६ आश्विन २०८१ आइतबार
image/svg+xml

प्रधानमन्त्री दाहालसँग सांसदहरुको प्रश्नोत्तर सुरू(भिडियाेसहित)

प्रतिनिधि सभाको बैठक जारी छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग सांसदहरुको प्रश्नोत्तर सुरू भएको छ। प्रश्नोत्तरका लागि सभामुख देवराज घिमिरेले एक घण्टाको समय छुट्याएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम रहेको छ।

द्वन्द्वमा बलात्कृत महिलाको प्रश्न-कहाँ छ राज्य?

‘तीन वर्ष सुरक्षा फौजको नियन्त्रण र थुनामा रहेकी एक किशोरी मुक्त हुँदा डेढ वर्षको सन्तान काखमा थियो। राज्यकै नियन्त्रणमा रहेको बेला जन्मेको सन्तानको बाबु पत्ता लगाउने जिम्मेवारी कसको हुन्छ?’

प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम शुक्रवार हुने

प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर शुक्रवार हुने भएको छ। प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहालसँग शुक्रवार(असार ८ गते) प्रत्यक्ष प्रश्नोत्तर हुने भएको हो।

सांसद्काे प्रश्नः कुटपिट गरेर मरनासन्न बनाएको मान्छेको मुद्दा फिर्ता लिने यो कहाँको न्याय हो ?

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा खेपिरहेका नेविसंघका कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

सांसद पन्तको प्रश्नः धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो?

नेकपा (एमाले)का सांसद रघुजी पन्तले नेपालको असंलग्न परराष्ट्रनीतिबारे सरकारको धारणा माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले धर्म निरपेक्षताबारे सरकारसँग प्रश्न समेत गरे।

बजेटमाथिको उठेको प्रश्नमा आज अर्थमन्त्रीले जवाफ दिने

आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथिको छलफल सकिएको छ। जेष्ठ १५ गते सार्वजनिक भएको बजेटमाथि आज अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ।

सांसदको प्रश्न:गणतन्त्रमा शाही नेपाली राजदूताबास किन ?

राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले भारतस्थित नेपाली दूताबासको नाम अहिले पनि शाही नेपाली राजदूताबास लेखिएको भन्दै नाम सुधार्न आग्रह गरेका छन ।

भारत भ्रमणबारे उठेका प्रश्नको संसदमा जवाफ दिँदै प्रम दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल अहिले प्रतिनिधि सभाको आजको बैठकमा बोलिरहेका छन्।

गुणस्तरीय प्रश्नपत्र निर्माणमा जोड

शिक्षाविद्हरुले विद्यालय तहको परीक्षामा गुणस्तरीय प्रश्नपत्र निमार्णमा जोड दिएका छन्।भक्तपुरको सूर्यविनायक नगरपालिका, काठमाडौं वल्र्ड स्कुल गुण्डु भक्तपुर र खवर एजुकेशन मिडियाको संयुक्त आयोजनामा विद्यालयस्तरको प्रश्नपत्र निर्माण र मूल्यांक विषयमा आज भक्तपुरमा भएको कार्यशालाका सहभागी शिक्षाविद्ले गुणस्तरीय प्रश्नपत्र निर्माणका लागि प्रशिक्षण आवश्यक भएको बताए।

राष्ट्रपति संस्थामाथि प्रश्न

राष्ट्रपतिलाई कुनै विधेयक प्रमाणीकरण नगरी अनन्तकालसम्म राख्न सक्ने अधिकार छ कि छैन? यस्तो अधिकार राष्ट्रपतिसँग हुने हो भने सरकारसँग कार्यकारी अधिकार रहेको कसरी देखिन्छ? त्यस्तो अवस्थामा सरकार होइन, राष्ट्रपति नै कार्यकारी हुने द्वैध शासनको अवस्था सिर्जना हुन्छ।

प्रतिनिधि सभामा बैठक बस्दैः प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदैछन्।

राप्रपा अध्यक्ष लिङदेनको प्रश्नः अख्तियारमा आफ्नो कारिन्दा राखेर भ्रष्टाचार नियन्त्रण हुन्छ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले ‘अख्तियारमा आफ्नो कारिन्दा राखेर भ्रष्टाचार नियन्त्रण हुन्छ’ भन्दै प्रश्न गरेका छन्।

चित्रबहादुर केसीको प्रश्नः प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत नै हुनुपर्ने कारण के हो?

सांसद चित्रबहादुर केसीले नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत नै हुनुपर्ने कारण के हो ? भनी प्रश्न गरेका छन्।

रास्वपाका शिशिर खनालको प्रश्नः लाल आयोगको प्रतिवेदन किन सार्वजनिक भएन?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनालले टिकापुर घटनाको सम्बन्धमा छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन सरकारले कहिले सार्वजानिक गर्ने भनी प्रश्न गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्