११ मंसिर २०८१ मंगलबार
image/svg+xml

चिनियाँ इन्टरनेट चलाउने अन्तिम तयारी

अन्तिम तयारी भइसकेको नेपाल–चीन जोड्ने स्थल केबुल मार्ग (इन्टरनेट) को व्यवसायिक सञ्चालन गर्न नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबल (सिटिजी) लाई आग्रह गरेको छ। गत हप्ता सिटिजीलाई पत्राचार गर्दै सबै तयारी पूरा भएकाले व्यवसायिक सुरुवात गर्न स्वीकृति माग्दै टेलिकमले पत्राचार गरेको हो ।

सगरमाथा आधार शिविरमा इन्टरनेट

सगरमाथा आधार शिविरमा इन्टरनेट सेवा पुगेको छ । एभरेस्ट लिंक नामक कम्पनीले दुई करोड रुपैयाँको लगानीमा सगरमाथाको आधार शिविरमा इन्टरनेट सेवा सञ्चालन गरेको हो । सगरमाथा आरोही तथा पर्यटन व्यवसायीलाई विश्वसँग जोड्ने उद्देश्यका साथ इन्टरनेट सेवा सञ्चालन गरिएको एभरेस्ट लिंकले जनाएको छ ।

राजधानीमा निःशुल्क इन्टरनेट

सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस क्षेत्र र सिनामंगलको सञ्चारग्राम क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउने

सिंहदरबार, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क इन्टरनेट

सरकारले सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ। सो क्षेत्रमा आगामी दुई वर्षसम्मका लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउने गरी सरकारले योजना अगाडि बढाएको छ। सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस क्षेत्र र सिनामंगलको सञ्चारग्राम क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउन प्रक्रिया अगाडि बढिसकेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।

केटाकेटीलाई इन्टरनेट

केटाकेटीको पहुँचमा इन्टरनेट हुँदा कत्तिको राम्रो र कत्तिको नराम्रो भन्ने बहस संसारभरि नै छ । अझ हिजोआज त फेसबुक, युट्युब तथा ट्वीटरजस्ता सामाजिक सञ्जालको दुष्प्रभावबाट बचाउन निकै गाह्रो छ । बेलायतको एजुकेसन पोलिसी इन्स्टिच्युटले गरेको एउटा नयाँ शोधमा शोधकर्ताले यस्तै कुरा पत्ता लगाएका छन् ।

दुई वर्षभित्र प्रत्येक वडामा ब्रोडब्यान्ड इन्टरनेट

सरकारले आगामी दुई वर्षभित्र गाउँगाउँमा ब्रोडब्यान्ड पुर्‍याउने योजना सार्वजनिक गरेको छ। सोमबार व्यवस्थापिका संसदमा आर्थिक वर्ष ०७४/७५ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले ब्रोडब्यान्ड इन्टरनेट सेवालाई वडास्तरसम्म विस्तार गर्ने बताए।

ह्‌याकरको निसानामा नेपाली बैंक र इन्टरनेट कम्पनी

नेपाली इन्टरनेट सेवाप्रदायक र बैंकहरूले ‘सर्भर’को ‘कोर सिस्टम’ का लागि ‘लिनक्स’ चलाउने गरेकाले आक्रमण हुने सम्भावना कम देखिएको छ । प्रशासनिक र अन्य कामका लागि भने ‘विन्डोज’ चलाइएकाले यस्ता कम्प्युटरमा आक्रमणको खतरा धेरै छ ।

भूकम्प प्रभावित चार जिल्लामा निःशुल्क इन्टरनेट

भूकम्पबाट अति प्रभावित चार जिल्लाका बासिन्दाले निःशुल्क द्रुत गतिको इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन्। नेपाल टेलिकमले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा द्रुतगतिको इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरणसँग सम्झौता गरेको छ।

हरेक दिन इन्टरनेटमा जोडिन्छन् ६ हजार नेपाली

हरेक दिन कति नेपाली इन्टरनेटमा जोडिएलान् ? दुई–चार सय वा हजार ? दुई–चार सय वा एक हजारसम्मको अनुमान गर्दै हुनुुहुन्छ भने तपाई गलत हुनुहुन्छ । सरकारी तथ्याङ्क अनुसार हरेक दिन ६ हजारभन्दा बढी नेपाली इन्टरनेटमा जोडिने गरेका छन् ।

सेयर किनबेच आदेश इन्टरनेटबाट

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीलाई इन्टरनेटमार्फत खरिद बिक्री आदेश दिन सक्ने व्यवस्था गर्न परिपत्र गरेको छ। लगानीकर्ताले धितोपत्रको खरिद–बिक्री आदेश दिँदा ब्रोकर कम्पनीबाट सम्बन्धित लगानीकर्तालाई केवाइसीको आधारमा लगानीकर्ता स्वयंलाई युजर नेम र पासवर्ड दिई इन्टरनेटमार्फत खरिद–बिक्री आदेश दिन सक्ने व्यवस्था गर्न निर्देशन दिएको हो।

इन्टरनेट बन्द!

अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका जेफ हेनककले मनोवैज्ञानिक र सामाजिक प्रक्रिया अध्ययन गर्ने गर्छन्। उनले केही समयअघिदेखि इन्टरनेट बन्द हुँदाका अवस्थामा के होला यो संसार भन्नेबारे प्रयोग गरिरहेका छन्।

इन्टरनेटको लत डिप्रेसनभन्दा खतरनाक

पूर्वी चीनको एडिक्सन ट्रिटमेन्ट सेन्टरमा यतिबेला ६ हजारभन्दा बढी इन्टरनेटका लत लागेकाहरु उपचाररत् छन्। तीमध्ये अधिकांश किशोरकिशोरी छन्। तिनलाई लत छुटाउन विद्युतीय सक थेरापीसमेत दिने गरिन्छ।

इन्टरनेटको लत छुटाउने एप

गाउँ, सहर जतासुकै इन्टरनेट हिजोआज सबैको आवश्यकताको विषय बन्न पुगेको छ। इन्टरनेटबिनाको जीवन हिजोआज कल्पनासमेत गर्न सकिन्न। यस्तो अवस्थामा इन्टरनेट एउटा लतसमेत बन्न पुगेको छ। यसमा सोसल मिडियाले हामीलाई झनै पागल बनाइदिएको छ।

वर्ल्डलिंकले ल्यायो सस्तो दरमा अनलिमिटेड इन्टरनेट सेवा

वर्ल्डलिंक कम्युनिकेशन्सले २ एमबिपिएस गतिको इन्टरनेट सस्तो दरमा उपलब्ध गराउने भएको छ। कम्पनीले २ एमबीपिएस अनलिमिटेड प्लान ११५० रुपैयाँमा उपलब्ध गराउने जनाएको हो। ग्राहकले यस्तो प्लान १ वर्षको खरिद गर्दा जडान खर्चमा छूटका साथै निःशुल्क फाइबर राउटर प्राप्त गर्ने समेत कम्पनीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्