१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बिरामीमा कोरोना पुष्टि भएपछि लहान अस्पतालको आकस्मिक कक्ष सिल

उपचारका लागि आकस्मिक कक्षमा भर्ना भएकी एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि लहान अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ। सप्तरी सुरुङ्गा नगरपालिका ३ की २८ वर्षीया महिलाको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको अस्पतालका इमरजेन्सी इन्चार्ज जगतप्रसाद महतोले जानकारी दिए।

बलिउड अभिनेता आमिर खानलाई कोरोना पुष्टि

विगत केही दिन यता भारतको बिभिन्न भागहरुमा पुन कोरोनाका घटनाहरु बृद्धि भईरहेका छन्। अर्कोतर्फ कोरोना संकट पनि बलिउड उद्योगमा तीब्र छ। यसैबीच बलिउड अभिनेता आमिर खानलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ।

अभिनेता रणवीर कपुरलाई कोरोना पुष्टि

बलिउड अभिनेता रणवीर कपुर कोरोना संक्रमित भएका छन्। उनका काका रणधीर कपूरले रणवीरलाई कोरोना संक्रमण भएको र हाल क्वारेन्टाइनमा रहेको बताएका छन्।

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि

प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रवार कोरोना रिपोर्ट पोजेटिभ आएको उनले बताइन्। ‘हल्ल्का ज्वरो आएको छ, खोकी पनि सामान्य लागेको छ’, नागरिकसँग उनले भनिन्।

दुई देशका ६ खेलाडीलाई कोरोना

दुई देशका ६ खेलाडीमा कोरोना भाइरस (कोभिड–१९) को पोजेटिभ संकेत देखिएको एसियाली फुटबल महासंघ (एएफसी) ले आइतबार जनाएको छ।

थप १ हजार २०२ जनामा कोरोना पुष्टि

शनिवार थप १ हजार २ सय २ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमकाअनुसार ८५२ जना डिस्चार्ज भएका छन्। यस्तै आजै कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ।

थुनुवालाई कोरोना पुष्टि

जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका एक थुनुवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मोरङको विभिन्न प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवामध्ये पहिलो पटक जिल्लाको हिरासतमा कोरोना भाइरस देखिएको प्रहरीले जनाएको छ।

देशभरका १३८ कैदीबन्दीमा कोरोना पुष्टि, पाँच जनाकाे मृत्यु

देशभरका कारागारमा रहेका १३८ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ। ११ कारागारका ८१५ जनको पिसिआर परीक्षण गर्दा १३८जनामा संक्रमण पुष्टि भएको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाले जानकारी दिए। उनकाअनुसार पिसिआर परीक्षण गरिएकामध्ये ८० जनाको अझैं रिपोर्ट आउन बाँकी छ।

गोरखा अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

उपचारको क्रममा शनिवार गोरखा अस्पतालमा मृत्यु भएकी ७५ वर्षिया महिलालाई कोभिड १९ को संक्रमण पुष्टि भएको छ। दिर्घरोगी रहेकी महिलाको परिवारका सदस्यलाई शुक्रवार कोरोना मृत्यु भएपछि उनको स्वाब लिएर परीक्षण लागि प्रयोगशाला पठाइएको थियो।

मालपोत कार्यालय लहान सिल, प्रमुखमा कोरोना पुष्टि

प्रदेश २ मा आइतबार एकैदिन २ जना मृतक र २ सय ४६ जना नयाँ संक्रमित थपिएका छन् । मृत्यु हुने सप्तरीको राजबिराज नगरपालिका–२ कि ६० वर्षीया महिला र रौतहटको मौलापुर नगरपालिका–३ का ३० वर्षीय पुरुष छन ।

थप ८ सय ८४ जनामा कोरोना पुष्टि, २४ घण्टामा १२ जनाले ज्यान गुमाए

पछिल्लो २४ घण्टामा थप ८ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमकाअनुसार शनिवार ८ सय ८४ जना संक्रमित थपिएका हुन्।

चितवनमा पाँच वर्षिया बालिकासहित थप १२ जनामा कोरोना पुष्टि

चितवनमा पाँच वर्षीया बालिकासहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आइतबार परिक्षण भएका नमुना मध्ये १२ जनाको पोजेटिभ नजिता आएको अस्पतालले जनाएको छ। संक्रमित मध्ये ७ जना महिला र ५ जना पुरुष छन्।

मृतकमा कोरोना पुष्टि भएपछि..

मृतकलाई कोरोना पोजिटिभ भएको खबर लिएर प्रहरी पुग्नासाथ घाट पुगेका मलामी भागाभाग भएको एक सहभागीले नाम नखोल्ने सर्तमा बताए ।

पर्सामा मेयर र पाँच वडाध्यक्षसहित थप ९८ जनामा कोरोना पुष्टि

पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायणप्रसाद रौनियार, पाँच जना वडा अध्यक्ष र जिल्ला अस्पताल पोखरियाका मेडिकल सुपरिटेन्डेन्टसहित पर्सा जिल्लामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यिमध्ये ९२ जनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको रिपोर्ट अनुसार र ६ जनामा नारायणी अस्पतालको रिपोर्ट अनुसार पिसिआर जाँचमा कोरोना पुष्टि भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्