२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अधिकृतबाट घरभाडा नलिने घोषणा

जुम्ला - हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले सदरमुकाम खलङ्गामा रहेको आफ्नो घरको भाडा नलिने घोषणा गरेका छन्। चन्दननाथ नगरपालिका – ४ पीपलधारा मालाभिडका टोपबहादुर बुढाले सरकारले चैतको घरभाडा नलिन आह्वान गरेपछि आफूले पनि घरभाडा नलिने बताए। 

गत चैतको मासिक घरभाडा  २० हजार रुपैयाँसहित पानी र बिजुलीको महसुल पनि नलिने निर्णय गरिएको उनकी पत्नी सीताले जानकारी दिइन्।  यसअघि चन्दननाथ नगरपालिका–९ का वडाध्यक्ष मीनबहादुर डाँगीले दुई घरको मासिक  ३१ हजार ५०० रुपैयाँ र प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले २१ हजार रुपैयाँ घरभाडा नलिने घोषणा गरेका थिए। यसैबीच उच्च अदालत सुर्खेत, जुम्ला इजलासले म्याद नाघेको नुन वितरण नगर्न र गर्न नलगाउन आदेश गरेको छ। 

कोरोना भाइरसका कारण लकडाउन भएपछि हिमा गाउँपालिकाले राहत वितरण गर्दा म्याद नाघेको नुन वितरण गरेको भन्दै सोही गाउँपालिका – १ का प्रतिभा शाही र नेत्रबहादुर शाहीले यही वैशाख ७ गते  रिट निवेदन दायर गरेपछि अदालतले वैशाख ९ गते सो आदेश गरेको हो। मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दका अनुसार म्याद नाघेको नुनका विषयमा गाउँपालिका र गाउँ कार्यपालिकाका नाममा रिट दायर भएको थियो। रासस

प्रकाशित: १० वैशाख २०७७ ०७:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App