१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

रास्वपाका शिशिर खनालको प्रश्नः लाल आयोगको प्रतिवेदन किन सार्वजनिक भएन?

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनालले  टिकापुर घटनाको सम्बन्धमा छानबिन गर्न बनेको लाल आयोगको प्रतिवेदन सरकारले कहिले सार्वजानिक गर्ने भनी प्रश्न गरेका छन्।

बिहिबारकाे प्रतिनिधि सभाको बैठकको प्रश्नोत्तर कार्यक्रममा खनालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई यो प्रश्न गरेका हुन्।  

खनालले प्रश्न गरे, '०७३ साउनमा यहाँकाे  नेतृत्वकाे सरकारले लाल आयोग गठन गर्यो। पटक पटक सरकारमा जानुभयो। ५ बर्षपछि पुन सरकार बनेको छ। उन्मूक्ति पार्टी पनि सरकारमा छ। रिपोर्ट सरकारले सार्वजनिक गर्छ की गर्दैन र कहिलेसम्म गर्छ? गठबन्धन उम्मेदवार मन्त्री बनाउने आश्वासन पनि दिनुभयो। त्यो आंचारसहिताको विपरित हो की होइन। त्यो हजुरको गोजीबाट तिरिन्छ?'

प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने, 'त्यो आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्दछ भन्ने भित्र पर्छु म पनि। कुन रुपमा कसरी सार्वजनिक गर्ने भन्ने बिषयमा छलफल हुदै गर्दा सुचना आयोगले त्यो विषयमा सर्वोच्चमा मुद्दा दिएको छ । सर्वोच्चले त्यो प्रतिवेदन हाललाई सार्वजनिक नगर्नु भनेको छ। नेपाल सरकारले समय समयमा देखा परेका बिषयमा आयोग गठन गरी प्रतिवदेन प्राप्त गरेको छ। '

उनले अगाडी भने, 'यो बिषय अदालतसँग सम्बन्धित हुन पुगेको छ । देशको शान्ति सुरक्षा र अमन चयनमा खलल हुने आउने रहेको छ। सरकारले मिल्ने हदसम्म सार्वजनिक गर्दै जाने प्रतिवद्धता व्यक्त गर्दछु।'

प्रकाशित: ४ जेष्ठ २०८० ०८:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App