१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

निषेधित क्षेत्र घोषणासँगै माइतीघर थापाथली सर्भिस लेन सडक सञ्चालनमा

जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेसँगै माइतीघर हुँदै थापाथली जाने सडक लेन सञ्चालनमाआएको छ।जिल्ला प्रशासन कार्यालयले मंसिर ४ गतेदेखि माइतीघर क्षेत्रमा आन्दोलन तथा विरोधका कार्यक्रम गर्न निषेधाज्ञा गरेसँगै माइतीघरमा आन्दोलनरत पक्षलाई पनि हटाएको छ।

रसुवागढी नाका जोड्ने सडक ५ दिनपछि खुल्यो

बिहीबारदेखि अवरुद्ध भएको नाका जोड्ने सडक सञ्चालनमा आएको छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकको कुलुङमा क्षेत्रमा झरेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो ।

वर्षायाममा सडक नियमित सञ्चालन गर्न जिम्मेवारी तोकियो

वर्षायाममा पहिरो तथा हिलोका कारण सडक अवरुद्ध हुने कुरालाई मध्यनजर गर्दै सडक नियमित सञ्चालन गर्न जिम्मेवारी तोकिएको छ। जिल्ला विपद् व्यवस्थापन समिति रसुवाले वर्षाका समयमा जिल्लाको ६ वटा सडक खण्डलाई नियमित सञ्चालन गर्न जिम्मेवारी तोकिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्