१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बजेटमाथिको उठेको प्रश्नमा आज अर्थमन्त्रीले जवाफ दिने

आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथिको छलफल सकिएको छ। जेष्ठ १५ गते सार्वजनिक भएको बजेटमाथि आज अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ।

आइतबार बजेटमाथी सांसद्हरुले बोल्ने क्रम सकिएकोले आज दिउँसो १ बजे बस्ने बैठकमा  अर्थमन्त्री महतले जवाफ दिने कार्यसूचि रहेको छ।

जेष्ठ १५ गते सार्वजनिक गरिएको बजेटमाथि प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणबाट फर्किएपछि जेष्ठ २१ गतेदेखि प्रतिनिधि सभाको बैठकमा छलफल सुरु भएको थियो।

प्रकाशित: २९ जेष्ठ २०८० ०२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App