११ मंसिर २०८१ मंगलबार
image/svg+xml

इन्टरनेट सेवा शुल्क कम गर्छौं : सञ्चारमन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा नेपालमा सस्तो रहेको र मोबाइल इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा बढी भए पनि कम गर्दै लैजाने बताएका छन्।

अब ५ हजारमा वर्षभरी इन्टरनेट !

नेपाल दुरसञ्चार प्राधिकरणले सस्तो शुल्कमा इन्टरनेट सेवा उपलब्ध गराउन गृहकार्य गरिरहेको छ। सरकारको नीतिअनुसार प्राधिकरणले उपभोक्तालाई ५ हजारमा वर्षभरी इन्टरनेट उपलब्ध गराउन गृहकार्य गरिरहेको अध्यक्ष दिगम्बर झाले जानकारी दिए।

चार जिल्लामा टेलिकमको निःशुल्क इन्टरनेट

नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट र रसुवाका विभिन्न ठाउँमा निःशुल्क इन्टरनेट उपलब्ध गराएको हो ।

टेलिकमकाे निःशुल्क इन्टरनेट सेवा

नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका १८७, काभ्रेपलाञ्चोक जिल्लाका २८९, नुवाकोट जिल्लाका १५९ र रसुवा जिल्लाका ४० स्थानमा सो सेवा सञ्चालनमा ल्याइसकेको छ।

मेगा बैंकमा इन्टरनेटबाटै खाता खोल्न सकिने

मेगा बैंक नेपाल लिमिटेडले स्वदेश तथा विदेशमा रहेका ग्राहकले इन्टरनेटबाटै खाता खोल्न सक्ने सुविधा ल्याएको छ । ग्राहकलाई नविनतम सुविधा थप्दै जाने क्रममा बैंकले स्वदेशी तथा विदेशी नागरिकलाई इन्टरनेटमार्फत खाता खोल्न सकिने अत्याधुनिक अनलाइन सुविधा ल्याएको जनाएको छ।

भारतबाट ल्याएको इन्टरनेट पनि महँगो

विश्वमै इन्टरनेट शुल्क घटिरहेको बेला नेपाल भने भारतबाट महँगो मूल्यमा इन्टरनेट किन्न बाध्य छ । नेपालमा फोन गर्दा उच्च मूल्य राखेको भारतले नेपाललाई बेच्ने ब्यान्डविथ पनि महँगो रहेको सरोकारवालाले बताएका छन्।

इन्टरनेटबाटै सेयर खरिद–बिक्री आदेश दिन सकिने

फोन, एसएमएस र ब्रोकर कार्यालयमा गएर खरिद–बिक्रीको आदेश दिँदै आएका लगानीकर्ताले अब त्यस्तो झन्झट उठाउनु नपर्ने भएको छ। सेयर किनबेचमा सहजीकरण गर्दै धितोपत्र बोर्डले इन्टरनेटमार्फत खरिद–बिक्रीको आदेश दिन सक्ने व्यवस्था गरेपछि लगानीकर्ता ब्रोकरसम्म पुग्नु नपर्ने भएको हो।

जुम्लाका सबै स्थानीय तहमा इन्टरनेट सेवा

जुम्लाका एक नगरपालिका सहित ७ गाउँपालिकामा इन्टरनेट सेवा सञ्चालनमा आएको छ। जिल्लाको तिला, हिमा र सिजा गाउँपालिकामा इन्टरनेट सेवा सञ्चालनमा आईसकेको छ भने तातोपानी, गुठिचौर,पातारासी, कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकामा आगामी आइतबार देखि एकैसाथ इन्टरनेट सेवा सञ्चालनमा आउन आउँनेछ।

राजधानीमा जम्मा भए ६५ देशका इन्टरनेट विज्ञ

आइतबारदेखि राजधानीमा एसिया प्यासिफिक इन्टरनेट समिट एप्रिकोट २०१८ सुरू भएको छ । ६५ देशका झन्डै हजार सहभागी रहेको २३औं सम्मेलन अति कम विकसित मुलुकमै पहिलो पटक भएको हो।

प्रदेश १ का सार्वजनिकस्थलमा एक वर्षभित्र ब्रोडब्यान्ड इन्टरनेट

मुलुकका प्रत्येक क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने नीति अनुरुप नेपाल दूरसञ्चार प्राधिकरणले प्रदेश नम्बर १ मा वर्ष दिनभित्र पुर्याउने योजना अघि सारेको छ । प्राधिकरणले प्रदेश नम्बर १ का पाँच जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्न भन्दै बुधबार इन्छुक कम्पनीसँग आवेदन माग गरेको छ ।

इन्टरनेटमार्फत कोदो–फापर परिकारको प्रचार

गाउँघरमा कुअन्न भनी हेपिएका खाद्यान्नबाट बनाइएका परिकारलाई इन्टरनेटको माध्यमबाट विश्वभर प्रचार गरिने भएको छ । नेपाल पर्यटन बोर्ड, होटल एसोसिएसन अफ नेपाल (हान) र सेफ एसोसिएसन आफ नेपालको पहलमा यस्ता खाद्यान्नबाट बनेका परिकारलाई विश्वभर प्रचार गरिने भएको हो । मकै, कोदो, फापरबाट बन्ने परिकारका साथै विभिन्न नेपाली खानेकुरालाई इन्टरनेटका माध्यमबाट प्रचार गर्नुका साथै तिनका रेसिपीलाई समेत विश्वव्यापी बनाउन लागिएको छ।

चिनियाँ इन्टरनेटबाट फाइदा लिन व्यापकताको खाँचो

भारततर्फको निर्भता तोड्दै चीनसँग जोडिएको नयाँ इन्टरनेट कनेक्टिभिटीबाट उपभोक्ताले फाइदा लिन अझै केही समय लाग्ने भएको छ । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीचको व्यावसायिक सम्झौताले भविष्यको इन्टरनेट सेवामा सकारात्मक प्रभाव पर्ने सम्बिन्धत विज्ञहरूको भनाइ छ।

कामपाको इन्टरनेट राख्ने कार्य अन्यौलमा

काठमाडौँ महानगरपालिकाले खुल्ला सार्वजनिक स्थानमा इन्टरनेटको व्यवस्था गर्ने काम बजेटका कारण अन्यौल भएको छ ।

स्थानीय तहमा फ्रि इन्टरनेट

सरकारले प्रदेश नम्बर ५ अन्तर्गत २ जिल्लाका स्थानीय तहहरूमा निशुल्क इन्टरनेट सुविधा सञ्चालन गर्ने भएको छ । यो कामका लागि ठेक्का प्रक्रियामा समेत टुंगिसकेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए ।

५५ स्थानमा टेलिकमको निःशुल्क इन्टरनेट

नेपाल टेलिकमले भूकम्प प्रभावित जिल्लाका ५५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । वाइम्याक्स, इभिडिओ तथा थ्रिजी प्रविधिमार्फत उक्त सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ । सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ केबिपिएस गतिको अनलिमिटेड इन्टरनेट सेवा दुई वर्षसम्म निःशुल्क चलाउन पाउने छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्