९ मंसिर २०८१ आइतबार
image/svg+xml

समता अस्पतालमा युवती झुण्डिएको अवस्थामा फेला, आफन्तद्वारा तोडफोड

बौद्धस्थित समता अस्पतालमा क्लिनरको रुपमा कार्यरत एक युवती झुण्डिएको अवस्थामा फेला परेकी छिन्। क्लिनरको २७ वर्षीया बिमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।

विद्यालयमा मदिरा सेवन गरी तोडफोड

युवाहरुको समूहले जिल्लाको मध्य क्षेत्रस्थित गैरमा रहेको विद्यालयमा मदिरा सेवन गरी तोडफोड गरेका छन्। कविलासी नगरपालिका–७, गैरमा रहेको श्री माध्यमिक विद्यालयमा तोडफोड भएको हो।

उद्योग वाणिज्य संघका अध्यक्ष धरौटीमा रिहा

प्रदेशसभा सदस्य कृष्ण खनालकै उपस्थितिमा भएको सो घटनामा प्रहरी सहायक निरीक्षक कल्पना खड्का जलेर गम्भीर घाइते भएकी थिइन।

एभिन्युज टेलिभिजनको कार्यालयमा तोडफोड

वीरगन्ज श्रीपुरस्थित एभिन्युज टेलिभिजनको प्रदेश २ ब्युरो कार्यालयमा तोडफोड भएको छ। मुखमा कालोपट्टी बाँधेका केही युवाले कार्यालयमा तोडफोड गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए। तोडफोडमा फ्लेक्स, साइनबोर्ड, झ्यालढोका र क्यामेरा पर्सन जाकिर हुसैनको क्यामरामा क्षति पुगेको छ।

अज्ञात समूहद्वारा गाउँपालिका कार्यालय तोडफोड

जिल्लाको गजुरी गाउँपालिकाको कार्यालयमा तोडफोड भएको छ। बिहीबार राति अज्ञात समूहले तोडफोड गरी सामानहरू चोरी गरेको हो। गाउँकार्यपालिकाको कार्यालयको मूलढोकासहित सबै कार्यकक्षका ढोका फुटाइएका छन् भने दराज र टेबुलका घर्राहरू फुटाई सामानसमेत चोरी गरिएको हो।

मेरी बास्सैका राजु मास्टरका गफ

विप्लव माओवादीप्रति गृह प्रशासन किन लचिलो ? काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हिंसात्मक गतिविधी बढ्दै गर्दा सरकारको भूमिकामाथि प्रश्न पनि शुरु भएको छ। पछिल्लोपटक सर्वसाधारणको ज्यान लिने गरी राजधानीमै बम विस्फोट गराइएपछि सरकारको भूमिकामाथि प्रश्नचिन्ह उठ्न थालेको हो। शुक्रबार साँझ उक्त माओवादी घटकले देशैभर रहेका दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका टावर तथा बीटीएसहरुमा बम विस्फोट गरी क्षति पुर्‍याएको थियो। सोही क्रममा ललितपुर नख्खुस्थित एनसेलको मुख्यालयमा विस्फोट हुँदा एक जना सर्वसाधारणको निधन भयो भने २ जना सर्वसाधारण घाइते भए। एक दशकको गृहयुद्ध र एक दशककै संक्रमणकालबाट गुज्रिएर शान्ति तथा स्थिरताको यात्रा शुरु गरेको भनिएको समयमा भएका यी हिंसात्मक गतिविधीले फेरी एकपटक नेपाली जनतालाई युद्धको त्रास सिर्जना गरेको छ। यद्यपि विप्लव नेतृत्वको हिंसात्मक गतिविधीको यो घटना पछिल्लो कडी मात्र हो। यसको शुरुवात पहिले नै भइसकेको थियो।

मनकामना अस्पतालमा तोडफोड

उपचारको क्रममा बिरामीको मृत्यु भएपछि भरतपुरमा रहेको मनकामना अस्पतालमा तोडफोड भएको छ। अस्पतालमा उपचारका लागि ल्याइएका बिरामीको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन्।

चिकित्सकको लापरवाहीले बालकको मृत्यु, अस्पतालमा तोडफोड, प्रहरीद्वारा हवाई फायर

झापाकाे एक अस्पतालमा उपचारको लागि ल्याइएका बालकको चिकित्सकहरुकाे लापरवाहीको कारण मृत्यु भएको छ। बिर्तामोड स्थित बिर्ता सिटी हस्पिटलका चिकित्सक र नर्सको लापरबार्हीका कारण दुई वर्षीय बालकको मृत्यु भएको आफन्तहरूले आरोप लगाएका छन्।

पाठ्यक्रम बाहिरबाट प्रश्न सोधिएको भन्दै विद्यार्थीद्वारा तोडफोड

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विज्ञान तथा प्रविधि अध्ययन संस्थानले आइतबार भएको भौतिक शास्त्र स्नातकोत्तर विषयको आंशिकतर्फका परीक्षार्थीहरु पाठ्यक्रमभन्दा बाहिरका प्रश्न सोधिएको भन्दै परीक्षा बहिष्कार गरेका छन्।

पाँच महिनादेखि गुपचुपमै कार्यदल प्रतिवेदन

चिकित्सा शिक्षा सुधारको माग गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं लाने क्रममा भएको अस्पताल तोडफोड घटनाको छानबिन प्रतिवेदन अझै सार्वजनिक हुन सकेको छैन।

एटिएम तोडफोड गर्ने पक्राउ

मुक्तिनाथ विकास बैंकको एटिएम तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सिसीटिभी फुटेजको आधारमा महानगरीय प्रहरी वृत्त वानेश्वरबाट खटिएको टोलीले सिरहा सुखीपुर नगरपालिका ६ घर भई हाल काठमाडौं ३१ देउराली क्लबमा बस्ने १८ वर्षीय किशोर यादवलाई पक्राउ गरेको हो। मंसिर ११ गते बानेश्वर शाखाको एटिएम तोडफोड गरी फरार रहेका यादव सोमबार पक्राउ परेका हुन्।

स्थानीय कामदारलाई उपेक्षा गरेपछि होटलमा तोडफोड

रूपन्देहीको तिलोत्तमा नगरपालिका–१५, वनकट्टीमा रहेको पाँचतारे (फाइभ स्टार) होटल टाइगर प्यालेस रिसोर्टका कर्मचारी र व्यवस्थापन पक्षबीच फेरि विवाद सुरु भएको छ।

हत्याको विरोधमा स्थानीयद्वारा लवनीमा प्रदर्शन, ओरोपीको घरमा आगजनी

कपिलवस्तुको सुद्धोदन गाउँपालिका– ४ मोतिभारीमा युवा नेता दिपेन्द्र चौधरीको शुक्रवार राति गोली हानी हत्या गरेको विरोधमा स्थानीयले सो क्षेत्रमा दिनभर प्रदर्शन गर्नुका साथै हत्याको आरोपमा अजित पाण्डेको घर, सवारीसाधन तथा पेट्रोल पम्पमा आगजनी तथा तोडफोड गरेका छन्।

चार सरकारी कार्यालय र दुई पसल तोडफोड गरेर चोरी

नचिनिएका समुहले खोटाङको बिजयखर्कमा चार सरकारी कार्यालय र दुई पसल तोडफोड गरेर चोरी गरेको छ। बुधबार राती दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्क वडाकार्यालय, हुलाक कार्यालय, स्वास्थ्यचौकी र चम्पावती माविको प्रशासनिक कक्षको ढोका तोडेर नगद तथा सामान चोरी गरिएको हो।

लुम्बिनी क्याम्पसमा नेविसंघकाे तोडफोड

नेपाल विद्यार्थी संघले लुम्बिनी वाणिज्य क्याम्पस बुटवलमा तोडफोड गर्नुका साथै आगजनी गरेको छ । क्याम्पस प्रमुखले ११ जना शिक्षक तथा कर्मचारी भर्ना गरिगरेको आरोप लगाउँदै नेविसंघ क्याम्पस इकाइले तोडफोड तथा आगजनी गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्