९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

अज्ञात समूहद्वारा गाउँपालिका कार्यालय तोडफोड

धादिङ - जिल्लाको गजुरी गाउँपालिकाको कार्यालयमा तोडफोड भएको छ। बिहीबार राति अज्ञात समूहले तोडफोड गरी सामानहरू चोरी गरेको हो। गाउँकार्यपालिकाको कार्यालयको मूलढोकासहित सबै कार्यकक्षका ढोका फुटाइएका छन् भने दराज र टेबुलका घर्राहरू फुटाई सामानसमेत चोरी गरिएको हो।

मध्यरातको समयमा कार्यालयभित्र प्रवेश गरी ल्यापटप दुई थान, मुभी क्यामरा एक थान, डिएसएलआर क्यामरा एक थान र केही थान हार्डडिक्ससमेत चोरी गरेको गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले बताए। ‘मध्यरातमा सुनियोजित रूपमा चोरी भएको जस्तो देखिएको छ,’ उनले भने। कार्यालयको सिसिटिभी फुटेजमा पनि हातमा पन्जा लगाएका र अनुहारमा मास्क लगाएका दुई अपरिचित युवक कार्यपालिका भवनको मूलगेट फुटाई भित्र पसेको देखिएको छ। इलेक्ट्रोनिक सामान चोरिए पनि कागाजातमा भने नोक्सानि नपु¥याएको उनको भनाइ छ।

इलाका प्रहरी कार्यालय गजुरीले चोरीबारे अनुसन्धान प्रक्रिया अघि बढाएको छ। सोही कार्यालयका प्रहरी निरीक्षक नवराज ढुंगेलले भने, ‘घटनाको सूक्ष्म अध्ययन गरिरहेका छौं, सिसी क्यामरामा कैद भएका तस्बिरहरु र गाउँपालिकामा यसअघि आवतजावत गरेका अपरिचित व्यक्तिहरुको पहिचान गर्ने काम भइरहेको छ।’ कार्यपालिका भवन तोडफोड गरि सामान चोरी भएपछि गजुरी गाउँकार्यपालिकाको आकस्मिक बैठक बसी घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ। बैठकपछि गाउँपालिका अध्यक्षद्वारा विज्ञप्ति जारी गर्दै सोच्न र कल्पनासमेत गर्न नसकिने निन्दनीय कार्यको घोर भत्र्सना तथा खेद प्रकट गरिएको छ।

प्रकाशित: २१ वैशाख २०७६ ०२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App