coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चौरजहारी घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन

जाजरकोटका नवराज बिक सहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै दिक्तेलमा निकालिएको जुलुस । तस्बिर : दमन राई / नागरिक ।

जाजरकोटका नवराज बिक सहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै खोटाङमा सांकेतिक हतियार प्रदर्शन गरिएको छ । आफ्नो प्रेमीका लिन पश्चिमरुकुम पुगेका नवराज सहित उनका साथीहरुको हत्यामा संलग्न दोषीमाथि कारबाहीको सुनिश्चितताका लागि दवाव सिर्जना गर्न गठित संघर्ष समितिले शुक्रबार दिक्तेलमा एकोहोरो पञ्चेवाजा बजाउँदै सांकेतिकरुपमा काटुनबाट बनाइएका घरेलु हतियार प्रदर्शन गरेका हुन् । 

जिल्लाका दलित संघसंगठन तथा जनजाती महासंघ सम्वद्ध व्यक्ती सम्मिलित संघर्ष समितिले पुर्वघोषित कार्यक्रम अनुसार दिक्तेलबजारमा एकोहोरो पञ्चेवाजाको धुनमा सांकेतिकरुपमा घरेलु हतियार प्रदर्शन गर्दै नाराजुलुस लगाएका छन् ।  

सांकेतिक हतियारका साथमा निकालिएको नारा जुलुसले हाटडाँडा, बैंकचोक, त्रिबेणीचोक, बेसक्याम्प, संगमपार्क र रत्नपार्कमा कोणसभा गरेको छ । कोणसभालाई सम्बोधन गर्दै संघर्ष समितिका संयोजक दिपक ठटाल, रमेश परियार, मिलन चाहान, पर्शुराम बिक, राम हिङमाङ, बिरेन्द्र दर्नाल, भीम बिश्वकर्मा, कोपिला परियार, टुंगबहादुर कालिकोटे, निरकुमार रसाईली र दिपक रहपालले हत्यामा संलग्न दोषीलाई कुनै पनि वाहनामा उन्मुक्ती नदिनका लागि सरकारलाई चेतावनी दिएका छन् ।  

संघर्ष समितिले रुकुम घट्नाको विषयमा स्वतन्त्र र निष्पक्ष छानबीन गरी दोषीलाई कडाभन्दा कडा कारबाहीका लागि दवाव सिर्जना गर्न संघर्षका कार्यक्रम गर्दैआएको छ । वर्तमान सरकार तथा सरकारका जिम्मेवार व्यक्तीले पश्चिमरुकुम घट्नालाई गम्भीरतापुर्वक नलिँदा नवराज सहितका युवाको अवस्था निर्मला पन्तकोजस्तै सेलाएर जाने आशंका जन्माएको संघर्ष समितिले जनाएको छ । संघर्ष समितिले यसअघि जिल्लाका १० वटै स्थानीय तह र सरकारलाई ज्ञापनपत्र बुझाउने, कालोपट्टी बाँधेर प्रशासन अगाडि धर्ना दिने, राँके जुलुस प्रदर्शन लगायतका संघर्षका कार्यक्रम गरेको थियो ।  

प्रकाशित: ३० जेष्ठ २०७७ १०:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App