६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

सुस्ताएको पर्यटनमा आन्तरिक पाहुनाको राहत

पोखराका होटलको अकुपेन्सी करिब ५० प्रतिशत पुगेको छ। यतिबेला पोखरा घुम्न आउनेमा अधिकांश आन्तरिक पाहुना भएको यहाँका व्यवसायीले बताएका छन्। केही भारतीय पाहुना पनि घुम्न आएका छन्। कोरोना संक्रमणले लामो समय सुस्ताएको पर्यटन क्षेत्रलाई ब्यूँताउने गरि आन्तरिक पाहुना पोखरा आउँदा व्यवसायी खुसी छन्।

दसैंको चहलपहल बढ्योः पोहोर सहरमै रोकिए, अहिले बल्ल घर फिर्दै

अन्नपूर्ण आधारशिविर पदमार्ग (एबिसी) को मुख्य प्रवेशद्वारमा पर्ने कास्कीको सुन्दर पर्यटकीय गाउँ घान्द्रुकले पोहोर दसैंताका एउटा निर्णय गरेको थियो। गाउँको निर्णय थियो, ‘दसैंमा मावली पनि नजाने, छोरी ज्वाइँलाई पनि टीका थाप्न नबोलाउने।’

पोखरामा आज सडक महोत्सव

कोरोना भाइरस संक्रमणले ठप्प रहेको पर्यटन क्षेत्र ब्युताउँन पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा सोमबार (आज) लेकसाइडमा एकदिने सडक महोत्सव आयोजना गरेका छन्।

धौलागिरि हिमाल आरोहण: पदमार्ग सुनसान, आधार शिविरमा चहलपहल

यहाँ पर्यटकको आगमान अझै हुन सकेको छैन। तर धौलागिरि हिमालको आधार शिविरमा भने विस्तारै चहलपहल बढ्न थालेको छ। पर्यटकले हेलिकोप्टर प्रयोग गर्न थालेपछि पदमार्ग सुनसान बनेका हुन् भने हिमालको आधार शिविरमा चहलपहल बढ्न थालेको हो।

बागलुङका पर्यटकीयस्थलमा चहलपहल बढ्दै

कोरोना अघि दैनिक एक हजारको हाराहारीमा पर्यटक आउने पञ्चकोटमा पनि तीन महिना अघिदेखि फाटफुट आन्तरिक पर्यटक आउन थालेका छन्।

पर्यटकीय गन्तव्य खोल्न माग

यो बेला मुक्तिनाथ र अरू धार्मिक गन्तव्य खुलाए धेरथोर भारतीय पाहुना आउँथे।’ पशुपति, मनकामना जस्ता चर्चित धार्मिक गन्तव्य खुलिसके पनि पोखरा आसपासका गन्तव्य नखुल्दा त्यसको मार पर्यटनमा परेको उनले बताए।

स्थानीय तहमा काँग्रेसको अधिवेशन चहलपहल बढ्यो

नेपाली काँग्रेसको आगामी चौधौं महाधिवेशनको चहलपहल स्थानीय तहबाट सुरु भएको छ। काँग्रेस केन्द्रिय समितिले गरेको निर्णय अनुसार चौधौ महाधिवेशन हुने भएपछि जिल्ला तथा गाँउगाँउमा नेपाली काँग्रेसको अधिवेशनको चहलपहल सुरु भएको हो।

नयाँ वर्ष माहोल: सडकमा चहलपहल, होटलमा सुनसान

कोरोना त्रास बढेको भन्दै सरकारले यही बेला भीडभाडमा नजान र सर्तकता अपनाउन अनुरोध गर्दा आन्तरिक पर्यटकले घुमघाममा निस्कने आँट नगरेको व्यवसायी बताउँछन्। फाट्टफुट्ट समूह र केही व्यक्तिगत तथा परिवारसहित घुम्न आए पनि त्यसले पोखरालाई उत्साही बनाउन सकेको छैन।

निर्वाचन चहलपहलः भोजपुरका आधा दर्जन मतदानस्थल परिवर्तन, छ वटा केन्द्र थप

सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय भोजपुरले सक्रियता बढाएको छ। कार्यालयले सम्भावित मतदानस्थल र केन्द्रमा हेरफेर गर्नेलगायत सामान्य त्रुटि सच्याउने काम शुरु गरेको हो।

लुम्बिनीमा मायादेवि मन्दिर खुला, पर्यटकको चहलपहल सुरु

कोरोना कहरका कारण चैतदेखि बन्द गरिएको लुम्बिनी स्थित मायादेवि मन्दिर साढे ८ महिनापछि खुला गरिएको छ।

शुक्रबार मध्यान्न न्युरोड क्षेत्रमा देखिएको मानिसहरूको चहलपहल

शुक्रबार मध्यान्न न्युरोड क्षेत्रमा कोरोना कहरबीच पनि मानिसहरुको चहलपहल बढेको दृश्यमा देख्न सकिन्छ । कोरोनाको कहरसंगै उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेको छ । संक्रमण बढेपनि बेफिक्री भएर मानिस काठमाडौंको मुख्य व्यापारिक क्षेत्रहरू न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्रमा मानिसहरूको भिडभाड छ ।

सीमा नाका बन्दः नेपालगञ्जमा चहलपहल

कोरोना महामारी सङ्क्रमण रोकथामका लागि नेपाल–भारत जमुनाह नाका बन्द भएपछि नेपालगञ्जमा व्यापारिक चहलपहल बढेको छ।

चहलपहल बढ्यो

सरकारले लकडाउनको स्वरूप परिवर्तन गरेपछि म्याग्दीमा चहलपहल बढेको छ। कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न गत चैत ११ गतेदेखि जारी भएको बन्दाबन्दीको स्वरूप परिवर्तन गरेपछि बैंक तथा वित्तीय संस्था, बजार, उद्योग, सवारी साधन सञ्चालन हुन थालेसँगै चहलपहल बढेको हो।

उपत्यकामा बढ्न थाल्यो चहलपहल

सरकारले गरेको लकडाउनको मिति जेठ ३२ सम्मको हो । त्यसउता लकडाउन बढाउने वा नबढाउने ठोस निर्णय सरकारले गरेको छैन । सरकारले लकडाउन भनिरहेको बेला उपत्यकाका सडकमा दुई दिनयताको दृश्यले लकडाउनको कुनै छनक देखाउँदैन । लामो समय बन्द हुँदा दैनिकी गुजार्न कठिन परेपछि सर्वसाधारण लकडाउन अवज्ञा गर्दै आफ्नो पेसाव्यवसायमा फर्कन थालेका छन् ।

गाउँतिर चहलपहल शहरमा सुनसान

विश्वभर महामारीको रुपमा फैलिएको कोनोरा भाइरस (कोभिड–१९)को त्रास पूर्वी पहाडका गाँउगाँउमा पुगेको छ। गाउँमा पनि कोरोना भाइरसको संक्रमणलाई चिन्ता अझ बढेको छ।  जिल्लाका गाउँगाउँमा काठमाडौं लगायत विभिन्न ठाउँमा काम विशेषले रहेकाहरू फर्केका छन्। त्यस्तै, यहाँका सदरमुकामवासी पनि गाउँफर्केका छन्। जिल्लाका सदरमुकाम, सहर तथा बजार सबै ठप्प छन्। गाउँमा भिड बढेको छ। ग्रामिण क्षेत्रमात्रास छ। विदेशबाट आएकहरु पनि गाँउमा पुगेपछि थपत्रास भएको देखिन्छ। जिल्लामा ४५ किलोमीटर भारतसँग सिमा जोडिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्