइएका घरेलु हतियार प्रदर्शन गरेका हुन् ।

सांकेतिक भाषा अनुवादक नियुक्त गर्न सर्वाेच्चको आदेश

सर्वोच्च अदालतले फरक शारीरिक क्षमता व्यक्तिसँग सम्बन्धित एउटा मुद्दामा सांकेतिक भाषा अनुवादक नियुक्त गरी मुद्दाको प्रक्रिया अघि बढाउन काभ्रेपलाञ्चोक जिल्ला अदालतलाई आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले जिल्ला अदालत काभ्रेपलाञ्चोकको नाममा उक्त आदेश दिएको हो।

सांकेतिक भाषा सिकाउँदै ‘खैलाबैला’

अध्याँरो मञ्चको मध्य भागमा प्रकाशको उज्यालोसँग ९÷१० वर्षकी जुनेली खेलौनासँग खेल्न तलिन छिन्। उनकी आमाले पटक–पटक उनलाई बोलाउँछिन्। तर, खेल्न तलिन जुनेली –विनिता थापा) ले कुनै प्रतिक्रिया नदिइकन एक सुरमा खेलिरहन्छिन्। छोरी जुनेली सुस्तश्रवण भएको संकेत पाएर आमा भावविह्वल हुन्छिन्। यो दृश्य राजधानीको जमलस्थित नाचघरमा मञ्चन भएको नाटक ‘खैलाबैला’को हो।

सावधान! यी हुन् पाकेटमारका कोड

पाकेटमारहरुले २/२ जनाको समूह बनाइ विभिन्न बस स्टेसनबाट बसमा चढ्ने र पैसा भएको यात्रु पहिल्याइ घेराबन्दी र ठेलमठेलको अवस्था सिर्जना गरेर यात्रुबाट पर्स, मोवाइल, सुनचाँदी चोरी गर्ने गरेको प्रहरीको भनाइ छ।

सांकेतिक भाषामा युवा आकर्षण

काठमाडौं बानेश्वरमा बस्ने साजना सापकोटा नक्सालको काठमाडौं बहिरा संघमा बिहान बिहान सांकेतिक भाषा सिक्न आउँछिन्। उनी जस्तै वीस जनाले संघमा सांकेतिक भाषा सिकिरहेका छन्। फुर्सदको समय सदुपयोग गरौं भन्ने सोचले एकथरी मानिस सांकेतिक भाषा सिक्न आउँछन् भने आफ्नो घर परिवारमा भएका बहिरा सदस्यसँग कुराकानी सहज होस् भन्ने सोचले भाषा सिक्न आउनेहरु पनि छन्।

अब मोबाइलमै सांकेतिक भाषा शब्दकोश

झन्डै पचास वर्षअघि वीर अस्पताल हातामा बिरामी बहिरालाई उपचार गर्न सजिलो होस् भनेर सांकेतिक भाषा सिकाउन थालियो। सांकेतिक भाषामार्फत सिकाइको सुरुवात बिन्दु थियो, त्यो प्रयाश। त्यो बेला सांकेतिक भाषाको आधार पनि थिएन न त अभ्यास नै । समय क्रममा बहिरा विद्यालय खुले। शब्दकोश पनि बने। औपचारिक अध्यापनको थालिएको पचास वर्षमा सांकेतिक भाषा ‘स्मार्ट’ बन्ने मार्गतर्फ लम्केको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्