९ आश्विन २०८१ बुधबार
image/svg+xml

गौरवका सडक आयोजनाको प्रगति निराशाजनक

सरकारले चालु आर्थिक वर्षमा गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी आयोजनाको लागि १ अर्ब ६२ करोड रूपैयाँ विनियोजन गरेको थियो। गत साउनदेखि पुससम्मको ६ महिनामा ५० प्रतिशत अर्थात ८२ करोड रूपैयाँ मात्रै खर्च भएको छ।

चिलिमे–त्रिशूली ३बी हब प्रसारण लाइनको ६०% काम सकियो

प्रसारण लाइनमा पर्ने ७९ वटा टावरमध्ये २७ वटाको जग हालिएको छ भने १७ वटाको आंशिक जग हाल्ने काम सकिएको छ। ६ वटा टावर खडा गरिएको छ। आयोजनाले चिलिमेबाट मैलुङसम्म १९ किलोमिटर डबल सर्किट र मैलुङबाट त्रिशूली ३बी हबसम्म आठ किलोमिटर चार सर्किट निर्माण गर्नेछ।

भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गरिने

जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाले भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गर्ने भएको छ।

त्रिशूली १ जलविद्युत् आयोजनाको निर्माण सुरु

ठेकेदार कम्पनीले आयोजनाको २०८३ को मंसिरभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। २४६ मिटर भेन्टिलेसन टनेल निर्माणका लागि चट्टान फोर्न मंगलबार पहिलो विष्फोट गराइएको छ। मुख्य प्रवेश सुरुङ, केबल सुरुङ, मुख्य सुरुङ लगायत संरचना निर्माण सुरु गरिएको छ।

गल्छी–त्रिशूली सडक खण्डमा एकतर्फी सवारी सञ्चालन

पुलमा क्षति पुगेपछि नुवाकोटको बट्टारबाट सदरमुकाम बिदुर आउने, रसुवा आउने तथा अन्य पालिकामा जाने सवारी साधन बिहान देखिनै रोकिएका थिए।

निर्माणाधीन त्रिशूली पुलमा फेरि दुर्घटना

चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्नेगरी त्रिशूली नदीमा बनाइँदै गरेको मोटरेबल पुल गत चैत २४ गते बिहान भत्किएको थियो। भत्केको पुलको संरचना मर्मत गर्ने क्रममा आइतबार फलामे ट्रससँगै नदीमा खसेका भारतीय नागरिक विजय यादवको मृत्यु भएको हो।

चीनसँगको अन्तरदेशीय प्रसारण लाइनः नेपालतर्फ नुवाकोटको त्रिशूलीमा सबस्टेसन बन्ने

रातमाटे–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाइन आयोजनाका अनुसार त्रिशूली जलविद्युत् केन्द्रको जग्गामा सबस्टेसन निर्माणका लागि सर्भे सुरु गरिएको छ। सर्भेअन्तर्गत आयोजनाले केन्द्रको वरिपरि रहेका निजी जग्गाको सिमांकनको काम सम्पन्न गरेको छ।

सात वर्षमा पनि बनिसकेन बालाजु–त्रिशूली सडक

चारपटक अवधि थप भएको यो सडकको अवधि पुससम्म भए पनि त्यो समयसम्म पनि सम्पन्न हुने नदेखिएको बालाजु–त्रिशूली–छहरे सडक योजनाले जनाएको छ।

चिलिमे त्रिशूली प्रसारण लाइनको ६५ प्रतिशत काम सकियो

चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणको काम ६५ प्रतिशत सकिएको छ । निर्माण सामग्री र कामदारको अभावबीच पनि आयोजनाले कामलाई निरन्तरता दिइरहेको छ ।

कोरोनाले माथिल्लो त्रिशूली ३ बीको हेडरेस टनेल निर्माण प्रभावित

कोभिड १९ नियन्त्रण तथा रोकथामको लागि गरिएको लकडाउनले ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजनाको सुरुङ निर्माण प्रभावित भएको छ।

त्रिशूल प्रहार गरि हत्या

दाङमा एक युवकले त्रिशूल प्रहार गरि एकजनाको हत्या गरेका छन् । जिल्लाको बबई गाउँपालिका ३ धनबाँस गुन्द्री बजारका नारायण डाँगीलाई स्थानीय युवा बालीराम ओलीले त्रिशूल प्रहार गरि हत्या गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिबवहादुर सिंहले जानकारी दिए ।

लकडाउनमा गल्छी–त्रिशूली–मैलुङ सडकको काम धमाधम

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भइरहेको गल्छी–त्रिशूली–मैलुङ रसुवागढी सडक निर्माणको लकडाउनमा पनि धमाधम भइरहेको छ । धादिङको गल्छीदेखि चीनको सीमा रसुवागढीसम्म ८२ किलोमिटर लम्बाईको सडकलाई तीन खण्डमा विभाजन गरेर निर्माणको काम भइरहेको हो ।

चिलिमे–त्रिशूली प्रसारण लाइन: निर्माण सामग्री र कामदार अभाव

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनमा निर्माण सामग्री र कामदार अभाव भएको छ । कोरोना भाइरसको संक्रमणका कारण सामग्री आयातमा कठिनाइसँगै कामदार नहुँदा निर्माणमा समस्या आएको हो ।

चिलिमे त्रिशूली प्रसारण लाइन निर्माणमा ढिलाइ

चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणमा ढिलाइ हुने भएको छ। चीनमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण सामग्री आयात, कामदार परिचालन तथा कामदारलाई रकम भुक्तानीमा समस्या आएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्