मैतिदेवी वडा कार्यालयबाट राहत सामग्री लिँदै सर्वसाधारण (फोटोसहित)
सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण तथा जोखिमलाई नियन्त्रण गर्न राष्ट्रव्यापी आपतकालीन लकडाउन गरेको ११ औं दिन पुगेको छ।
सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण तथा जोखिमलाई नियन्त्रण गर्न राष्ट्रव्यापी आपतकालीन लकडाउन गरेको ११ औं दिन पुगेको छ।
कोभिड-१९ को आशंकामा बुधबारसम्म १ हजार १ सय ३३ को नमुना परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले मुलुकभर अहिले सम्म १ हजार १ सय ३३ को नमुना परीक्षण गरिएको जानकारी दिएका हुन्। उनले कोरोना भाइरसका पोजेटिभ केससँग सम्पर्कमा रहेका तथा नजिकका आफन्तको पछिल्ला नमुना परीक्षण नेगेटिभ आएको बताए।
विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड-१९(कोरोना भाइरस)को त्रास जिल्लाभर बढीरहेको बेला जिल्लाका जनप्रतिनिधिहरु भने अहोरात्र प्रकोप रोकथामका लागि दौडधुप गरिहेका छन्। कोरोनाको त्रासका कारण सरकारले लामो समय विदा दिएपछि शहर र विदेशबाट समेत मानिसहरु जिल्ला तथा गाउँमा भित्रिएपछि यतिबेला अधिकांश जनप्रतिनिधिहरु हैरान बनेका छन्। उनीहरु हैरान नमानी प्रकोप रोकथाम गर्न र नागरिकलाई प्रकोपबाट जोगाउन यतिबेला दिनरात नभनिकन जिम्मेवारीमा खटिरहेका छन्।
नेपाली स्वास्थ्यकर्मीलाई व्यक्तिगत सरसफाइ र सुरक्षाका सामग्रीको उपयुक्त प्रयोगका साथै रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने वस्तु सेवन गर्न चिनियाँ चिकित्सकले सुझाएका छन्।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लडिरहेको नेपाललाई सहयाेग गर्न काेरियामा रहेका नेपालीहरुले १ करोड १५ लाख रुपैयाँ (११ करोड ९८ लाख ९३ हजार ४ सय २२ वोन) संकलन गरेका छन्।
विश्वभरी महामारीको रुपमा फैलिएका कोरोना भाइरस (कोभिड-१९) को संक्रमण हुनबाट जोगाउन विभिन्न निकायले आ–आफ्नो क्षेत्रबाट सहयोग जुटाउन थालेका छन्। यसका लागि विभिन्न कोष खडा गरी व्यक्तिगत र संस्थागत रुपमा सहयोग संकलन गरिएको छ। यसैक्रममा बाँकेको डुडुवा गाउँपालिकाले ७ लाखको ‘आकस्मिक कोष’ स्थापना गरेको छ।
जिल्ला अस्पताल डोल्पाका स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा उपकरण आफै बनाएका छन्। कोरोना भाइरस (कोभिड-१९) ले देश लकडाउन भएको अवस्थामा स्वास्थ्य विभागले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) समयमा उपलब्ध नगराएपछि जिल्ला अस्पतालका डाक्टरहरुले बजारकै प्लाष्टिकबाट व्यक्तिगत सुरक्षा उपकरण आफै निर्माण गरेर प्रयोगमा ल्याएका हुन। बिरामीलाई उपचारका क्रममा सुरक्षित रहन प्लाष्टिकका पीपीई निर्माण गरेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबी शर्माले जानकारी दिइन्।
खुला सिमानामा बस्नेलाई जति फाइदा छ, सीमा सुरक्षामा उत्तिकै चुनौती पनि छ। यतिबेला खुला सिमानामा वेरोकटोकमा भईरहेको आवागमनले ‘कोरोना भाइरस’ को सुरक्षा चुनौती बढेको हो’ बर्दियाका एसपी राजेश नाथ वास्तोलाले पहिलो ऐजेण्डा प्रस्तुत गर्दे भने, ‘यति बेला सीमामा कोरोना भाईरस’ संक्रमित मूख्य चुनौती बनेको छ, भने लागुऔषध तथा मानव वेचविखन जस्ता बिषय सहायकका रूपमा अहिले देखिएका छन्।’ एकातिर सीमा आसपासका सर्वसाधारणले खुला सीमालाई जीवनयापन सहज भएपनि संक्रमित आवागमन भएमा ‘कोरना भाईरस’ सर्ने उच्च जोखिम भएको उनले बताए।