१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभाको आजको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री

फाइल तस्बिर

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यक्रम रहेको छ। सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा यसअघि प्रतिनिधिसभा सदस्यहरूले बजेटबारे सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री दाहालले आज  दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।  

त्यसैगरी बैठकमा विनियोजन विधेयक २०८० को विभिन्न शीर्षकहरूमाथिको छलफल अन्तर्गत आज चार वटा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि छलफल हुनेछ । जसअनुसार संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका बजेट शीर्षकमाथि छलफल हुन लागेको हो।  

यसैगरी बैठकमा ७ जना सांसदले विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले उल्लेख गरेको छ। 

प्रकाशित: ८ असार २०८० ०३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App