२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बाँदर ब्यापारमा पैसैपैसा

नेपाली कांग्रेस उपाध्यक्ष तथा सांसद धनराज गुरुङले केही दिनअघि प्रतिनिधिसभा बैठकमा बाँदरले बालीनाली विनाश गरेकाले कृषक ठूलो मर्कामा परेको सार्वजनिक महत्वको विषयमा आफ्नो धारणा मात्र व्यक्त गरेनन्, बरु देशको खस्कँदो आर्थिक अवस्था सुधार गर्ने उपाय पनि सुझाउन भ्याए।

विद्युत ट्रिपिङ्गको समस्या समाधान गर्न म्याग्दीका ब्यापारीको माग

नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले मापदण्डभन्दा पाँच गुणा लामो फिडरका कारण दैनिक अनियमित विद्युत कटौती हुने गरेको छ ।

सुधार आयोजना असफल : डुबानमा ब्यापारिक नगरी

मुलुकको मुख्य ब्यापारिक नगरी वीरगन्ज महानगरपालिकाको ब्यापारिक महत्वका एरिया सहित धेरै एरिया डुबानमा परेको छ । सहरको मुख्य बजारको रुपमा समेत रहेको वीरगन्जको आदर्शनगर डुबानबाट धेरै प्रभावित छ । ३ दर्जन बढी ट्रान्सपोर्ट मार्फत मुलुकलाई चाहिने आवश्यक बस्तुको ठुलो हिस्सा आपुर्ती गर्ने ठाउँ आदर्शनगर नै हो ।

लकडाउन खुुकुलोको एकमहिना : बजार खुल्यो, ब्यापार भएन

कोरोना भाईरस संक्रमणका कारण गरिएको लकडाउन खुकुलो भएको महिनादिन नाघिसकेको छ । लकडाउन खुकुलो भएसँगै बजारमा चहलपहल बढ्न थालेको थियो । झन्डै तीनमहिना बन्द रहेको बजार असारको सुरुवातताका खुल्दा बजारमा निकै चहलपहल देखिन्थ्यो । तर, त्यो चहलपहलले बजारको ब्यापार भने बढाउन नसकेको व्यवसायीले बताएका छन् ।

लसुन किन्न बारीमै ब्यापारी

जुम्ला पातारासी गाउँपाकिला ६ की छुमकली बुढा लसुन खेति प्रति निकै आकर्षित छिन् । यो समयमा उनको बारीमा लसुन खेति गरिएको छ । लसुनले आर्थिक समृद्धि ल्याएको उनी बताउँछिन् ।

खुलेका पसलमा आज पनि प्रहरीको अवरोध

प्रहरीले आज पनि काठमाडौंमा खुलेका पसलहरुमा अवरोध गरेको छ। मंगलबार व्यापारीहरुले खोलेका पसल बन्द गराउने क्रममा प्रहरी र व्यापारीको घम्साघम्सी समेत भएको थियो। बुधबार पनि प्रहरीले न्यूरोड, महावौद्ध लगायतका क्षेत्रमा खुलेका पसल बन्द गराएको छ।

एक करोड बढीको सुन बरामद, ब्यापारी परे प्रहरी फन्दामा

धनगढी प्रहरीले २ किलो ३ सय ग्राम सुन बरामद गरेको छ। उक्त सुनसहित सोही ठाउँका एक व्यापारीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

अन्तर्राष्ट्रिय व्यापार मेला तथा घरेलु उद्योग महोत्सव हुँदै

घरेलु तथा साना उद्योगको उत्पादनको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ राजधानीमा आयोजना हुने भएको छ।

नोभेम्बरमा चीनको अमेरिकासँगको व्यापार नाफा उच्चः चीन

नोभेम्बरमा चीनको अमेरिकासँगको ब्यापार नाफा उच्च रहेको बेइजिङले जनाएको छ। चिनियाँ भन्सार प्रशासनले दिएको तथ्याङ्कअनुसार चीनले नोभेम्बरमा अमेरिका पठाउने सामानमा वृद्धि हुँदा र अमेरिकी सामानको आयातमा कमी आएकाले ३५ अर्ब ६० करोड अमेरिकी डलर नाफा आर्जन गरेको देखिएको छ ।

साेनम कपुर ब्यापारी अाहुजासँग लगन कस्दै

बलिउड अभिनेत्री सोनम कपुर विवाह बन्धनमा बाँधिने भएकी छन्। उनले दिल्लीका ब्यापारी आनन्द आहुजासँग विवाह गर्दैछिन् । सोनम र आनन्द दुवैका परिवारले विवाहको पुष्टि गरेका छन् ।

ब्यापार घाटा कम गर्न चीनसँग सहयोगको अनुरोध

नेपालले प्रत्येक वर्ष बेहोर्दै आएको व्यापार घाटा कम गर्न नेपालबाट निर्यातहुने वस्तुहरुको प्रवद्र्धनमा सहयोगका लागि नेपाली व्यवसायीले चीनसँग अनुरोध गरेका छन्।

अख्तियारको निर्देशनमा अवैध सामान सहित ब्यापारी पक्राउ

धनकुटा प्रहरीले भन्सार छलि गरेर ल्याएको सामानसहित व्यापारी र एउटा बलेरो पिकअप नियन्त्रणमा लिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालयमा भूकम्प पीडित परिवारलाई वितरण गर्नकालागि आएको ब्लयाङ्केट बिक्री भइरहेको सूचना आएपछि प्रहरीले पिछा गरेर उक्त गाडीलाई धनकुटाको डाँडाबजारमा पक्राउ गरेको हो।

ब्यापारीलाई ३० प्रतिशत कम

१२ सय मेगावाटबिजुलीउत्पादनगर्ने भनिएको बूढीगण्डकी जलविद्युतआयोजनानिर्माणका लागि त्यस क्षेत्रको जग्गा अधिग्रहण गर्न मुआब्जातोकिएको छ। २०७२ चैतदेखि रोक्का रहेको गोरखा र धादिङ जिल्लाको २७गाविसभित्र पर्ने जग्गा अधिग्रहण गर्न जिल्लामुआब्जानिर्धारण समितिले आइतबार निर्णय सार्वजनिक गरेको छ।

दसैंमा पन्छी ब्यापार (फोटो फिचर)

काठमाडौं- सामान्य समयमा भन्दा दसैंमा धेरै मासु खपत हुने गर्छ। विशेषगरी खसी, बोका र हिमाली च्याङग्राको मासु दसैंमा बढी प्रयोग गरिने भए पनि कुखुरा, हाँस, लौकाट जस्ता पन्छीको ब्यापार पनि यो समयमा बढ्ने गर्छ। नवरात्रीमा बोका, राँगा, भाले र हाँस बली दिने चलन पनि रहँदै आएको छ।

नेपाली चिया प्रतिबन्ध गर्ने भारतीय ब्यापारीको चेतावनी

भारतीय व्यापारीले नेपाली अर्थाेडक्स चियामा गुणस्तर नभएको भन्दै भारत आयातमा रोक लगाउन दबाब दिएपछि देशभरका चिया उद्योगी झस्किएका छन्। आउँदो अक्टोबरमा हुने नेपाल–भारत पारबहन सम्झौता नवीकरणको केही महिनाअघि त्यहाँका व्यापारीले यस्तो माग गरेपछि उद्योगीमात्र होइन, किसानमा समेत यसको तरंग छाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्