४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

मोरङमा सात जना जुवाडे पक्राउ

मोरङको लेटाङबाट प्रहरीले ७ जना जुवाडेलाई पक्राउ गरेको छ। मंगलबार बिहान २ बजेतिर जुवा खेल्दै गर्दा नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

गोरखामा १२ जुवाडे पक्राउ

गोरखा नगरपालिका ४ पन्थेश्वाँराबाट गएराती १२ जना जुवाडे पक्राउ परेका छन्। एक लाख ४६ हजार रुपैयाँ नगद सहित कौडा खेलीरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको एसपी सुरेन्द्र गुरुङले बताए।

दुई लाख नगदसहित ६ जना जुवाडे पक्राउ

मोरङको बेलाबारी नगरपालिका–४ स्थित गर्जुराम टोजको एक घरबाट प्रहरीले शुक्रबार साँझ ६ जना जुवाडेलाई पक्राउ गरेको छ। बेलाबारी–४ का अशोकर राईको घरमा जुवा खेलिरहेको अवस्था नगदसहित ६ जना जुवाडेलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।

भक्तपुरबाट नौ जुवाडे पक्राउ

भक्तपुर प्रहरीले नौ जुवाडेलाई नियन्त्रणमा लिएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा ९ फैढोकास्थित सरोज थापाले कुखुरा पालनका लागि बनाएको टहरामा तास खेलिरहेका उनीहरुलाई प्रक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

पाँचथरमा २३ जुवाडे जना पक्राउ

पाँचथर सदरमुकाम फिदिमको बजार क्षेत्रमा रहेको एक घरमा जुवा खेलिरहेका २३ जनलाई प्रहरीले पक्राउ गरेको छ । रातिको समयमा जुवा खेलिरहेका उनीहरुलाई पैसा, कौडासहित प्रहरीले पक्राउ गरेको हो।

धरौटीमा रिहा भए 'भीआईपी जुवाडे'

कमलादीस्थित एक होटलमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ९ जना व्यापारी धरौटीमा रिहा भएका छन्। उनीहरुलाई जनही ३० हजार धरौटीमा रिहा गरिएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौले उनीहरुलाई आज जनही ३० हजार धरौटी माग गरेपछि धरौटी बुझाएर रिहा भएका हुन्।

छ लाखसहित १६ जुवाडे पक्राउ

नेपाल प्रहरीले छ लाख २५ हजार रुपैयाँसहित १६ जुवाडे पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख रञ्जितसिंह राठौर नेतृत्वको प्रहरी टोलीले तारकेश्वर नगरपालिका–९ शुभकामना चोकमा घर भाडा लिएर बस्ने दिनेश पन्तको कोठामा जुवा खेल्ने १६ जनालाई शुक्रबार राति पक्राउ गरेको हो।

२२ लाखसहित १६ जुवाडे पक्राउ

प्रहरीले गएराति धनगढी उपमहानगरपालिका–३ स्थित एक व्यक्तिको घरबाट नगदसहित १६ जुवाडे पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले प्रहरी टोलीले वडा नं ३ रोस हाउस रेष्टुरेन्ट पछाडि रहेको तिलक अधिकारीको घरमा जुवातास खेलाइराखेको अवस्थामा नगद रु २२ लाख ८२ हजारसहित जुवाडे पक्राउ गरिएको जानकारी दिए।

धुलिखेलबाट नौ लाखसहित जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय काभ्रपलाञ्चाेकले धुलिखेल नगरपालिका–९ रानाछापका महेश रानाभाटको घरबाट गएराति साढे नौ लाख रुपैयाँसहित २३ जुवाडेलाई पक्राउ गरेको छ ।

‘जुवाडे’ अस्पतालमा

जुवा खेलेको आरोपमा कात्तिक ९ गते महाराजगन्जस्थित एक घरबाट समातिएका ‘जुवाडे’ मा स्वास्थ्य समस्या देखिएपछि उनीहरुमाथि कारबाही अघि बढाउन नसकिएको प्रहरीले जनाएको छ।

नगदसहित जुवाडे पक्राउ

इलाका प्रहरी कार्यालय माडीले रु एक लाख ७९ हजार ६५० सहित पाँच जुवाडे पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार राति माडी नगरपालिका वडा नं ६ मा जुवा खेलिरहेको समयमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

कुखुराको खोरमा जुवा खेलिरहेका २५ जुवाडे पक्राउ

आज बिहान एक स्थानीयवासीको कुखुराको खोरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक धनबहादुर थापाले बताए ।

खैरहनीबाट २० जुवाडे पक्राउ

पूर्वी चतवनको खैरहनीबाट २० जना जुवाडे पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी टोलीले खैरहनी नगरपालिका–१ सिमलघारीमा गए राति कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्