८ वैशाख २०८१ शनिबार

आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टै: सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदबाट छिट्टै पारित गरिने बताएकी छन्।

पानी परेपनि काठमाडौँको वायु प्रदूषण अस्वस्थकर, सफा हुन समय लाग्ने

काठमाडौँको वायु प्रदूषण अझैपनि घातक स्तरमै रहेको छ। एक्यू एयरका अनुसार अहिले मध्याह्न १२ बजे काठमाडौँको वायु प्रदूषणको तह १७१ मापन गरिएको छ।

पर्यटनलाई ध्यानमा राखेर भाेलिदेखि २४सै घण्टा ठमेल र दरबारमार्ग खुल्ने

पर्यटनलाई ध्यानमा राखेर भाेलि वैशाख १ गतेदेखि२४ सै घण्टा काठमाडौंका प्रमुख पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग खुल्ने भएको छ।

पाहाचह्रे चाड किन मनाइन्छ?

काठमाडौँ उपत्यकामा मनाइने चाडमध्ये पाहाचह्रे एक हो। घोडेजात्राको अघिल्लो दिन कृष्ण चतुर्दशीका दिन यो चाड मनाइन्छ।

ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुला गर्न विशेष सुरक्षा योजना तयार

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख,प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको बताएका छन्।

काठमाडौँमा वायु प्रदूषणको तह खतरामै

एक्यू एयरका अनुसार काठमाडौँमा वायु प्रदूषणको तह खतरामै रहेपनि हाल दिल्ली सबैभन्दा धेरै प्रदूषित सहर बनेको हो।

खालि भित्ता चित्रले रङ्गाउँदै काठमाडौँ महानगर

महानगरले सुन्धाराको टेलिकम भवनको भित्ताबाट चित्र कोर्न सुरु गरेको छ। भित्तामा विभिन्न नेवारी संस्कृति र काठमाडौँको सम्पदाका चित्रहरू कोरिएको छ।

ठुला सहर झिलिमिली पार्दै सरकार

योजना अन्तर्गत मुख्य सहरका सडकहरूमा आधुनिक बत्तीहरू जडान गर्ने तयारी सुरु गरेको छ। योसँगै व्यस्त सडकहरूमा आधुनिक ट्राफिक लाइटहरू पनि जडान गरिनेछ।

काठमाडौँको वायु प्रदूषण खतराको तहभन्दा माथि, दिउँसो थप घातक स्थितिमा पुग्ने चेतावनी

काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज दिउँसो घातक स्थितिमा पुग्ने चेतावनी दिइएको छ।

प्रतियोगितामा भाग लिए कारबाहीको चेतावनी

चौथो राष्ट्रिय फ्रेन्डसिप खुला तेक्वान्दो प्रतियोगिता वैशाख २ गते काठमाडौंमा आयोजना हुने भएको छ।

युवामय उपचुनावको अर्थ

पत्याउनै नसकिने विषय र जनताले पूर्णरूपमा विश्वास गरेर सरकारमा पठाएका जनप्रतिनिधि नै भ्रष्टाचारमा रमाउने भएपछि राजनीतिकर्मीलाई कसरी विश्वास गर्ने ? प्रत्येक दिन भ्रष्टाचार र अनियमितताका खबर सुन्दा शिक्षित वर्ग त रातो मुख लगाउँछौँ भने दूरदराजका नागरिकलाई कस्तो प्रभाव पर्दो होला।

व्यवस्था विरोधी प्रदर्शन गर्दै राप्रपा, निषेधित क्षेत्र तोड्ने तयारी

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौं उपत्यकामा व्यवस्था परिवर्तनको माग राख्दै प्रदर्शन गर्न लागेको छ।

काठमाडौंलाई प्रदूषणबाट बचाऔं!

विश्वकै प्रदूषित सहरको सूचीमा राजधानी काठमाडौँ पहिलो नम्बरमा रहेको समाचार प्रकाशित भएपछि अधिकांश सर्वसाधारणले सरकार, राजनीतिक नेतृत्व र मेयरलाई बधाई दिए।

दश बङ्गलादेशीलाई अध्यागमनमा बुझाइयो

भिसा सकिएर नेपालमा अवैध रुपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आइतबार अध्यागमन विभागमा बुझाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्