१० मंसिर २०८१ सोमबार
image/svg+xml

सर्वनाममा कँडेल र वस्ती

राजधानीस्थित सर्वनाम थिएटरमा कवि कृष्ण कँडेलका कविता तथा गजलकार सनतकुमार वस्तीका गजल सुनिएका छन्। आइतबार सम्पन्न ‘हामी कवि र कविता’को नयाँ अंकमा कवि कँडेल र गजलकार वस्तीले आफ्ना रचना वाचन गरेका हुन्।

गजल

न कुनै अभाव थियो न कुनै डर थियो आमा रहुन्जेल ओडार पनि घर थियो मैले पो भगवान् देखेर फूलपाती चढाएँ बटुवाका लागि ऊ मामुली पत्थर थियो

धनराजको ‘जरुवाजल’

गजलकार धनराज गिरीको गजलसंग्रह ‘जरुवाजल’ सार्वजनिक भएको छ । गिरीले संग्रहमा माया, प्रेम, समय, समाजका विषयवस्तुलाई गजलमार्फत प्रस्तुत गरेका छन्।

लक्ष्मणको गजलमा रमायो नुवाकोट

अछामको ढकारी गाउँपालिका–१ का गजलकार लक्ष्मण संगमले नुवाकोटमा जीवनको पहिलो एकल गजल वाचनको अनुभव बटुलेका छन्।

नारी गजललाई ‘वान्स मोर’

केही गुमाउनु छैन मात्र पाउनु छ यो मन फेरि बच्चा जस्तै बनाउनु छ आफू जलेर अरुलाई खुशी दिनुपर्छ टुकि बालेर छोरीलाई सम्झाउनु छ ..।

उर्दू गजलका बादशाह

कात्तिक महिनाको एक साँझ जब भेरी साहित्य प्रतिष्ठानका अध्यक्ष हरिहर तिमिल्सेनाले अब्दुल लतिफ शौकलाई नेपाल प्रज्ञा प्रतिष्ठानले पुरस्कृत गर्ने निर्णय गरेको खबर सुनाए, अब्दुललाई पहिले त विश्वास नै लागेन । तर, अन्य सा्रेतबाट समेत खबरको पुष्टि भएपछि उनलाई विश्वास गर्न करै लाग्यो । नेपालगन्जमा बसेर आफ्नै सुरले उर्दू गजलमा योगदान गरिरहेको उनले यसअघि साहित्यकार प्रेम प्रकाश मल्ल ‘मधुकर’को नाममा स्थापित पुरस्कारबाहेक अन्य पुरस्कार पाएका थिएनन् । त्यसैले उनलाई साहित्यको सर्वोच्च संस्था नेपाल प्रज्ञाप्रतिष्ठानले पुरस्कृत गरेको खबर झ्वाट्टै विश्वास गरिहाल्न गाह्रो भएको थियो ।

मानक गजलको खोजी

जुन धारमा गजल लेखिए पनि गजल साहित्यिक र कलात्मक गुणले युक्त छ, गजले मिजाजले युक्त छ, शेरहरूमा एकाध मात्रा कम–बेसी भए पनि वाचन गर्दा लयात्मक सुनिन्छ र प्रस्तुत गरिएको गजलको शिल्प सौन्दर्यले यदि पाठक र स्रोताको मन जित्न सकिन्छ भने गजल जसरी लेखे पनि हुने त हैन? हजारौँ गजल लेखक र अध्येताका लागि अहिले यो यक्षप्रश्न बनेर खडा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्