१४ भाद्र २०८३ आइतबार
image/svg+xml

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन हम्मेहम्मे

नेपाल प्रहरीका अनुसार १४८ महिला, २६८ पुरुष, २२ बालिका, २० बालक र २११ आंशिक अङ्गसहितको शव फेला परेको छ।

गज्जब गृहमन्त्री ज्यू, स्यालूट !

तर यो स्यालूट फिल्डमा देखिएको सक्रियताका लागि हो। अब यही सक्रियता उद्धार पूरा नभएसम्म, बेपत्ताको खोजी नसकिएसम्म, पीडितले राहत नपाएसम्म र पुनःस्थापनाको काम अघि नबढेसम्म कायम रहनुपर्छ।

गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा ल्याएका शवको अन्त्येष्टि गरिएको छ।

रसुवा बाढीः कर्णाली प्रदेशका १९७ जनाको अवस्था अज्ञात

रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका कर्णाली प्रदेशका १९७ जनाको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ।

‘त्रिशूली थ्री बी’मा उद्धार रोकियो, सेनाले गर्‍यो रेकी मात्रै

रसुवामा बाढीपहिरोका कारण प्रभावित ‘त्रिशूली थ्री बी’ आयोजनास्थलमा नेपाली सेनाले आजका लागि उद्धार तथा उत्खननको काम स्थगित गरेको छ।

भैलद्यको परिक्रमासँगै सकियो भक्तपुरको गाईजात्रा

भैलद्यः (बाँस र परालको सहायताले बनाइने भैरव तथा गाईको प्रतीक) को नगर परिक्रमासँगै भक्तपुरको प्रसिद्ध गाईजात्राको मुख्य दिनको रौनक शनिबार सम्पन्न भएको छ।

शव गाड्ने होइन दाहसंस्कार गरौँ भन्दै पुगे विनय जंग

लामो समयदेखि बेवारिसे तथा पहिचान नखुलेका शवको व्यवस्थापन गर्दै आएका विनय जंग बस्नेतले चितवनमा बाढीबाट फेला परेका पहिचान नखुलेका शव सामूहिक रूपमा गाड्ने निर्णयप्रति आपत्ति जनाएका छन्।

कलाकार दुर्गेश थापा र साइग्रेस पोखरेल पुगे घटनास्थलमै

गायक दुर्गेश थापा र चर्चित कथा वाचक तथा अभिनेता साइग्रेस पोखरेल आ–आफ्नो टिमसँग बाढी प्रभावित क्षेत्रमा पुगेका छन्।

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

दुई सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाबाट ५७६ जना सम्पर्कविहीन भएकामध्ये २५४ जनाको उद्धार भइसकेको छ।

उद्धारमा सघाउन चिनियाँ सुरुङ विज्ञ टोली नेपालमा

बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका नागरिकहरूको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन चिनियाँ सुरुङ विज्ञ टोली नेपाल आइपुगेको छ।

करिब ६ हजारको बस्तीमा बाढी: दुई हजारको उद्धार, एक हजार सम्पर्कविहीन, अरू खोई ?

बाढीले घर र संरचना मात्रै बगाएको छैन। उसले मानिसको सम्पर्क, पहिचान र परिवारसम्म पुग्ने बाटोसमेत बगाएको छ।

रसुवा बाढीः ६६९ जनाको शव फेला, २७ प्रहरी सम्पर्कविहीन

नेपाल प्रहरीले शनिबार साँझ ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको जनाएको छ।

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख दिने

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) का दुई पालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २३ लाख सहयोग गर्ने भएका छन्।

डीएनए सुरक्षित राखेर गाडिँदै चितवनमा फेला परेका २३३ शव

भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली हुँदै चितवनस्थित नारायणी नदी किनारमा फेला परेका पहिचान नखुलेका शवहरूको सुरक्षित र वैज्ञानिक व्यवस्थापन सुरु गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्