७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

दोहरो नागरिकताको अभियोगमा दुई जना पक्राउ

कञ्चनपुरमा दोहरो नागरिकता लिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका-५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन्।

ट्रम्पविरुद्ध मुद्दाः सरकारी दस्तावेजहरू जथाभावी राखेको अभियोग

ह्वाइट हाउस छाडेपछि आफ्नो प्लोरिडा स्टेटमा रहेको घरमा सरकारी दस्तावेजहरूको जथाभावी व्यवस्थापन गरेको आरोप ट्रम्पमाथि लागेको छ।

घुस लिएको अभियोगमा पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याव टेक्नोलोजिस्ट लेखनाथ भट्टराईलाई पक्राउ गरेको छ।

शरणार्थी प्रकरणः दर्ता गरिएका अभियोगमा यस्तो कारवाही हुनसक्छ (विस्तृतमा)

२७ करोड ८१ लाख रूपैयाँ बिगो माग दाबी गर्दै ३० जनाविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, सरकारी किर्तेको एकीकृत कसुरमा अभियोजन लगाएर मुद्दा दर्ता गरिएको हो।

माघ ९ मै भारतमा पक्राउ कोइरीलाई नेपाल ल्याउन नसक्नुमा दोषी को?

हत्या अभियोगमा अदालतबाट दोषी करार नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई भारतीय प्रहरीले गत माघ ९ गते पक्राउ गरेको भए पनि नेपाल प्रहरीलाई ‘राजनीतिक’ कारण देखाउँदै हस्तान्तरण नगरेको पाइएको छ।

ट्रम्पद्वारा अदालतमा आत्मसमर्पण

आपराधिक अभियोग लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कको एक अदालतसमक्ष आत्मसमर्पण गरेका छन्।

धादिङको दम्पती हत्या अभियोगमा दुई बालक प्रहरीको नियन्त्रणमा

घटनास्थलमै बसेर अनुसन्धानमा खटिएको प्रहरी टोलीले स्थानीय दुई बालकलाई अनुसन्धानका लागि नियन्त्रण लिएको हो।

जबराविरुद्धको प्रतिवेदन आजै संसद सचिवालयमा बुझाउने

बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली काँग्रेसका सांसद एवं महाअभियोग सिफारिस समिति सदस्य मिनबहादुर विश्वकर्माले आजै बस्ने दोस्रो बैठकमा प्रतिवेदनको मस्यौदा पेस हुने र आज नै संसद सचिवालयमा प्रतिवेदन बुझाउने तयारी गरेको बताए।

महाअभियोग सिफारिस समितिको बैठकः जबरालाई पूरक प्रश्नका लागि शुक्रबार बोलाउने निर्णय

‘आजको बैठकमा हामीले वरिष्ठ अधिवक्ता ज्यूहरुले आएर यो विषयमा आफ्नो धारणा राखिसक्नुभएको छ। अर्को बैठक भोलि बिहान ९ बजे बस्ने र त्यसमा सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई पनि पूरक प्रश्नसमेतका लागि बोलाउने निर्णय भएको छ। प्रतिवेदन लेख्ने काम भइरहेको छ। प्रतिवेदनको बारेमा भोलि निर्णय हुन्छ।’

महाअभियोग सिफारिस समितिको बैठक अझै जारी

बिहीबार दिउँसो ३ बजेदेखि सिंहदरबारमा सुरू भएको महाअभियोग सिफारिस समितिको बैठक अझै जारी छ।

जबराले नाम लिएका बार पदाधिकारी, अधिवक्ता र न्यायधीशलाई बयानका लागि बोलाउने निर्णय

‘जबराले बयानमा नाम लिएका कानून व्यवसायीहरुलाई स्पष्टिकरणका लागि बोलाउने भएको छ। बयानमा जसको नाम लिनुभएको छ, ती कुरालाई हेरेर त्यसको नाम हामी संकलन गर्दैछौं। ती व्यक्तिलाई बोलाउने समितिले निर्णय गरेको छ। बार पदाधिकारी, अधिवक्ता लगायत केही व्यक्तिहरुलाई बोलाउने भन्ने कुरा भएको छ। भोलि विभिन्न समय दिएर, अधिवक्ताहरुको एउटा समय, बार पदाधिकारीको अर्को समय गरेर बोलाउने भन्ने निर्णय भएको छ। पूर्व प्रधानन्यायाधीशहरुलाई अर्को समय छ।’

महाअभियोग सिफारिस समितिको बैठक बस्दै

महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान लिँदै छ।

जबरासँग आज पनि बयान लिँदै महाअभियोग सिफारिस समिति

महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिँदै छ।

महाअभियोग सिफारिस समितिले आज पनि जबरासित बयान लिँदै

समितिको बैठक सिंहदरबारस्थित संसदीय समितिको कार्यकक्षमा बिहान ११ बजे बस्न लागेको हो।

आज पनि जबरासँग बयान लिइँदै महाअभियोग सिफारिस समिति

प्रतिनिधि सभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्