घरभाडा आधा घटाउन घरधनीलाई अपिल
नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीले घरभाडा ५० प्रतिशतसम्म घटाउन आह्वान गरेको छ। घरभाडा दिने र लिने अर्थात घरधनी र घर बहालमा बस्ने दुवैको साझा संस्थाका रुपमा रहेको नेपाल घरभाडा सरोकार समितिको कास्की शाखाले घरधनीलाई घरभाडा २५ देखि ५० प्रतिशतसम्म घटाउन आह्वान गरेको हो।