६ वैशाख २०८१ बिहीबार

कोरोनाको उच्च जोखिममा डोल्पा: रोकथाम र नियन्त्रणमा नगरको ४० लाख

कोरोना जोखिम न्यूनीकरणमा यहाँका राजनीतिक दलहरुले ऐक्यबद्धता जनाएका छन्। पछिल्लो समय हिमाली जिल्ला डोल्पामा कोरोना संक्रमणको दर बढ्दै गएको र समयमा यसको रोकथाम तथा नियन्त्रणमा ध्यान नपुर्‍याए कोरोनाले उच्च रुप लिने बताउँदै यसको रोकथाम र नियन्त्रणमा यहाँका राजनीतिक दलहरुले ऐक्यबद्धता जनाएका हुन्।

फेरि बढ्यो कोरोना जोखिम

केही महिना संक्रमण मत्थर भएपछि वर्षको अन्तबाट(चैत मध्यबाट) कोरोना संक्रमण पुनः फैलिन थालेको छ। संक्रमण फैलिएसँगै मृत्यु दर पनि बढ्दैछ। तर लापरबाही, हेल्चेक्र्याइँमा कमी आएको छैन। संक्रमण नियन्त्रणका लागि स्थानीय प्रशासन, स्थानीय सरकार पनि बेपरवाह देखिएको छ।

कर्णालीमा कोरोना जोखिम बढ्दै

नयाँ वर्ष र चैतेदसैंको पूर्वसन्ध्यामा कमाउन कालापहाड (भारत) बाट कर्णालीवासी फर्कन सुरु भएसँगै कोरोनाको जोखिम बढ्न थालेको छ। सोमबारसम्म कर्णालीमा संक्रमितको संख्या १६ पुगेको छ। दुईजना कर्णाली प्रदेश अस्पतालको आइसोलेसनमा उपचाररत छन्।

खै समाजिक दूरी: सार्वजनीक यातायातमा कोचाकोच

कोरोना जोखिमबाट बच्ने उपायको न्यूनतम मापदन्ड अपनाउनुको त के कुरा उल्टै समान्य अवस्था झैं कोचाकोच यात्रु बोकेर चालकले निर्धक्कसाथ टेम्पु गुडाइरहेका भेटिए ।

कारागारहरुमा कोरोनाको जोखिम उच्च रहेको मानव अधिकार आयोगको निष्कर्ष

राष्ट्रिय मानव अधिकार आयोगले देशभरका कारागारहरुको अवस्था बुझ्न शुरु गरेको छ। सदस्य सुदीप पाठक तथा अर्का सदस्य यज्ञ अधिकारीको नेतत्वमा राष्ट्रिय मानव अधिकार आयोगको टोली विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) कारण कैदी बन्दीहरुको अवस्था बुझ्न देशभरका कारागारहरुको अनुगमनका लागि देश दौडाहामा छुट्टाछुट्टै निस्किएको हो।

समुदायमा कोरोना जोखिम

सुर्नया गाउँपालिका–७ का २८ र २९ वर्षीय दुई पुरुषको कोरोना रिपोर्ट पोजिटिभ आएको छ। १५ दिन क्वारेन्टिनमा बसेर असार पहिलो साता कुनै लक्षण नदेखिएको भन्दै उनीहरूलाई घर पठाइएको थियो।

समुदायमा कोरोना जोखिम

सुर्नया गाउँपालिका–७ का २८ र २९ वर्षीय दुई पुरुषको कोरोना रिपोर्ट पोजिटिभ आयो। १५ दिन क्वारेन्टिनमा बसेर असार पहिलो साता कुनै लक्षण नदेखिएको भन्दै घर पठाइयो। स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार संक्रमण पुष्टि भएका तर लक्षण नदेखिएकाहरुलाई १५ दिन क्वारेन्टिनमा बसाएर घर पठाउने निर्देशिका अनुसार उनीहरु डिस्चार्ज भएका हुन्।

प्रहरीकै सेटिङमा भित्रिदैं भारतीय नागरिक

संक्रमण बढीरहेको भारतबाट भारतीय नागरिकलाई सीमामा खटिएका सुरक्षाकर्मीले नै प्रवेश गराइरहेको बताइएको छ।‘सीमामा प्रहरीलाई पैसा दिएमा प्रवेश गर्न पाइराखिएको छ, रु ५ हजार दिएर प्रवेश गरेको हुँ’ ग्रिल उद्योगमा काम गर्ने एक जनाले भने,‘सबैजना यसरी नै प्रहरीलाई मिलाएर आइरहेका छन्।’

‘भीडभाडमा जानुभयो कि ?’

लकडाउन खुलेपछि तपाईं भीडभाडमा जानुभयो कि ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको प्रश्न हो यो। सर्वसाधारणको दैनिकी सहज होस् भनेर लकडाउन खुलाइएपछि कोरोनाको जोखिम झनै बढेको उल्लेख गर्दै उनले थप सतर्क रहन आग्रह गरे।

‘कोरोना जोखिम बढाउने डिएनए नियान्डर्थलको विरासत’

नियान्डर्थलका केही वंशानुगत गुणले उद्विकासमा सहयोग गरेको पाइन्छ। म्याक्स प्लान्क इन्स्टिच्युटका डा. जेबर्ग, डा.पाबो र डा.जेनेट केल्सोको मेमा प्रकाशित एक अध्ययनले एकतिहाइ युरोपेली महिलामा ‘नियान्डर्थल हर्मोन रिसेप्टर’ रहेकोले तिनको प्रजनन शक्ति बढाएको र गर्भपतन घटाएको देखाएको थियो।

७५ दिनदेखि बन्द कार्यालय अब खुल्ने

कोरोना भाइरस (कोभिड–१९)जोखिमका कारण लामो समयदेखि बन्द सरकारी कार्यालयहरु अब बिस्तारै खोलिने भएको छ । कोरोना जोखिमका कारण सरकारले देशभर लकडाउन गर्ने निर्णयगरेसँगै ७५ दिनदेखि बन्द रहेका कार्यालयहरु अब बिस्तारै खोलिने भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्