२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

अपहरणमा परेका नाइजेरियाका २ सय ७९ छात्रा रिहा

अपहरणमा परेका नाइजेरियाका छात्राहरु मुक्त भएका छन्। देशको उत्तरी क्षेत्रमा रहेको निजी विद्यालयबाट अपहरणमा परेका सबै २७९ जना रिहा भएका हुन्। अपहरणमा परेका सबै जना छात्रा रहेको जनाइएको छ। उनीहरुलाई सरकारी संरक्षणमा राखिएको सरकारी अधिकारीहरुले मङ्गलबार एएफपीलाई जानकारी दिएका छन।

नाइजेरियामा विद्यालयबाट अपहरित विद्यार्थीसहित ४२ जना रिहा

पछिल्ला वर्षहरूमा नाइजेरियामा डाँका समूहले विद्यार्थीलाई बन्धक बनाई लाने र फिरौती माग्ने, बलात्कार गर्ने र उनीहरूको महत्वपूर्ण सम्पत्ति लुट्ने गरेका घटनाहरू पटकपटक सञ्चारमाध्यममा आएका छन्।

नाइजेरियामा सशस्त्र समूहद्वारा ३१७ विद्यार्थी अपहरण

नाइजेरियाको उत्तरपश्चिम क्षेत्रबाट एक सशस्त्र समूहले शुक्रबार ३ सय१७ विद्यार्थीलाई अपहरण गरेको प्रहरी पुष्टि गरेको छ।

नाइजेरियामा जिहादी आक्रमण, ६९ जनाको मृत्यु

नाइजेरियाको उत्तरपूर्वी गाउँमा आतंकवादी समूह इस्लामिक स्टेट्ससँग आबद्ध लडाकूहरुको आक्रमणबाट मृत्यु हुनेको संख्या ६९ पुगेको नाइजेरियाली सेनाले बुधबार जनाएको छ।

उत्तरी नाइजेरियामा भिषण सैनिक अपरेशन

नाइजेरियाको उत्तरपश्चिम कडुना राज्यमा जारी भिषण सैन्य कारबाहीमा कम्तीमा ७० जना बन्दुकधारी मारिएका सैनिक प्रवक्ताले बताएका छन्।

उत्तरी नाइजेरियामा लुटेरा समूहको आक्रमणमा कम्तीमा ५० को मृत्यु

उत्तरी नाइजेरियाको विभिन्न गाउँमा भएका लुटेरा समूहको आक्रमणमा परी कम्तीमा ५० व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्। लुटेराहरूले चौपाया चोरी गर्ने र अपहरण गर्ने क्रममा गाउँलेहरूले प्रतिकार प्रयास गर्दा उनीहरूमाथि आक्रमण भएको नाइजेरियाको प्रहरीले बताएको छ।

नाइजेरियामा तीस जनाको विभत्स हत्या

हतियारधारी समूहको आक्रमणमा परी अफ्रिकी मुलुक नाइजेरियामा ३० जनाको मृत्यु भएको छ। देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रमा भएको हिंसात्मक घटनामा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।

नाइजेरियामा ‘लासा’ ज्वरोबाट ७० को मृत्यु

नाइजेरियामा ‘लासा’ नाम दिइएको ज्वरोबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तीमा पनि ७० पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।

‘बेबी फ्याक्ट्री’ बाट १९ गर्भवती महिलाको उद्धार

नाइजेरियाको लागोस सहरस्थित एक घरबाट प्रहरीले १९ जना गर्भवती महिलालाई मुक्त गरेको छ। प्रहरीले सो क्षेत्रलाई ‘बेबी फ्याक्ट्री’ अर्थात् शिशु उत्पादन कारखानको रूपमा अथ्र्याएको छ।

बोको हरामको आक्रमणमा ५५ जनाको मृत्यु

नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतंककारी संगठन बोको हरामले गरेको आक्रमणमा कम्तीमा ५५ जना गाउँलेको मृत्यु भएको छ। बोर्नोका गभर्नर बाबागाना उमारा जुलुमले बोर्नो राज्यको नागान्जाई क्षेत्रका बाडु मलाम क्यारिरी, जावा र लामिसुला बुकार बुलाला गाउँमा बोको हरामले शनिबार बिहानैदेखि आतंकको अवस्था सिर्जना गरेको जानकारी दिएका छन्।

‘अफ्रिकामा उत्पादन उद्योगको आवश्यकता छ’

नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले अफ्रिकालाई अहिले व्यापार नीतिको मात्र नभई समग्र अफ्रिकी महादेशलाई नै उत्पादन उद्योगको आवश्यकता रहेको बताएका छन्।

इन्धन ट्याङ्कर विस्फोट हुँदा ३५ को मृत्यु

नाइजेरियाको दक्षिणी क्षेत्रमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ।

उत्तरपश्चिम नाइजेरियामा २२ किसानको हत्या

नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतङ्ककारी समूह बोको हरामले गरेको आक्रमणमा परी २२ जना किसानको मृत्यु भएको प्रहरीले जनाएको छ । दमासाक शहरबाट ५० किलोमिटर टाढा रहेको नाम्गाम गाउँमा सोमबार किसानहरुको एक समूहलाई बोको हराम लडाकूले आक्रमण गरेको र सो आक्रमणमा परी २२ जनाको मृत्यु भएको सैनिक अधिकारीहरुले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

नाइजेरियाको राष्ट्रपतिमा मोहम्मदु बुहारी पुनः निर्वाचित

अफ्रिकाको ठूलो लोकतान्त्रिक मुलुक नाइजेरियाको राष्ट्रपतिमा मोहम्मदु बुहारी दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनु भएका छन्।

नाइजेरियामा नयाँ राष्ट्रपतिका लागि ७३ उम्मेदवार

नाइजेरियामा नयाँ राष्ट्रपतिका लागि ७३ जना उम्मेदवारहरु चुनावी मैदानमा देखिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्