१२ मंसिर २०८१ बुधबार
image/svg+xml

आयल निगममा ट्यांकर व्यवसायीको धर्ना

नेपाल आयल निगमले किन्न स्वीकृति दिएका ट्यांकरलाई लोडिङ अनुमति नदिएको भन्दै एक दर्जन व्यवसायीले निगमको प्रधान कार्यालयमा धर्ना सुरु गरेका छन्। निगमकै स्वीकृतिमा गरेको लाखौं लगानी डुब्न लागेको उनीहरुको गुनासो छ। यथाशीघ्र पेट्रोलियम पदार्थ ढुवानी अनुमति दिन माग गर्दै उनीहरुले बिहीबार विहानैदेखि धर्ना सुरु गरेका हुन्।

कागजमै सीमित पशु यातना मापदण्ड

एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा र वध गर्नुअघि कुनै पनि पशुलाई चरम यातना दिन नपाइने कानुन नेपालमा पटक–पटक बने पनि कार्यान्वयन भने हुन सकेको छैन। उदाहरणका रूपमा राजधानीमा मासु बिक्रीका लागि पृथ्वी राजमार्ग हुँदै गरिने पशु ढुवानीलाई लिन सकिन्छ। यो राजमार्ग भएर दैनिक सयौंको संख्यामा राजधानी भित्र्याइने राँगा, भैंसी र खसी–बाख्राहरूलाई चरम यातना दिँदै कष्टपूर्ण तरिकाले लैजाने गरिएको छ।

राहतको सामग्री निःशुल्क ढुवानी हुने

बारा र पर्साका हावाहुरीबाट पीडितका लागि राहत सामग्रीको ढुवानी निःशुल्क गरिने भएको छ। नेपाल सामान ढुवानी व्यवसायी संघको बैठकले उक्त क्षेत्रमा प्रदान गरिने राहत सामग्री निःशुल्क ढुवानीको व्यवस्था गर्ने निर्णय गरेको हो। संघका अध्यक्ष श्यामकुमार डंगोलले राहत सामग्री लैजाने तयारीमा रहेका विभिन्न संघ, संस्था, व्यक्तिलगायत सहयोगी र दातालाई संघसँग समन्वय गर्न आग्रह गरे। उनले राहत सामग्री काठमाडौंदेखि वितरणस्थलसम्म पुर्‍याउन सहयोग गरिने बताए।

पाइप जडान र ढुवानीको कामले ‘रफ्तार’ लिदै

राष्ट्रिय गौरवको तामाकोसी आयोजनामा पेनस्टक पाइप ढुवानी तथा जडानको काममा ठेकेदारले रफ्तार बढाएको छ।

कोलकतामा ढुवानीकर्ताको हडताल

‘कार्गो ह्यान्डलिङ एजेन्ट’ (सिएचए)ले गरेको हडताल स्थगित भएको एक हप्ता नबित्दै नेपाली कार्गो ढुवानी गर्ने कोलकाताका व्यवसायीले हडताल सुरु गरेका छन्।

पेट्रोल पम्पले पर्याप्त स्टक राख्नुपर्ने

इन्धन ढुवानीमा सामान्य अवरोध हुँदासाथ बजारमा पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल) अभाव हुने समस्या हटाउन नेपाल आयल निगमले नयाँ रणनीति बनाएको छ। आफ्नो इन्धन भण्डारण क्षमता बढाएर ९० प्रतिशत पेट्रोलियम पदार्थ स्टक पुर्याएको निगमले पेट्रोल पम्पले पनि अनिवार्य रुपमा पर्याप्त डिजेल, पेट्रोल स्टक राख्नुपर्ने नीति बनाएको छ।

फेरिँदै तेस्रो मुलुकसँगको व्यापार

तेस्रो मुलुकसँगको व्यापारमा नेपाल अब सिधैं गन्तव्य भएको छ। नेपालले प्रयोग गर्ने भारतका बन्दरगाह अब ‘ट्रान्ससिपमेन्ट’ (कन्टेनर ढुवानीको एउटा साधनबाट अर्कोमा हालेर अगाडि बढाउने) थलो मात्र हुने भएका छन्। यो व्यवस्था लागू भएपछि विदेशबाट आउने नेपालका कार्गो भारतीय बन्दरगाहमा कागजी झन्झट र भन्सार प्रक्रियाबाट मुक्त भएका छन्। शुक्रवार कोलकातास्थित सीमा शुल्क आयुक्तको कार्यालयले सार्वजनिक सूचना जारी गर्दै नयाँ व्यवस्था लागू भएकोबारे जानकारी गराएको छ।

खच्चरकै भरमा हुम्लाको उपभोग्य वस्तु

राष्ट्रिय सडक सञ्जालले नछोएको नेपालको १ मात्र जिल्ला हुम्लामा खच्चरबाटै सरसामान तथा खाद्यान्न ओसार्ने गरिएको छ । स्थानीय बासिन्दाका दैनिक उपभोग्य वस्तुसँगै खाद्यान्न पनि खच्चरको भरमा छ। अहिले हुम्लामा खच्चर व्यवसायीको आम्दानीको स्रोत पनि सामान ढुवानी नै बनेको छ।

तेल चोर्नेलाई कार्वाही गरेको विरोधमा आन्दोलन

तेल चोर्ने ट्यांकरलाई कार्वाही गरेको विरोधमा पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलनमा उत्रने भएका छन्।

पाइप जडान र ढुवानीको काम अर्को ठेकेदारलाई

राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न गर्न बाधक बनिरहेको भारतीय ठेकेदारलाई दिइएको पाइपलाइन ढुवानी तथा जडान कार्य अस्ट्रियन ठेकेदार कम्पनीलाई दिइएको छ। आयोजनाको हाइड्रो मेकानिकलतर्फको ठेक्का लिएको भारतीय कम्पनी टेक्सम्याको रेल एन्ड इन्जिनियरिङ लिमिटेडले पेनस्टक पाइप ढुवानी तथा जडानको काम ढिलाइ गरेका कारण अस्ट्रियन ठेकेदार कम्पनीलाई दिन लागिएको हो।

तातोपानी नाका चार महिनापछि खुल्ने

तीन वर्षदेखि बन्द तातोपानी नाका सञ्चालनमा ल्याउने चिनियाँ पक्षले जानकारी दिएको छ। चिनियाँ अधिकारीहरूले सरकारलाई आगामी मे महिनाबाट सो नाका सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी गराएका छन्।

इन्धन ढुवानी रोक्ने चेतावनी

नेपाल आयल निगमको विराटनगर डिपोमा डिजेल चोरी भएको घटनामा ट्यांकर चालक र डिपोका कर्मचारीलाई उन्मुक्ति दिएर व्यवसायीलाई कारबाही गरेको भन्दै ट्यांकर सञ्चालकले इन्धन ढुवानी रोक्ने चेतावनी दिएका छन्।

गोसाईकुण्डसम्म विद्युत् विस्तार गरिँदै

धार्मिकस्थल गोसाईकुण्डमा विद्युत् विस्तारको काम सुरु भएको छ।  चालु आर्थिक वर्ष २०७५/७६ भित्र गोसाईकुण्डमा विद्युत् पु-याउनका लागि काम सुरु गरिएको नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ।

वीरगन्ज भन्सारबाट ६६ अर्ब राजस्व

वीरगन्जबाट चालु आर्थिक वर्ष २०७५/७६ को साउनदेखि मंसिरसम्मको पाँच महिनामा ६६ अर्बभन्दा बढी राजस्व संकलन भएको छ।

१२ वटा ट्यांकरको पिडिओ रोक्का

काठमाडौं - नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थ ढुवानी गर्ने १२ वटा ट्यांकरको प्रडक्ट डेलिभरी अर्डर (पिडिओ) रोक्का गर्ने निर्णय गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्